Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

३५ दिनभित्र वीरगंज चिनी कारखाना क्षेत्रका घर टहरा नहटाए कारवाही गर्ने चेतावनी

spot_img
spot_img

वीरगंज। वीरगंज चिनी कारखाना क्षेत्रका घर टहरा हटाउन उच्च सरकारी वकिलको कार्यालय वीरगंजले अनुरोध गरेको छ ।

कार्यालयका सहन्याधिवक्ता कोष हरि निरौलाले आईतवार निकालेको सूचनामार्फत वीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित साबिकको वीरगंज चिनी कारखानाको कित्ता नम्बर १३२३ को जग्गामा रहेका घरटहराहरू ३५ दिनभित्र खाली गर्न अनुरोध गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदको २०७९ वैशाख २५ गतेको निर्णय अनुसार उक्त जग्गा उच्च सरकारी वकिल कार्यालय, वीरगंज र मातहतको जिल्ला सरकारी वकिल कार्यालय, पर्साको संयुक्त नाममा हस्तान्तरण भएको उल्लेख छ ।

उक्त जग्गामा रहेका घरटहराहरूमा हाल पनि केही व्यक्तिहरू बसोबास गरिरहेको देखिएको र कार्यालय भवन निर्माणका लागि संरचनात्मक डिजाइन, नक्सा र लागत अनुमान तयारीको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले यी घरटहराहरू हटाउनुपर्ने सूचनामा उल्लेख छ ।

कार्यालयले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरटहरा खाली गरी सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । अन्यथा, कानून बमोजिम थप कारबाही गरी जग्गा खाली गराइने चेतावनी पनि दिइएको छ ।

तत्कालिन वीरगंज चिनी कारखाना हाल खारेज भइसकेको छ । साबिकको मजडिहा पिप्रा वडा नम्बर २ स्थित कित्ता नम्बर ११३१ हाल वीरगंज महानगरपालिका वडा नम्बर १४ अन्तर्गत कित्ता नम्बर १३२३ कायम भएको सूचनामा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...