Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026

सरुवा भईसकेका नासु दहालको राजस्व कार्यालय पथलैयामा रजगज

spot_img
spot_img

वीरगंज । राजस्व अनुसन्धान कार्यालय पथलैया बाराका एक कर्मचारीले सेवाग्राहीसँग असुली गर्ने गरेको रहस्य उजागर भएको छ । पछिल्लो तीन वर्ष भन्दा लामो समयदेखि यस कार्यालयमा कार्यरत नायब सुब्बा अमिर दहालले बारा, पर्सा, रौतहट लगायतका व्यवसायीसँग अवैध रुपमा असुली गर्ने गरेको एक व्यवसायीले नै खुलासा गरेका छन् ।

व्यवसायीसँग असुली गरेर अर्थाेपार्जन गर्न सल्किएका दहालको गत फागुन २५ गते सरुवा हुँदा पनि उनी यहीँ बसेर काम गरीरहेका छन् । व्यवसायी र ट्रान्सपोर्टहरुबाट विभिन्न बहानामा असुली गर्ने प्रवृतिलाई उनले निरन्तरता दिइरहेका छन् ।

राजस्व कार्यालय पथलैया भएर पश्चिम तथा पूर्वतिर जाने व्यवसायीका सामग्रीमा कुनै न कुनै त्रुटी निकालेर रकम असुल्नका लागि अनावश्यक रुपमा तनाब दिने गरेको एक व्यवसायीले नाम नबताउने शर्तमा बताए । व्यवसायीकाअनुसार उनले रकम असुली मात्रै गर्दैनन्, गाली गलौज गर्नुका साथै सामान रोक्ने धाक धम्की समेत दिने गरेका छन् । जसका कारण करोडौ मूल्य बराबरको रोकिने डरले व्यवसायीहरु पनि केही रकम दिन बाध्य हुने गरेका छन् ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरि शर्माकाअनुसार कार्यालयमा कर्मचारीको अभाव छ । केही दिनमा रवाना दिएर दहाललाई सरुवा भएको ठाउँमा पठाउने प्रतिक्रिया पनि उनले दिए । यद्यपी कार्यालय प्रमुखको गैरजिम्मेवार जवाफ पनि विश्वासयोग्य छैन ।

राजस्व कार्याल्य आफैमा यस्तो ठाउँ हो, जहाँ सबै कर्मचारी जान मरिहत्ते गर्छन् । तर कार्यालय प्रमुख शर्माले भने कोही पनि कर्मचारी आउन नमान्ने गरेको जवाफ दिएका छन् । प्राप्त विश्वसनीय स्रोतकाअनुसार भनेर शर्माले नै दहाललाई रोकेर राख्नुका साथै उनको सरुवा पनि रोकाउने रणनीतिमा लागेको बुझिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

६४औँ इन्जिनियर्स दिवस वीरगंजमा विविध कार्यक्रम गरी मनाइयो

वीरगंज । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) वीरगंज केन्द्रले ६४औँ इन्जिनियर्स दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । केन्द्रले दुई दिनसम्म सञ्चालन गरेको कार्यक्रमअन्तर्गत आफ्नै...

इन्जिनियर्स डेमा वीरगंजमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वीरगंज । ६४औँ इन्जिनियर्स डेका अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) वीरगंज केन्द्रले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। वीरगंज–१४ स्थित बीआईटी इन्जिनियरिङ कलेजमा आयोजित...

कालिकामाईमा सेवा प्रवाह सञ्चालन, कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग यथावत्

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाले कार्यालयका कम्प्युटर अपरेटरमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि पनि गाउँपालिकाको दैनिक सेवा प्रवाह नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ...