Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 282

आजपाले मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान गर्ने

काठमाण्डौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान गर्ने भएको छ । आउँदो १ मंसिरमा एकै दिन काठमाडौँमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार विरोधी विशेष जागरण अभियान सुरु गर्ने भएको हो ।

बढ्दो भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगी विरुद्ध यस्तो कार्यक्रम तय भएको आजपाले जनाएको छ ।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौँसहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।

आइतबार काठमाडौँस्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा “सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार व्यवसाय बचाउ” भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यस्तै छठपर्व अघि वीरगन्जमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । त्यसमा पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहसहित पार्टीका नेता कार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने बताइएको छ ।

सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेला लगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ ।

यस्तै  देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने गराउने उद्देश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौँमा विशेष प्रदर्शन गर्ने निर्णय समेत गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन

धनुषा । मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७, रौतहटको राजपुर नगरपालिका-६ र बाराको गढीमाई नगरपालिका-८ मा उपनिर्वाचन हुन लागेको हो ।

 

चारवटा सञ्चारमाध्यम कालोसूचीमा, सात वटालाई विशेष अनुगमन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निणर्य गरेको छ । त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको जनाएको छ ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले उक्त निणर्य गरेको हो । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको हो । दसैंअघि काउन्सिलले तीनवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।

आज एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निणर्य गरेको हो । काउन्सिलले कालोसूचीमा राखेका सञ्चारमाध्यमको जानकारी सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिष्ट्रारको कार्यालयलाई समेत दिएको छ । 
 
कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरुमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डट कम, खोजतलासअनलाइन डट कम छन् । काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ । 
 
त्यसैगरी, आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियोपोष्ट डट कम, मोटिभेटन्यूज डट कम, एवननेपालन्यूज डट कम, अनलाइनटिभिनेपाल डट कम, राइटसञ्चार डट कम, ताजाखबर टिभि र विजिटिभी (युट्युब च्यानल) छन् ।
 
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरु ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निणर्य गरेको हो । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासङ्घ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ । 
 
प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमनसमेत गरिरहेको जनाएको छ । रासस

दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच

जनकपुरधाम । यस वर्षको बडा दसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब रु तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । 
 
पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताउनुभयो ।
 
उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा,  हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो । भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो ।
 
विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गथ्र्यो । यस वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उहाँको भनाइ छ । जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुने गरेको छ । देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ । 
 
कहिलेकाहीँ प्रतिकूल मौसमका कारण फूल बिग्रिने गरेको जनकपुर घर भई काठमाडौँ गौशालामा थोक व्यापार गर्दै आउनुभएका  ७० वर्षीय रामदयाल माली भण्डारीले बताउनुभयो । स्थानीय खुद्रा व्यवसायी रामजीवन भण्डारीले यस वर्ष रु २० लाखको फूल बिक्री गरेको जानकारी दिनुभयो ।
 
नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाइ छ । रासस

पूर्व असई मियाँको असुली आतँक, व्यापरीदेखि तस्करसम्मलाई ब्लेकमेल

वीरगंज । पर्सा जिल्लाको ग्रामीण भेगको नेपाल भारत सीमा क्षेत्रमा नक्कली पत्रकारको आडमा एक जना भगौडा प्रहरीको आतँक बढेको छ । विगतमा प्रहरी सेवामा रहेर काम गरेका पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका – ५ भिस्वा घर भाई हाल वीरगंज महानगरपालिका-१६ इनर्वा बस्दै आएका पूर्व प्रहरी सहायक निरीक्षक मुरतुजा मियाँ तेलीले अहिले नक्कली पत्रकारको कार्ड बोकेर सीमा क्षेत्रमा आतँक नै मच्चाएका छन् ।

