Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

गुरु पूर्णिमा विशेष: प्याब्सनद्वारा अग्रज र पदाधिकारीहरूलाई सम्मान

spot_img
spot_img

वीरगंज । गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंज–पर्साले एक विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ।

वीरगंज–१६, नगवास्थित सनलाईट माविमा आयोजित कार्यक्रममा प्याब्सनका अग्रज तथा सक्रिय सदस्यहरूलाई गम्छा र टिका लगाई सम्मान गरिएको हो । कार्यक्रम प्याब्सन जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र नगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अग्रजहरू लालबाबु पटेल, मनि पाख्रिन, ललन द्विवेदी र केन्द्रीय सदस्य छेदुप लामालाई विशेष रूपमा सम्मान गरिएको प्याब्सन वीरगंजका सचिव अमित आलोकले जानकारी दिए । साथै प्रमुख सल्लाहकार आलोक चौरसिया, उपाध्यक्ष शर्मानन्द कुशवाहा, कोषाध्यक्ष सुरज पटेल, सदस्यहरू विरेन्द्र पंडित, गणेश क्षेत्री, प्रभात मेहता, मार्टिन मोक्तान, अनमोल कोइराला, आभास क्षेत्री, विजय बल र सनलाईट माविका निर्देशक डिके चौरसियालगायत अन्य पदाधिकारी तथा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।

नगर अध्यक्ष श्रीवास्तवका अनुसार गुरु पूर्णिमाको अवसर पारेर अग्रजप्रति सम्मानभाव प्रकट गर्दै संस्थामा पारस्परिक सद्भाव र एकता प्रवर्द्धन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो । जिल्ला अध्यक्ष चौधरीले संस्थागत संस्कार र एकताको संरक्षणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...