Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरियाकाे नाैं नगर सभा सम्पन्न, ४४ करोडको बजेट सर्वसम्मत पारित

spot_img
spot_img

वीरगंज । पोखरिया नगरपालिकाको नवौं नगरसभाको दोस्रो बैठक अन्तर्गतको बन्द सत्र बिहिबार सम्पन्न भएको छ। पोखरिया नगरपालिकाकाे सभाहलमा बसेको बन्द सत्रमा उपमेयर रुबी ठाकुरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ४४ करोड ४० लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।

बजेट प्रस्तुतिसँगै प्रत्येक वडामा विनियोजन गरिने रकमसहितको प्रस्तावमा सहभागी सदस्यहरूको सर्वसम्मत सहमतिपछि बजेट पारित गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहका अनुसार नीति तथा कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ ।

पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएकाे कार्यक्रममा वडा अध्यक्षहरू प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, प्रमानन्द पटेल, नौसाद आलम, सोनालाल साह, किशोरी साह, कार्यपालिका सदस्यहरू, वडासदस्यहरू, कर्मचारी, स्थानिय पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख चौहानले प्रस्तुत बजेट कार्यान्वयनमा सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...