मियाँले पत्रकारको नक्क्ली परिचय पत्र बनाएर तस्करदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट इन्चार्जहरुसँग ‘पत्रकार हुँ’ भन्दै धाक धम्की लगाउँदै असुली गर्ने गरेका छन् । मियाँको असुली धन्दाको मुख्य केन्द्रबिन्दु भने व्यापारी, तस्कर तथा प्रहरी प्रशासन हो ।

प्रहरी संगठनको अनुशासन र कारवाही हुने तरिकाबारे स्पष्ट बुझेका तेलीले सिपाहीदेखि अधिकृतसम्मका प्रहरीलाई ‘ब्लैकमेल’ गरी रकम असुली गर्ने गरेका छन् । पुर्व असई मुरतुजा मियाँ तेली पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिस्वा घर भई हाल वीरगंजको इनर्वा गाउँमा बसोबास गर्दै आएका छन् ।

तेली नेपाल प्रहरीका जवानमा सेवा प्रवेश गरि प्रहरी सहायक निरीक्षकसम्म तराईकै जिल्लाहरुमा घुमुवा बसेर असुली गर्न माहिर भएका हुन् । त्यही असुलीबाट उनी वीरग्ंजको इनर्वा गाउँमा घर, घडेरी, गाडी जस्ता अकुत सम्पत्ति आर्जन गरेका छन् ।

तेली प्रहरी सेवामा हुँदा सिपाहीदेखि असईसम्म तराईकै जिल्लाहरुमा बसी घुसखोरीको आतँक मच्चाएको बारे नेपाल प्रहरीको केन्द्रिय कार्यालयसम्म सूचना पुगेपछि उनलाई पहाडी क्षेत्रको अति विकट ठाउँमा सरुवा गरिएको थियो । तर उनको त्यहाँ असुलीको कुनै बुद्धि नलागेपछि तथा विभागले उनको गतिविधिमाथि निगरानी बढाएपछि मियाँ राजिनामा दिए, र हाल नक्क्ली पत्रकार बनेर नेपाल भारत सीमा क्षेत्रमा असुली आतँक नै मच्चाएका छन् ।

मियाँको कार्यशैलीबाट व्यापारी, तस्कर, प्रहरी प्रशासन मात्र होइन, त्यस क्षेत्रमा सानातिना पसल थापेका सर्वसाधारण पनि पीडित छन् । उनी चिया पसलबाट पनि असुल्न छाडेका छैनन् । पुर्ब असई मियाले भिस्वाको पसल साहुहरुसँग समान माग्ने, नदिए थर्काउनेदेखि फेसबुकमा फोटो हालेर चरित्र हत्या गर्नेसम्म काम गर्ने गरेका छन् ।

उनको सामाजिक सञ्जाल फेसबुकलाई हेर्ने हो भने समाचार भन्दा पनि विभिन्न व्यक्तिको चरित्र हत्या गरिएको स्टाट्स सजिलै देख्न सकिन्छ । सीमा क्षेत्रका व्यापारीदेखि पसल संचालकहरुबाट २ देखि ५ सय रुपैयाँ असुल्न पल्केका मियाँ छिपहरमाई – ५ भिस्वा निवासी जगदीश साह कानुसँग २५ हजार रुपैयाँ माग गरेका थिए ।

हिन्दुहरुको महान पर्व वडा दशैं, दिपावली तथा छठ पर्वकाे बखत तस्करीको काम गर्दै नगरेका व्यक्तिलाई तस्करी गराएको भनेर जबरजस्ती पैसा माग्न खोजेपछि साहले प्रतिकार गर्दा दुबैजना बीच भनाभन भएको थियो । तर त्यसैलाई निहुँ बनाई मियाँले पूर्व प्रहरी र पत्रकारको धाक लगाउँदै अनावश्यक दुःख दिने काम गरि रहेका छन् ।

उनले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने धम्की दिएको भनेर आफैलाई पत्रकार भनेर जबरजस्ती प्रचार गरि रहेका छन् । जबरजस्ती पैसा लिन खोज्ने, नदिएपछि सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने जस्ता उनको दैनिकी कार्य हो ।

आफूलाई पत्रकार भन्दै हिँड्ने मियाँलाई पत्रकारको ‘प’ समेत लेख्न आउँदैन । काठमाडौंबाट संचालन हुने अनलाइनमा फोन मार्फत केही सूचना दिएर त्यहाँ लेखिएको समाचार आफै कपी पेष्ट गरि आफ्नो सामाजिक सञ्जालमा पोष्ट्याउने काम गर्दै आएका छन् र आफैलाई पत्रकार भन्ने गरेका छन् ।

जगरनाथपुरमा कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. २ दसाैतामा आइतबार नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस जगरनाथपुर गाउँ कार्यपालिका समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा नेकपा एमाले तथा जसपा पार्टी परित्याग गरि २१३ जनाले नेपाली कांग्रेसमा प्रबेश गरेकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का काेषाध्यक्ष विनय द्विवेदीले जानकारी दिए ।

नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसको पुर्ब महामन्त्री डा. शशांक कोइराला, बिशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्ब मन्त्री तथा प्रतिनिधि सभा सदस्य रमेश रिजालले फूलकाे माला र अविरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेपाली कांग्र जगरनाथपुर गाउँपालिकाका सभापति बिहारी महताे नुनियाकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् कृषि तथा भुमिसुधार मन्त्री जनार्दन सिंह क्षेत्रि, प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जगरनाथपुर गारउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेताहरु बशिष्ठ नारायण कुर्मी , रामदेव प्रसाद चौहान, सहरुम राउत गद्दी, किशोरी साह कानु, वडा अध्यक्ष नेपाली कुशवाहा, लक्ष्मी साह तेली, सुभाष यादव लगायत नेता कार्यकर्ताको उपस्थितिमा रहेकाे थियाे । उक्त कार्यक्रमको संचालन क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण दुबेदीले गरेका थियो ।

घडीअर्वा पोखरी छठ पुजा समितिद्वारा लक्की ड्रकाे नतिजा सार्वजनिक

वीरगंज । घडिअर्वा पाेखरी छठ पूजा व्यवस्थापन समितिले आइतबार सहयाेग चिठा (लक्की ड्र) काे नतिजा सार्वजनिक गरेकाे छ । छठ पूजामा आर्थिक श्रोत जुटाउनका लागि काटिएका ७ हजार चिठाहरु मध्ये ७० जनालाई पुस्कृत गरिएकाे हाे ।

सार्वजनिक नतिजा अनुसार लक्की ड्रकाे प्रथम पुरस्कार इलेक्ट्रीक स्कुटी वीरगंजका विकास गुप्ता पाएका छन् । प्रकाशीत लक्की ड्रको नतीजा अनुसार ६६४२ नम्बरले प्रथम पुरस्कार ईलेक्ट्रीक स्कुटि प्राप्त गर्न सफल भएको छ । जुन चिठा नम्बर वीरगंजका विकास गुप्ताकाे रहेकाे प्रचार प्रसार उप समितिका संयाेजक क्रान्ति साहले जानकारी दिए ।

त्यस्तै चिठा नम्बर ११९८ ले दोश्रो पुरस्कार एल.सि.डी ४३ इन्चकाे टेलिभिजन र चिठा नम्बर २४२६ ले तेश्रो पुरस्कार फ्रीज प्राप्त गरेकाे उनले वताए ।

यसैगरी चाैथाे पुस्कार कुलर २ जनालाई, पांचाै पुस्कार किचेन सेट ८ जनालाई, छैठाे पुरस्कार मिक्सर ग्रेन्डर ७ जनालाई, साताै पुरस्कार राइस कुकर १५ जनालाई, आठाै पुरस्कार गैस चुल्हा १५ जनालाई र सान्तवना पुरस्कार कटेली २१ जनालाई प्रदान गरिएकाे प्रचार प्रचार उपसमितिका उप संयाेजक प्रणय कुमार साहले जानकारी दिए ।

