Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 280

पर्साका १२५ वर्षीय रघु सहनी: स्वस्थ जीवनशैली र दीर्घायुको प्रेरणादायक

कार्तिक ३० , बिरगंज

पर्साको पकहामैनपुर गाउपालिका वडानम्बर १ धोरेका एक जना १ सय २५ बर्ष बाच्न सफल भएका छन । ज्येष्ठ नागरिक रघु सहनीलाई आज सम्म कुनै रोग छैन, त्यति उमेर भए पनि आखामा चश्मा छैन, सहजै मान्छे चिन्न, कुराकानी बुझन सजिल्लो छ वहालाई, हिडडुल गर्न सक्ने पनि गर्नु हुन्छ । स्थानिय रघु सहनीका अनुसार सुर्ती, पान, गुटका, रक्सी , सराब जस्ता कुनै मादक पदार्थ सेवन नगर्नाले आज सम्म जिवित रहेको बताउनु भएको छ । ७ जना दाजुभाई मध्ये जेठो सन्तान म नै भएकोले ६ जना भाईहरु स्वर्गवास भएका छन , भन्नु भयो । सहनीको २ जना सन्तान छन , एक जना ७५ बर्षीय अच्छेलाल सहनी र ६७ बर्षीय जनक सहनी जेठो छोरा पनि बृद्धभाता खान्छन भने कान्छोको पनि अब पाउने पालो आएको बताए । ७ वा ८ बर्षको हुदा ठुलो भुकम्प नेपालमा आउदा अलिअलि सम्झना छ, नेपालमा ठुलो क्षती भएको थियो । पहिला रुखबिरुवाको बोक्ला भन्ने छाला हामी खाने गरेको सम्झना छ । हरियो जुनसुकै घासपदार्थहरु पनि खाने गरिएको सम्झना छ । डेढ रुपैयामा १ किलो मासु, १ रुपैयामा १ किलो माछा, १ रुपैयामा १ मन धान, किनमेल भएको वहालाई सम्झना छ । भारतमा १ मन चामल बिक्री गर्दा ४ रुपैया पाउथ्यो । नागरिक्ताको हिसावले वहाको उमेर ९७ भए पनि १ सय २५ बर्ष भएको वहाको दावी छ । गाउको वरपर रहेका तथा आफना आफन्तहरुमा पनि मेरो उमेरको कोई पनि जिवीत नरहेको बताए । म भन्दा कान्छो मान्छेहरु मरेकोले म सबै भन्दा उमेर बढी भएको वहाको दावी छ । म अहिले पनि धेरै दिन बाच्छु भने सहनीले बताए । गाउघरमा हुने बिहेवारी, भोजभतेर तथा हरेक सामुहिक काममा वहाको सहभागीता रहने गरेको पकहामैनपुर गाउपालिकाका अध्यक्ष सुरेश मेहताले बताउनु भएको छ । सहनी फुसको र खपडाको घर बनाउने काममा सिपालु रहेको र सबै मिस्त्रीहरु मध्ये उत्कृष्ट रहेको धोरेका स्थानिय अनिल चौहानले बताए । अहिले पनि सानोतिनो काम गर्न सक्ने सहनीमा क्षमता रहेको जनाईएको छ ।

फेटा गाउँपालिकामा शुक्रवार सार्वजनिक बिदा

वीरगंज । बाराको फेटा गाउँपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको वडा नं. १ त्रिवेणिमा रहेको त्रिवेणिधाम र खैरातिमाई मन्दिरमा लाग्ने मेलाको अवसरमा एक दिन बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले बिहीबार एक सूचना जारी गर्दै गाउँपालिकाको वडा नं. १ त्रिवेणिमा रहेको त्रिवेणिधाम र खैरातिमाई मन्दिरमा मिति २०८१ मङ्सिर ३० गते शुक्रवारका दिन कार्तिक शुक्लपुर्णिमाका दिन पूर्णिमा स्नान गरी खैरातिमाई मन्दिरमा पूजापाठ गर्ने र ५ दिन सम्म मेला समेत लाग्ने भएकोले एक दिन सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

अध्यक्ष अन्सारीद्वारा जारी सूचनामा गाउँपालिकाको निर्णय अनुसार फेटा गाउँपालिका, यस अन्तर्गतका सबै वडा कार्यालयहरू र सार्वजनिक निकाय लगायतका कार्यालयहरूमा मिति २०८१/०७/३० गते सार्वजनिक बिदा दिइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।

बिश्रामपुरमा निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज । बाराकाे बिश्रामपुर गाउँपालिका वडा नं. १ घाेडासहनमा बिहिबार निशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । नेपाली कांग्रेस बाराका उपसभापति एवं बिश्रापुरका पूर्व गाउँपालिका अध्यक्ष अमिरिलाल राउत पालकाे आयाेजना शिविर सम्पन्न भएकाे हाे ।

माट्रिका आई फाउन्डेसनकाे प्राविधिक सहयाेगमा भएकाे शिविरमा ३ सय जनाले आँखा परिक्षण गराएकाे आयाेजक पालले जानकारी दिए । जस मध्ये ८२ जनामा माेतिया बिन्दु फेला परेकाे उनले वताए ।

शिविरमा बिश्रामपुर गाउँपालिकाकाे वडा नं. १ देखि ५ सम्मका आँखामा समस्या भएकाहरु लभान्वित भएकाे जनाइएकाे छ । 

लागु औषध चरेश सहित ३ जना पक्राउ

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुरले लागु औषध चरेश सहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकाे सिम्रौनगढ न. वडा नं.४ हरिहरपुरका २९ बर्षिय मकसुद अन्सारी, साेही ठाउँका २० बर्षिय रामलाल सहनी र भारत विहार जिल्ला मोतीहारी थाना आदापुर सामपुर वडा नं.९ का २९ बर्षिय मुकेश कुमार रहेका छन् ।

विषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार सांझ ५:४५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडकखण्डबाट तिनै जनालाई लागु औषध सहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए । 

सो स्थानमा ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार तिनै जनाहरुले कालो ब्याग र सेतो प्लाष्टिकको बोरा लिई संकाष्पदरूपमा बसेको अवस्थामा खटिएको प्रहरी टोलीले कानूनी रीतपुर्‍याई निजहरूले बोकेको ब्याग र बोरा जाँच गर्दा सो ब्याग र बोराभित्र लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ४५ प्याकेटमा प्रति प्याकेट ५०० ग्रामका दरले २२ के.जी.५०० ग्राम फेला परेको प्रवक्ता भारतीले वताए ।

बरामद लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

नेशनल मेडिकल कलेजमा ५ महिला सहित ५७ जनाद्वारा रक्तदान

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजकाे आयाेजनामा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कलेज परिसर मै भएकाे कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेकाे कलेजका ब्लड बैंकले जनाएकाे छ ।

कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चाैधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सराेज प्रसाद देव, महमद जुनैद, प्रदिप कुमार चाैधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चाैधरी, डा गुरु प्रसाद मैनाली, नवल किशाेर यादवले रक्तदान गरेका हुन् । 

“नियमित रक्तदान, स्वास्थ्य हुनुकाे पहिचान” नारा सहित भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन कलेजका प्रबन्ध निर्देशक अन्सारीले गरेका थिए । रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै प्रबन्ध निर्देशक अन्सारीले रक्तदान गर्नु राम्राे कुरा भएकाे वताए । उनले रक्तदान जिवन दान भएकाे वताउँदै १८ बर्ष उमेर पुगेहरु प्रत्येक ३/३ महिनामा गर्न सक्ने वताए 

रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पतालका निर्देशक डा. इशर जहान, कलेजका प्रिन्सपल डा. के.एन. सिंह, कलेजका एडमिसन एण्ड मार्केटिङ निर्देशक आविद हुसेन अन्सारी, कलेजका भाइस प्रिन्सपल प्राेफेसर डा. रविशंकर गुप्ता नर्सिङ्ग क्याम्पसकी भाइस प्रिन्सपल बबिता सिंह लगायतकाे उपस्थिति रहेकाे थियाे ।

रक्तदान कार्यक्रम स्थल मै कलेजले निशुल्क मधुमेह राेग शिविर समेत संचालन गरेकाे थियाे भने रगत लगायकाे परिक्षणमा १५ प्रतिशत छुट समेत प्रदान गरिएकाे कलेजले जनाएकाे छ । यसैगरी विश्व मधुमेह दिवसकाे अवसरमा बिहिबार अस्पतालका सम्पूर्ण ओविडी टिकेट समेत निशुल्क गरिएकाे अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए ।

रबिलाइ फेरि म्याद थपे अनशन बस्ने चेतावनी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले रबि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने चेतावनी सहितको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ ।

रास्वपा पर्साले बुधबार बृहत र्याली सहित नगर परिक्रमा गरेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयमा उक्त ज्ञापनपत्र पठाएको हो ।

रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको बृहत जुलुसमा सान्केतिक रुपमा रबिलामेछानेलाई निर्दोश हुँदा हुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराएको थियो । साथै प्रधानमन्त्री केपि ओलि र काङ्ग्रेस सभापति शेर बहादुर देउवाको फोटोको समेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाब र घम्सा घम्सी समेतको बाताबरण बनेको थियो ।

जुलुस नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिका गणेश अर्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा नन्दन यादब, प्रदेश सदस्य पुर्षोतम उपाध्याय, क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मियाँ, पालिका सभापती चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए ।

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साह जनक उपस्तिथि रहेको र रबि लामिछाने अझ पनि हिरासतमा राखी रहे अब देश रबिमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए । उनले भने अब देश र जनताले रबि निर्दोष भएको छर्लङ्ग बुझी सकेकोले नै जनता रबिको पक्षमा उर्लिएको वताए ।

कार्यक्रममा पुर्ब जिल्ला सभापति दिलिप कुर्मी, जिल्ला उप संयाेजक तुलशा अधिकारी, प्रदेश सदस्य सुदिश प्रजापति, सब्बु कंडेल, शिक्षा बिभागका सोनालाल पटेल, पालिका सभापतिहरु माधब बस्नेत, उमेश गुप्ता, प्रदिप पटेल र पुर्ण सापकोटा लगायतको उपस्थित रहेको थियो . कोणसभाको सहजीकरण संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले गरेका थिए ।

आत्मारक्षा तालिममा रेडक्रसद्वारा प्राथमिक उपचार शिविर

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाकाे आयाेजनामा आत्मरक्षा तालिममा प्राथमिक उपचार शिविर सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाले वीरगंजस्थित आदर्शनगर रंगशालामा आयाेजना गरेकाे आत्मरक्षा तालिममा रेडक्रसकाे प्राथमिक उपचार शिविर सम्पन्न भएकाे हाे ।

रेडक्रस पर्सा शाखाका स्वंयसेवकहरुले शिविरमा सहभागिहरुलाई स्वास्थ्यमा समस्या भएपछि प्राथमिक उपचार दिएकाे नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार आत्मारक्षा तालिम प्रशिक्षण कार्यक्रममा सहभागि छात्राहरुकाे सुरक्षा सहजताका लागि उनिहरुलाई चोटपटक लागेको खण्डमा फस्ट एड उपचार प्राथमिक उपचार उपलब्ध गराउनको लागि नेपाल रेडक्रसका स्वंयसेवकहरुलाई परिचालन गरिएको थियो।

शिविरमा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाकी मिना क्षेत्रि, रेडक्रसका वरिष्ठ सदस्य गुडि कुमारी साह, मुस्कान साह, मनिसा राउत, सौम्य मंडल लगायतकाे उपस्थिति रहेको थियो ।

वीरगंज महानगरद्वारा १४ हजार छात्रालाई आत्मारक्षा तालिम

वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई बुधबार एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ ।

वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिएका हुन् । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गरेका थिए ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्रि  यादवले सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले वीरगंज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरुलाई आत्माविश्वास बढाउने बताए । नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निशुल्क रुपमा तालिम दिदा दुई देश बिचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने निती लिएको बताए ।

खानेपानी मन्त्रि यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिने दाबि गरे ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर सिंहले छात्राहरुलाई दिएको आजको तालिम शुरुवात मात्रै भएको बताउँदै अव वीरगंजका सामुदायिक तथा निजी बिद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मारक्षाको लागि मार्शल आर्टस् सम्बन्धि तालिम दिईने बताए ।

मेयर सिंहले आजको मिति सम्म वीरगंज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी दिए ।

