Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026

वीरगंजमा पानी संकटविरुद्ध महिला जनमत संघको घैटो-बाल्टिनसहित सडक प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका सहित पर्सा जिल्लामा चापाकल र अन्य खानेपानी स्रोतहरू सुकेर सिर्जिएको गम्भीर पानी संकटविरुद्ध जनमत पार्टीका महिलाहरूले बुधबार सडकमै उत्रिएर अनोठो प्रदर्शन गरेका छन्।

जनमत पार्टीको महिला संगठन महिला जनमत संघ पर्साको अगुवाइमा महिलाहरूले वीरगंजकाे घण्टाघर चोकमा खाली घैटो र बाल्टिनसहित प्रदर्शन गरे । उनीहरूले ‘जल सत्याग्रह’ लेखिएको ब्यानरसहित सरकारलाई तत्काल पानी संकट समाधान गर्न दबाब दिएका थिए ।

प्रदर्शनमा सहभागी महिलाहरूले “तीनै तहको सरकार आँखा खोल”, “पानी दे कि मारी दे”, “पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गर” जस्ता नारा लगाउँदै जनजीवन र स्वास्थ्य संकटतर्फ ध्यानाकर्षण गराए ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पानी संकटलाई बेवास्ता गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए । उनले भने, “तीनै तहका सरकार अन्धो, बहिरो भएर वीरगंजलाई अपहेलित गरिरहेका छन् । यहाँका बासिन्दालाई पानीविना मार्ने षड्यन्त्र भइरहेको छ।”

सर्राफले मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार हुँदाहुँदै समस्या समाधानमा चासो नदेखिएको भन्दै चाँडै कुनै समाधान नआए प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गर्ने चेतावनीसमेत दिए ।

महिला जनमत संघ पर्साकी अध्यक्ष अञ्जना गुप्ताको नेतृत्वमा भएको उक्त प्रदर्शनमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, महानगर, युवा तथा महिला नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रदर्शनमा बिध्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम शंकर चौरसिया, अनिता रौनियार, नजमा खातुन, राजनरायण मिश्र, बृजेश्वर चौधरी, डा. मनोज सर्राफ, महादेव शर्मा, केदार पटेल, लोकेश कर्ण, उदय यादव, नरेश राम, मनोज साह, संजय सिंह, हिरालाल राम, सुनिल मुखिया, संजय सर्राफ, सन्तोषी महतो, नितम गिरी, बबिता पटेल, अनिता राम, अर्चना चौधरी, पूजा चौधरी, कलावती देवी राम, सुरज राम, रोमा चौधरी लगायतका नेतृहरूको सहभागिता रहेको थियो ।

वीरगंजमा विगत तीन वर्षदेखि गर्मी याममा पानीको चरम अभाव हुने गरेको छ । चापाकलहरू सुक्न थालेका छन् भने भूजलको सतह घट्दो क्रममा छ । यसले गर्दा वीरगंजवासीको जनजीवन अस्तव्यस्त बनेको छ । तर दीर्घकालीन समाधानको पहल भने अहिलेसम्म हुन सकेको छैन ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदीलाई पुनर्जीवन दिन सांसद हरि पन्तको सरकारको ध्यानाकर्षण

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगहरूबाट निस्कने रासायनिकयुक्त फोहोर पानीका कारण सिर्सिया नदी दुर्गन्धित नालामा...

२४सै घण्टा अलर्ट रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरबासीको सेवा, सुरक्षा तथा आपत्कालीन व्यवस्थापनका लागि नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिएका...

कालिकामाईका कर्मचारीहरु सम्पूर्ण कार्यालयकाे सांचाे सिडिओलाई बुझाउने

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले...