Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पर्सागढी ५ का दुई बालिकाले गुमाए अनाहकमा ज्यान

spot_img
spot_img

सेढवा ।  पर्साको पर्सागढी नगरपालिका वडा नं. ५ बहुअर्वामा डुबेर दुई बालिकाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २ बस्ने संतोष साहले सञ्चालन गरेको हिरा ईटा भाट्टाको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको ज्यान गएको हो ।

नुहाउने क्रममा स्थानीय रुस्तम मियाँकी ५ वर्षीय छोरी नेहा खातुन र सोही ठाउँका मुकतार मियाँकी ४ वर्षीय छोरी आसिया खातुन बिरामी परेकी थिइन् । उपचारका लागि दुवै जनालाई वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको थियो । चेकजाँच गर्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

उनकाअनुसार ईटा बनाउने उद्योगले खनेको खाल्डोमा जमेको पानीमा खेल्ने र नुहाउने क्रममा दुई बालिकाले ज्यान गुमाएका हुन् । पर्सागढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष नितेश मिश्रकाअनुसार बिहान मात्रै जेसिबीले खनेर सो क्षेत्रमा खाल्डो बनाएको थियो ।

वर्षातका कारण सो खाल्डोमा पानी भरिएको हुँदा बालिकाहरु खेल्न थालेको बेला डुबेको खबर आफुले पाउने बित्तिकै घटनास्थलमा पुगेको वडाअध्यक्ष मिश्रले बताए । उनकै पहलमा वडा कार्यालयकै एम्बुलेन्समार्फत दुवै जना बालिकालाई नारायणी अस्पताल ल्याइएको थियो ।

दुवै जनाको शबलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको वडाअध्यक्ष मिश्रले कालिका टाइम्ससँग बताए । वडाअध्यक्ष मिश्रले पनि हिरा ईटा उद्योगले नै आफ्नो प्रयोजनको लागि खाल्डो खनेको पुष्ठि गरे ।

ईटा उद्योगले आफ्नो प्रयोजनका लागि खनेको खाल्डोको व्यवस्थापन नगर्दा दुई बालिकाले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । दुवै बालिकाका परिवारलाई क्षतिपुर्ती दिलाउनुका साथै ईटा उद्योगलाई कारवाही गर्नुपर्ने स्थानीयको माग छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...