Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026

निर्माणधिन छठघाटकाे संरचना भत्काउने प्रयास भएकाे भन्दै कारवाहीकाे माग

spot_img
spot_img

वीरगंज । पर्साकाे पकाहाँ मैनपुर गाउँपालिका–२ मधुवनी टोलस्थित पोखरीको पूर्वपट्टि निर्माणाधीन छठ पूजा घाटमा अवरोध पुर्‍याइएको आरोप सार्वजनिक भएको छ । पर्यटन विकास कार्यालय वीरगंजबाट निर्माण भइरहेको उक्त छठघाटको उपभोक्ता समितिको अध्यक्ष श्रीनिवास प्रसाद चौहानले प्रेस विज्ञप्तीमार्फत निर्माणमा अवरोध पुर्‍याउने र संरचना भत्काउने नियतले काम गरिएको गम्भीर आरोप लगाएका छन्।

चौहानका अनुसार स्थानीय अशोक साह तेली र उनका छोरा गणेश साह तेलीले गैरकानूनी रुपमा कमिशन माग गर्दै निर्माण कार्यमा बारम्बार झिँझो तथा धम्की दिएका थिए । उनले निर्माण कार्यमा शारीरिक, मानसिक दु:ख दिइएको र बारम्बार डर त्रास देखाइएको बताए ।

निर्माण सम्पन्न भइसकेपनि ती व्यक्तिहरूले भर्‍याङको संरचना भत्काउने नियतले पोखरीमा आफ्नो बोरिङको पानी लगेर तलको माटो बगाउने कार्य गरेको, साथै भर्‍याङको माथिबाट माटो फालेर संरचना कमजोर बनाउने प्रयाससमेत गरेको चौहानले बताए । “जे.सी.भी. ल्याएर संरचना भत्काइदिन्छौं” भनी धम्की दिएको पनि उनले खुलासा गरे ।

चौहानले सार्वजनिक सम्पत्तिको सुरक्षार्थ सुरक्षा निकाय, स्थानीय प्रशासन, नागरिक समाज तथा पत्रकारहरुलाई ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । साथै, धार्मिक आस्थासँग जोडिएको छठघाटको संरक्षण गर्न सबै पक्षलाई पहल गर्न आग्रह गरेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘सेवाग्राहीले अख्तियार दुरुपयोग गर्न सक्दैन’ : मेयरका स्वकीय सचिव

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दालाई लिएर उनका स्वकीय सचिव सत्यराज घिमिरेले आपत्ति...

नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालयबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताले...

हिमालयन डिस्टिलरीद्वारा परवानीपुर स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानीपुर स्वास्थ्य चौकीलाई हिमालयन डिस्टिलरी लिमिटेडले ११ लाख ५० हजार रुपैयाँ बराबरको अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन सहयोग...