Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

वीरगंजमा पानी संकट गहिरिँदै, खानेपानी मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

spot_img
spot_img

वीरगंज । तराई-मधेस क्षेत्रमा जलवायु परिवर्तनको प्रभावले सिर्जिएको अत्यधिक गर्मी र खडेरीका कारण पर्सा, बारा, रौतहट लगायत जिल्लाका अधिकांश चापाकलहरू सुक्दै जाँदा जनजीवन कष्टकर बन्दै गएको छ । यही अवस्था अवलोकन गर्न संघिय सरकारकाे खानेपानी मन्त्री प्रदीप यादव बुधबार गृह नगर वीरगंज आइपुगेका छन् ।

मन्त्री यादवले वीरगंज महानगर अन्तर्गतका विभिन्न वडाहरू, टोलहरू तथा प्रभावित घर–घरमा पुगेर स्थलगत निरीक्षण गर्दै नागरिकको पीडा अवलोकन गरेका छन् । उनले यस प्राकृतिक विपत्तिमा पीडितहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै समस्या समाधानका लागि तत्काल प्रयास थालिएको जानकारी दिएका छन् ।

हाल बारा र पर्सा जिल्लामा २३७ भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न भए पनि पानीको समस्या पूर्ण रूपमा समाधान हुन नसकेको जनाउँदै यादवले भने, “तत्कालीन राहत र दीर्घकालीन समाधानका लागि हामी प्रदेश र स्थानीय सरकारसँग समन्वयमा खटिरहेका छौं।”

सांसद यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई पनि drinking water र sanitation क्षेत्रमा सहकार्य र सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् । उनले सबै तहको एकताबद्ध प्रयास र समन्वयबाट मात्र यो गम्भीर संकट पार गर्न सकिने विश्वास व्यक्त गरे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...