Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न एकीकृत समाजवादीको माग

spot_img
spot_img

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । समाजवादीले आइतबार एक विज्ञप्ति जारी गर्दै

अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विगतका सरकार र शिक्षक महासंघबीच भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरू राखेर आन्दोलित शिक्षकहरुको माग सम्बोधन गर्न माग गरेको हो । गत चैत २० गतेबाट देशैभरका शिक्षकहरु आफ्ना माग राख्दै काठमाडौंमा आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा होमिएका हुन् । राजधानी केन्द्रीत प्रदर्शनको आज २६ औं दिन पुगिसकेको छ ।

एकीकृत समाजवादीको विज्ञप्तिमा भनिएको छ, ‘ अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विगतका सरकार र शिक्षक महासंघबीच भएका सम्झौता कार्यान्वयन गर्नु पर्ने लगायतका मागहरू राखेर शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा होमिएका छन्। राजधानी केन्द्रीत प्रदर्शनको आज २६औँ दिन पुगिसकेको छ । अस्थायी शिक्षक, राहत शिक्षक, बालशिक्षा लगायतका शिक्षकहरू तथा विद्यालय कर्मचारीहरू विभिन्न माग सहित आन्दोलित भएको धेरै लामो समय भैसक्दा पनि सरकारले उनीहरूका आवाज सुनिरहेको छैन ।

शिक्षक महासंघसँग वार्ता गरेर शिक्षक आन्दोलनका माग र मुद्दाहरू सम्बोधन गर्ने र विद्यार्थीहरूको पठनपाठन सुचारु गर्नु पर्नेमा सरकार आन्दोलनप्रति उदासिन मात्र होइन आक्रामक बनिरहेको छ र आन्दोलन असफल बनाउने षडयन्त्र गरिरहेको छ। त्यतिमात्र होइन सरकारले राज्य शक्तिको दुरुपयोग गरेर शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने, लाठीचार्ज गर्ने र आन्दोलनरत दर्जनौ शिक्षकहरूलाई घाइते बनाउने निरंकुश र गैर जिम्मेवार काम गरेको छ । प्रहरी हस्तक्षेपबाट पत्रकार समेत घाइते बनाईएको छ । शिक्षक आन्दोलन माथि सरकारले गरेको बर्बरतापूर्ण दमनको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ । प्रहरी दमन बन्द गर्न र घाइते शिक्षकहरूको निशुल्क उपचारको लागि सरकारसँग जोडदार माग गर्दै घाइते शिक्षकहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न, गुणस्तरीय शिक्षाको ग्यारेन्टी हुने गरी अग्रगामी जनमुखी र विद्यार्थी र शिक्षक मैत्री विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो (फाष्ट ट्रयाकबाट) पारित गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।सरकारले भविष्यका कर्णधार विद्यार्थीहरूको भविष्यमाथि खेलवाड नगरोस्, शिक्षकहरूको आन्दोलनलाई तत्काल निष्कर्षमा पुऱ्याएर उनीहरु आफ्नो कार्यक्षेत्रमा फर्कने र विद्यालयहरूमा विद्यार्थीको भर्ना, परीक्षा र अध्ययन अध्यापनलाई सुचारु गर्न हाम्रो पार्टी सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउँछ। हाल सञ्चालित शिक्षक आन्दोलनप्रति हाम्रो पार्टीको पूर्ण समर्थन रहेको र हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै आन्दोलनको सफलताको शुभकामना गर्दछ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...