Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

बहुदरमाईमा डिप बोरिङ्गबाट राहत, मन्त्री यादवकाे सहयाेगमा थप १० बोरिङ्ग जडान हुँदै

spot_img
spot_img

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा डिप बोरिङ्ग जडान कार्य तीव्र गतिमा अघि बढेसँगै स्थानीय बासिन्दाहरू खानेपानी अभावबाट राहत पाउन थालेका छन्।

चालु वर्षमा चापाकलहरू क्रमशः सुक्दै जाँदा दैनिक उपभोग्य पानीको संकट गहिरिएको थियो। समस्या गम्भीर बन्दै गएपछि नगर प्रमुख सिंगासन साहको अगुवाइमा भौराटार, बिश्रामपुर, छपकैया, पदमौल, गम्हरिया, नगरदाहा, पिपरा लगायत स्थानहरूमा डिप बोरिङ्ग जडान गरिएको हो।

स्थानीय स्यामबाबु यादवका अनुसार, “एक डिप बोरिङ्गले सयौं घरपरिवारको पानीको आवश्यकता पूर्ति गरिरहेको छ। नुहाउने, खाने, पकाउनेदेखि कपडा धुने सबै काम यसै पानीले भइरहेको छ।”

खानेपानीको दीर्घकालीन समाधानस्वरूप मेयर साहले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवसँग समन्वय गरी थप १० थान डिप बोरिङ्ग जडान गराएका छन्। तीमध्ये अधिकांश डिप बोरिङ्ग छपकैया, बिश्रामपुर, र गम्हरिया क्षेत्रमा जडान भइसकेका छन्।

यसैबीच, नगरपालिकाका प्रत्येक वडामा पानी ट्यांकरमार्फत पनि वितरण भइरहेको छ। पदमौल, गम्हरिया र नगरदाहामा त डिप बोरिङ्गबाट घरघरमै धारा जडान गरेर नियमित आपूर्ति गर्न थालिएको छ।

मेयर सिंगासन साहका अनुसार, “हामीको लक्ष्य प्रत्येक घरमा धारा जडान गरी व्यवस्थित खानेपानी सेवा प्रदान गर्नु हो।”
स्थानीयहरू पनि अबका दिनमा स्थायी र भरपर्दो पानी सेवा विस्तार हुने आशामा आशावादी देखिएका छन्।

पानी संकटले पिरोलिएका बहुदरमाई नगरवासीले डिप बोरिङ्ग परियोजनालाई आशाको किरणका रूपमा लिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकार ढाल्ने खेलका लागि होइन, देशलाई संकटबाट निकास दिन अग्रगामी मोर्चा : प्रभु साह

जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा...

सिरहामा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलको विरोध

वीरगंज । सिरहाको औरही गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विरोध भएको छ । मन्त्री पोखरेलले स्थानीय पार्टी कमिटीलाई जानकारी नै...

सरकार जनताको अपेक्षाअनुसार चल्न सकेन : माधव नेपाल

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको...