Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजमा भूमि सम्बन्धी अभिमुखीकरणः असार मसान्तभित्र लगत संकलन गर्ने लक्ष्य

spot_img
spot_img

वीरगंज । भूमी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले अहिलेको आयोग अन्तिम आयोग भएकाले यसलाई सफल पार्न पालिका जनप्रतिनिधी र राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् ।

वीरगंजमा मंगलबार भूमी समस्या समाधान आयोग पर्साले आयोजना गरेको भूमी सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष रिजालले भने, ‘ भूमीहिनहरुको समस्या समाधानका लागि गठन भएको अहिलेको आयोग अन्तिम आयोग हो । यदि अहिलेको आयोगलाई सफल बनाइएन भने देशभरका लाखौं भूमीहिन सुकुम्बासी र दलितहरु जग्गा पाउनबाट बञ्चित हुन्छन् । त्यसकारण अहिलेको आयोगलाई सफल बनाउन सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्छ ।’

अध्यक्ष रिजालले देशभरबाट आयोगमा अहिलेसम्म भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ११ लाख ३ हजार ९ सय ८० जनाको निवेदन परेको जानकारी गराए । तीमध्ये सबै भन्दा बढी अव्यवस्थित बसोबासी ८ लाख ५० हजार, भूमिहिन सुकुम्बासी १ लाख ६५ हजार र भूमिहिन दलित ८७ हजार रहेका छन् ।

आवेदन परेकाहरुका बारेमा आयोगले छानबिन गरिरहेको भन्दै अध्यक्ष रिजालले भने, ‘देशभरका वास्तविक भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई ३ वर्षभित्र जग्गा दिने लक्ष्यका साथ आयोगले काम थालेको हो । अब ३२ महिना मात्रै बाँकी छ । यो अवधिमा आयोगले लक्षित समुदायलाई जग्गा उपलब्ध गराउँछ ।’

आगामी असार मसान्तसम्म भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम पुरा गर्ने लक्ष्यमा आयोग रहेको उनले जानकारी गराए । पर्सा जिल्लामै पनि अहिले सम्म १४ पालिकामध्ये ३ वटा पालिका र बाराको १६ पालिकामध्ये ४ पालिकाको लगत संकलन भएको जानकारी गराउँदै उनले भने, ‘बाँकी रहेका पालिकाहरुको पनि लगत असार मसान्तभित्र सक्ने हाम्रो योजना छ ।’

कार्यक्रममा आयोग पर्साका अध्यक्ष तबरेज अहमदले भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सन्दर्भमा अब कुनैपनि बहाना नचल्ने बताए । आफुहरुको कार्यकालमा लक्षित समुदायलाई जग्गा वितरण गर्ने अठोटका साथ आफुहरुले काम गरिरहेको अध्यक्ष अहमदको भनाई छ ।

कार्यक्रममा सहभागी पर्सा जिल्लाका १४ वटै पालिकाका प्रमुख, उप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा कार्यालयका सचिव, जिल्लामा सकृय राजनीतिक दलका प्रतिनिधि लगायतलाई आयोगका प्रमुख नापी अधिकृत सन्जिव साहले आयोगको कार्यविधी, भूमी ऐन, जग्गा कसले पाउने, कसरी पाउने, कति पाउने लगायतका विषयमा जानकारी गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...