Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पानी संकटकाे समयमा पनि वीरगंजका वडा कार्यालयहरुकाे मनाेपरी

खानेपानी सिफारिसकाे लागि १५ सय देखि ३ हजार सम्म असुली

spot_img
spot_img

वीरगंज । खानेपानी संकटले सताइरहेको बेला वीरगंज महानगरपालिकाका विभिन्न वडा कार्यालयहरूबाट सिफारिसका नाममा मनपरी शुल्क असुली भइरहेको गुनासो सेवाग्राहीहरूले गरेका छन्।

खानेपानी संस्थानको लाइन लिन आवश्यक पर्ने सिफारिस बनाउँदा वडाहरूले रु १,५०० देखि रु ३,००० सम्म लिने गरेको सेवाग्राहीहरूले वताएका छन् । अझ चिन्ताजनक त के भने, कतिपय वडाले शुल्क लिएर पनि रसिद नदिने गरेका छन् ।

स्थानीय जय साहका अनुसार, “खानेपानीको लाइन जडानका लागि संस्थानलाई मात्र रु ६,३०० तिर्नुपर्ने छ, त्यसबाहेक पाइप, ट्याप लगायतका सामानमा १५–२० हजार खर्च हुन्छ। यस्तो अवस्थामा वडाले सिफारिसमा थप २–३ हजार लिँदा गरिबका लागि झन् ठूलो बोझ बन्छ।”

उनी भन्छन्, “धनीले त २०–३० हजार खर्च गर्न सक्छन्, तर विपन्न परिवारका लागि यो रकम भारी हुन्छ। सिफारिस निःशुल्क हुनुपर्छ भन्ने हाम्रो माग हो।”

यस बिषयमा बुझ्न वीरगंज ११ का वडाध्यक्ष अजय चाैरसियालाई फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

यता, नागरिकहरूले प्रश्न उठाएका छन् कि खानेपानी संस्थानलाई शुल्क तिरेर सेवा लिँदा वडाले सिफारिसको नाममा अतिरिक्त शुल्क किन लिन्छ? विपद र संकटकाे बेला महानगर तथा वडाले झन सहयाेग गर्नु पर्ने उल्टै अवै असुली गर्नु अनुचित भएकाे अर्का स्थानिय राधेश्याम पटेलकाे भनाई छ ।

खानेपानी अभावले त्राहिमाम वीरगंजवासी खानेपानी सेवाकाे लागि अझ झन्झटिलो प्रक्रिया र आर्थिक भारका कारण पीडित भइरहेका छन् । सेवा सहज उपलब्ध गराउन नगर कै खानेपानी मन्त्री प्रदिप यादवकाे तर्फबाट पहल आवश्यक रहेकाे स्थानियले वताएका छन् ।

साथै यस्तो अवस्थामा महानगरपालिकाले वडास्तरीय सिफारिसलाई निशुल्क बनाउने तथा प्रक्रिया सहज बनाउनेतर्फ ध्यान दिनु पनि आवश्यक हरेकाे देखिन्छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...