Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

मधेस विश्वविद्यालयको कानुनी प्रतियोगिता : डेसिमल कलेजको उत्कृष्ट प्रदर्शन

spot_img
spot_img

वीरगंज । मधेस विश्वविद्यालयको आयोजनामा सम्पन्न भव्य कानुनी हाजिरी जवाफ प्रतियोगितामा डेसिमल कलेजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा वीरगंजका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरूको उत्साहजनक सहभागिता रह्यो।

प्रतियोगितामा सहभागी संस्थाहरूमा डेसिमल कलेज, वीरगंज कलेज, ज्ञान्दा एकेडेमी, वीरगंज सेन्ट्रल स्कुल, ममता विद्या मन्दिर र पर्सा म्यानेजमेन्ट सेन्ट्रल एकेडेमी रहेका थिए।

डेसिमल कलेजले आफ्नो कानुनी ज्ञान, तार्किक विश्लेषण क्षमता र प्रभावशाली प्रस्तुतीकरणका आधारमा शीर्ष स्थान हात पारेको हो। ममता विद्या मन्दिरले दोस्रो स्थान हासिल गर्दा वीरगंज सेन्ट्रल स्कुल तेस्रो स्थानमा रह्यो।

विजयी टोलीहरूलाई प्रमाणपत्र, मेडल र शिल्डसहित सम्मान गरिएको थियो। पुरस्कार वितरण समारोह मधेस विश्वविद्यालयको कानुन संकायका डीन डा. अञ्जय मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न कलेजका प्रतिनिधि, विद्यार्थी, अतिथि र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन मन्तव्यमा डीन मिश्रले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको कानुनी चेतना, विश्लेषण क्षमता र नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले भविष्यमा पनि यस्तै शैक्षिक तथा रचनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

आयोजक विश्वविद्यालयका अनुसार प्रतियोगिताले वीरगंज क्षेत्रका शैक्षिक संस्थाबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण निर्माण गर्न सफल भएको छ। सहभागी संस्थाहरूले कार्यक्रमको सफल व्यवस्थापनका लागि मधेस विश्वविद्यालयलाई धन्यवाद ज्ञापन गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...