घडिअर्वा पाेखरी परिसर मै भएकाे लक्की ड्रकाे नतिजा सार्वजनिक तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै वीरगंज महानगरपकलिका वडा नं १० का वडाध्यक्ष सुसिल साह कानुले घडिअर्वा पाेखरिकाे छठ पुजालाई सभ्य र भव्य बनाउन सहयाेग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । उनले वीरगंजकाे मात्र देश कै पहिचानकाे रुपमा घडिअर्वा पाेखरीकाे छठ पूजा रहेकाे वताए ।

घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार साह कानुकाे अध्यक्षतामा र वडाध्यक्ष कानुकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा छठ पुजा व्यवस्थापन समितिका उपाध्यक्ष राकेश कुमार साह, संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद कलवार, पूर्व वडाध्यक्ष रामनगिना साह कानु, छठ पुजाका सुरक्षा समितिका संयोजक मनोहर साह, समितिका संयोजक सम्भु साह कानु, घडिअर्वा स्पोटर्स क्लबका अध्यक्ष सन्तोष साह, प्रभाकर गुप्ता, दिलिप राज कार्की, डा. उदय नाराण सिंह, डा. दिलिप चाैरसिया, डा. दिपक चाैरसिया लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा छठ पूजाकाे लागि सहयाेग गर्ने विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

बहुदरमाईमा मेयर र हाकिम बिचकाे विवादले विकास निर्माणकाे काम प्रभावित

वीरगंज ।  पर्साको बहुदरमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले नगरपालिकाकाे विकास निर्माणकाे काम प्रभावित भएको छ । मेयर सिंगासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तुफा बिचका विवादका कारण विकास निर्माणकाे काम प्रभावित भएकाे हाे ।

चार महिना ढिलाे नगर सभा सम्पन्न भएपनि मेयर तेली र प्रमुख प्रशासकिय अधिकृत मुस्तुफा बिचकाे विवादका कारण कर्मचारीले तलब खान पाएका छैनन् भने विकास निर्माणकाे काम पनि सुरु हुन सकेकाे छैन । साथै जनप्रतिनिधि विचकाे विवादका कारण पनि नगरपालिकाकाे विकास निर्माणकाे काम प्रभावित भएकाे स्थानियहरुले वताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले आफू अनुकूल काम गर्न नपाएपछि स्थानीय दलहरुबीचको राजनीतिक खिचातानीको फाइदा उठाउँदै मेयर सिंहासन साह तेलीविरुद्ध प्रचारबाजी गरेको मेयर पक्षको आरोप छ । नगर परिषद् भएलगत्तै खर्चको अख्तियारी मागेका मुस्तफाले अख्तियारी नपाएपछि कर्मचारी उचालेर मेयरविरुद्ध प्रचारबाजी गरेको मेयर पक्षको दाबी छ ।

जनप्रतिनिधिहरु बिचकाे विवादकाे फाइदा उठाउँदै प्रमुख प्रशासकिय अधिकृत मुस्तुफाले नगरपालिकामा राजनीतिक गर्न खाेजेकाे मेयर पक्षकाे आराेप छ । मेयर तेलीले प्रमुख प्रशासकिय अधिकृत मुस्तुफाकाे सरुवा गराउन खाेजेकाेले अख्तियारी नदिएकाे अर्काे पक्षकाे आराेप छ । दुई पक्ष विचकाे विवाद र स्वार्थका कारण नगरपालिकाकाे कामकाज प्रभावित भएकाे हाे ।  

असार १० गते सम्म सम्पन्न गरि सक्नु पर्ने नगर सभा नयाँ आर्थिक मसान्त सुरु भएकाे चार महिना ढिलो गरी कात्तिक ८ गते नगर परिषद् भएलगत्तै प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले अख्तियार मागेका थिए, तर वडा नम्बर ६ को बजेट नै आउन बाँकी रहेको र चाडपर्वको बिदा भएकाले अख्तियारी पाउन नसकेका मुस्तफा मेयर तेलीमाथि खनिएको वताइएकाे छ । कर्मचारीले तलब नपाएको विषय उचाल्दै सामाजिक सुरक्षा भत्तासमेत वितरण नभएको विषयमा मेयरको नाम जोडेर प्रचार भएपछि मेयर तेलीले यसको खण्डन गरेका छन् ।

मेयर तेलीले स्थानीय प्रशासकीय अधिकृत हुँदा पालिका सञ्चालन सहज होस् भन्ने अपेक्षामा कार्यकारी अधिकृतबाटै असहयोग महसुस गरेको मेयरको सचिवालयले जनाएको छ ।

‘कहिले उपमेयर, कहिले वडाध्यक्ष त कहिले कर्मचारी उक्साएर कार्यकारी अधिकृतले नै असहयोग गरेको महसुस भएपछि मेयर तेलीले खर्चको अधिकार दिइसकेका छैनन्, यसैले कर्मचारी र शिक्षकले तलब लिन बाँकी छ’, मेयर तेलीको सचिवालयले भन्यो, ‘एकातिर ४ महिना ढिलो नगरसभा, अर्कातिर चाडपर्वको बिदा, यस्तो बेला प्रमुख प्रशासकीय अधिकृतले समन्वय गर्नुपर्नेमा उल्टै असहयोग गरेपछि मेयरविरुद्ध नगरभित्रैबाट प्रचारबाजी भयो ।’

नगर परिषद् भए पनि वडा नम्बर ६ को योजना आउनै बाँकी छ । नगरसभाका निर्णय सफ्टवेयर (सूत्र) मा प्रविष्टसँगै प्रमुख प्रशासकीय अधिकृतलाई खर्चको अधिकार दिइन्छ, तर वडाको बजेट आउनै सकेको छैन । यस्तो अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको मेयर साह पक्षको आरोप छ ।

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

वीरगंज । वीरगंजस्थित बहुउद्देश्यीय स्काइलाइन मलमा रहेको विश्व स्तरीय सिनेमा हल क्युएफएक्सले शनिबार आफ्नो एक वर्ष पुरा गरेको छ । एक वर्ष पूरा भएको अवसरमा सिनेमा हलले दर्शकहरूको विशेष सम्मान गर्दै प्रत्येक टिकेटको खरिदमा मिनी चिज पपकोर्न नि:शुल्क दिने घोषणा गरेको छ ।

क्युएफएक्स सिनेमा हलले स्थानीय दर्शकहरूलाई आधुनिक सुविधासहित उच्च गुणस्तरीय चलचित्र प्रदर्शनको अनुभव प्रदान गर्दै आएको छ । एक वर्षअघि वीरगंजका दर्शकलाई विश्व स्तरीय सिनेमा अनुभव दिने लक्ष्यका साथ सञ्चालनमा आएको यस हलले चलचित्र प्रेमीहरू बिच लोकप्रियता हासिल गरेको छ ।

सञ्चालनको सुरुवाती चरणदेखि नै क्युएफएक्सले नयाँ–नयाँ चलचित्र प्रदर्शनी गर्दै वीरगंजका दर्शकलाई ताजा सिनेमा अनुभव गराउँदै आएको छ । स्थानीय दर्शकहरूले उत्कृष्ट स्क्रिन क्वालिटी, साउन्ड सिस्टम, र आरामदायी सिट सुविधाको लागि यस हलको प्रशंसा गर्दै आएका छन् ।

हल सञ्चालकहरूका अनुसार, क्युएफएक्सले एक वर्षको अवधिमा नेपाली, हिन्दी, र विदेशी चलचित्रहरूको प्रदर्शन गर्दै वीरगंजका सिनेमा प्रेमीहरूलाई नयाँ तथा विभिन्न विधाका चलचित्रहरूमा पहुँच पुर्‍याउन सफल भएको छ ।