यसअघि भारतको आग्रा स्थित एक स्थानिय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।

सो अवसरमा मेयर सिंहले आफूले निर्वाचनको बेला वीरगंजका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताए । उनले ‘वीरगंजका कोहीपनि छोरीचेली डराएर हिड्नु पर्ने अवस्थाको अन्त्य हुन्छ । मान्छे त के मृत्यु पनि मे आई कम इन ? भनेर सोधेर आउनुपर्ने अवस्था बनाउनुछ ।’भने ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएमा धन्यवाद दिदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको बारेमा जान्ने बताए ।

तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताए । उनले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले जिवन संकटमा परेको बेला महत्वपुर्ण सहयोग पुग्ने बताए ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीना जसवाल, निर्माला देवकाेटा, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दुत देबी सहाय विणा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमकाे संचालन संचारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

पोखरिया नगरपालीकाद्वारा महिला स्वयम् सेविकाहरुलाई सम्मान

पाेखरिया । पोखरिया नगरपालीकाले मंगलबार एक कार्यक्रमका बिच महिला स्वयम् सेविकाहरुलाई सम्मान गरेकाे छ । पोखरिया नगरपालीकाको स्वास्थय शाखाकाे आयोजना भएकाे कार्यक्रममा नगरपालिकाका अन्तर्गतका ५४ जना महिला स्वयम् सेविकाहरुलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चाैहानले नगरपालिकाकाे वडा नं. १ देखि १० सम्मका महिला स्वयेम् सेविकालाई छाता १ थान, टर्च लाईट १ थान, टावल १ थान र  बैग १ थान वितरण गरेर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर चौहानले महिला स्वयेम् सेविकाहरुले आफ्नो जिमेवारी ईमान्दारी पूर्वक निर्वाह गरेकोले  नगरपालीकाले समान गररेको बताए । उनले अउने दिनमा अझ राम्रो गर्ने अपेक्षा राखेको भन्दै विश्वास समेत व्यक्त गरेको वताए ।

नगरपालिकाका स्वास्थ्य शाखा सहायक शिव पटेलको अध्यक्षतामा नगरपालिकाकाे सभा हल मै भएकाे कार्यक्रममा प्रशासन शाखा तथा योजना शाखा प्रमुख सँजय पाण्डेय, रन्जु मिश्रा, लक्ष्मण साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजका विद्यालयहरुमा बुधबार विदा

वीरगंज । वीरगंज महानगरपालिकाले बुधबार एक दिनकाे लागि महानगरपालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिएकाे छ ।महानगरपालिकाले बुधबार आयाेजना गरेकाे आत्मरक्षा तालिम कार्यक्रममा अधिकतम छात्राहरुकाे उपस्थिति गराउनका लागि महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विदा दिएकाे हाे ।

महानगरपालिकाले एक सूचना जारी गर्दै वीरगंजका १० हजार भन्दा वढि छात्राहरूको उपस्थितिमा छात्राहरूको आत्मबल उच्च बनाउने उद्देश्यका साथ भारतका प्रख्यात मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश सेट्टीद्वारा मिति २०८१ कार्तिक २८ गते बुधवार विहान १०:०० बजेदेखि आत्मरक्षा तालिम प्रशिक्षण कार्यक्रम अधिकतम छात्राहरुकाे उपस्थिति गराउनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा कार्तिक २८ गते १ (एक) दिन पठनपाठन स्थगित गरिएको  जनाएकाे छ ।

साथै उक्त कार्यक्रममा सबै विद्यालयका महिला शिक्षकहरू विद्यालयको पोशाकसहित विहान १०:०० बजेभित्र आदर्शनगर रंगशालामा अनिवार्य रुपमा उपस्थित भईदिनुहुन पनि जानकारी गराएकाे छ । साथै साेही सूचना मार्फत बस उपलब्ध रहेका विद्यालयहरुले आ-आफ्ना छात्रा विद्यार्थीहरूलाई विहान १०:०० बजेभित्र आदर्शनगर रंगशालामा तोकिएको ब्लकमा प्रवेश गराईदिनहुन समेत सम्बन्धित सबै विद्यालयको जानकारीको लागि पनि अनुरोध गरेकाे छ ।