Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नेशनल इन्फोटेक कलेजमा २४ महिला सहित १६९ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजमा अत्यधिक गर्मीका कारण रक्त सञ्चार केन्द्रमा रक्त अभाव गहिरिँदै जाँदा अस्पतालहरूमा रक्तको माग दोब्बर भएपछि नेशनल इन्फोटेक कलेज वीरगंजले एकदिने बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन नेशनल इन्फोटेक कलेजका प्रशासन प्रमुख काजल सिंहले स्वयं रक्तदान गरेर गरेका थिए । साे कार्यक्रममा २४ जना महिला सहित १६९ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सराैभ राज पाण्डेले वताए ।

कलेजकै भवनमा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक मनिष सिंह, स्नेहा शाह, रानी पाल, सम्झना यादव, सुगता कुमारी यादव, मनीका यादव, रबिना खातुन, श्योमनी कुमारी, मनीष सिंह, जितेन्द्र कुमार साह, रीतेश कुमार पटेल, रोशन प्रजापति, लेखनाथ पोखरेल, कृष्ण मिश्र लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा युवा नेता सुधिर पटेल, मानवसेवा आश्रमका देवेश गुप्ता, नेपाल रेडक्रस सोसाइटी, रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, सामाजिक अभियान्ता ओम कुमार झा तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो ।

रक्तको आपतकालीन अभाव र बिरामीहरूको ज्यान रक्षाका लागि आकस्मिक रूपमा छोटो छलफलपछि रक्तदान कार्यक्रम आयाेजना गरिएकाे कलेजले जनाएकाे छ । रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, राजन श्रीवास्तव, बिबेक यादव, समिम अन्सारी लगायतको प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...