क्युएफएक्सका सञ्चालकहरूले दर्शकप्रति आभार व्यक्त गर्दै वार्षिकोत्सवको अवसरमा विशेष अफरको घोषणा गरेका छन् । प्रत्येक टिकटको खरिदमा नि:शुल्क मिनी चिज पपकोर्न प्रदान गर्ने योजना दर्शकप्रतिको सम्मान र समर्थनको प्रतीक भएको बताइएको छ । यस अफरले दर्शकलाई सिनेमा अनुभवलाई अझै मीठो र रमाइलो बनाउन सहयोग पुर्‍याउने विश्वास सञ्चालकहरूले व्यक्त गरेका छन् ।

वीरगंजकाे मनोरञ्जन क्षेत्रलाई क्युएफएक्सको योगदान
क्युएफएक्सको स्थापना वीरगंजकाे मनोरञ्जन क्षेत्रको विकासका लागि महत्वपूर्ण मानेको छ । स्थानीय दर्शकहरूको प्रतिक्रिया अनुसार, क्युएफएक्सको आगमनले वीरगंजमा चलचित्र प्रदर्शनको स्तरमा उल्लेखनीय सुधार ल्याएको छ । क्युएफएक्समा पाएको विश्व स्तरीय अनुभवले दर्शकहरूलाई सहर बाहिर जानु नपर्ने बताएको उनीहरूको भनाइ छ ।

सञ्चालकहरूले आगामी दिनहरूमा अझ बढी सुविधा, नयाँ चलचित्र, र विशेष कार्यक्रमहरूका साथ दर्शकहरूलाई अझ बढी आकर्षित गर्ने योजना बनाइरहेको बताएका छन् । हलले अतिरिक्त सुविधाहरूको विस्तार गर्दै विभिन्न अफर र कार्यक्रमहरूको आयोजना गर्ने तयारीमा रहेको जानकारी दिइएको छ ।

यस अवसरमा क्युएफएक्समा फिल्म हेर्न आएका दर्शकहरूले पनि आफ्नो खुसी व्यक्त गर्दै यस अफरको स्वागत गरेका छन् । स्थानीय युवा सिनेमा प्रेमीहरूले क्युएफएक्समा मिल्ने अत्याधुनिक सिनेमा अनुभवको प्रशंसा गर्दै यस्तो अफरले उत्साह थपेको बताएका छन् ।

यसरी, क्युएफएक्स सिनेमा हलले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा दर्शकहरूलाई विशेष उपहारसहित सम्मान गरेको छ । वीरगंजकाे सिनेमा उद्योगमा महत्त्वपूर्ण स्थान बनाएको यस सिनेमा हलले भविष्यमा अझै उत्कृष्ट सिनेमा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कालिकामाईकाे हरिहरपुरमा ५ महिला सहित ३९ जनाद्वारा रक्तदान

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार राजेश प्रसाद कुर्मीकाे आयाेजनामा भएकाे कार्यक्रममा ५ महिला सहित ३९ जनाले रक्तदान गरेका हुन् । 

आयाेजक कुर्मी कै अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजालले गरेका थिए । साे कार्यक्रममा शैलेन्द्र त्रिपाठी, विकास साह तेली, बद्री साह, रामविश्वास महताे, विकास पटेल, दिपेन्द्र कुमार कुर्मी, गम्भिरा महताे केवट, अमित कुमार महताे, कृति कुमारी, निभा देवी, शशिभुषण प्रसाद, अकलेश कुमार महताे, संजय प्रसाद चाैहान, निकेश पटेल, संताेष प्रसाद चाैरसिया, सुमन प्रसाद कुर्मी, विनय पटेल, नसिर मियाँ लगायतले रक्तदान गरेकाे हुन् ।

रक्तदान कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, काेषाध्यक्ष प्रेम थापा, जिल्ला सदस्य अजय पटेल, स्थानिय नेता राधाकिशुन चाैरसिया, रजाक मियाँ, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे ।