Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वीरगंजमा पानी संकट गहिरिँदै, खानेपानी मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

spot_img
spot_img

वीरगंज । तराई-मधेस क्षेत्रमा जलवायु परिवर्तनको प्रभावले सिर्जिएको अत्यधिक गर्मी र खडेरीका कारण पर्सा, बारा, रौतहट लगायत जिल्लाका अधिकांश चापाकलहरू सुक्दै जाँदा जनजीवन कष्टकर बन्दै गएको छ । यही अवस्था अवलोकन गर्न संघिय सरकारकाे खानेपानी मन्त्री प्रदीप यादव बुधबार गृह नगर वीरगंज आइपुगेका छन् ।

मन्त्री यादवले वीरगंज महानगर अन्तर्गतका विभिन्न वडाहरू, टोलहरू तथा प्रभावित घर–घरमा पुगेर स्थलगत निरीक्षण गर्दै नागरिकको पीडा अवलोकन गरेका छन् । उनले यस प्राकृतिक विपत्तिमा पीडितहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै समस्या समाधानका लागि तत्काल प्रयास थालिएको जानकारी दिएका छन् ।

हाल बारा र पर्सा जिल्लामा २३७ भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न भए पनि पानीको समस्या पूर्ण रूपमा समाधान हुन नसकेको जनाउँदै यादवले भने, “तत्कालीन राहत र दीर्घकालीन समाधानका लागि हामी प्रदेश र स्थानीय सरकारसँग समन्वयमा खटिरहेका छौं।”

सांसद यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई पनि drinking water र sanitation क्षेत्रमा सहकार्य र सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् । उनले सबै तहको एकताबद्ध प्रयास र समन्वयबाट मात्र यो गम्भीर संकट पार गर्न सकिने विश्वास व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...