Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

वीरगंजमा आदिकवि भानुभक्तको जन्मजयन्ती साहित्यिक भव्यतासँग मनाइयो

spot_img
spot_img

वीरगंज । नेपाली भाषा, साहित्य र संस्कृतिका शिल्पी आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती वीरगंजमा नारायणी वाङ्मय प्रतिष्ठान, पर्साको आयोजनामा विविध साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।

कार्यक्रमको सुरुवात वीरगंजकाे बसपार्कस्थित आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण गरेर गरिएको थियो। त्यसपश्चात वीरगंज पब्लिक कलेजको नयाँ भवनमा वाङ्मय सम्मान, पुरस्कार वितरण तथा कवि गोष्ठी आयोजना गरिकाे थियाे ।

कार्यक्रम नारायणी वाङ्मय प्रतिष्ठानकी काेषाध्यक्ष कविता खडकाको अध्यक्षता र वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार रामप्रसाद अधिकारी, गणेश लाठ, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयाेजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, पर्सा बार एशाेसिएसनका अध्यक्ष रामनारायण कुर्मी, प्याब्सन पर्साकी उपाध्यक्ष सुशिला शाह लगायतको उपस्थिति रहेको थियो।

नगरप्रमुख सिंहले आदिकवि भानुभक्तलाई नेपाली भाषा, साहित्य र पहिचानको मेरुदण्डको रूपमा स्मरण गर्दै यस्ता कार्यक्रमले सांस्कृतिक चेतनालाई अझ सशक्त बनाउने बताए ।

कार्यक्रममा वीरगंजका वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, साहित्यकार गणेश लाठ र राम प्रसाद अधिकारीलाई दोसल्ला, प्रशंसा पत्र तथा नगद रु १२,५०० सहित सम्मान गरिएको थियो ।

प्रतिष्ठानका सदस्य सुर्यानारायण विकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन गीता भण्डारीले गरेकी थिइन् । गौतम मावि, नवदिप एकेडेमी र सिद्धार्थ माविका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिद्वारा अतिथिहरूको स्वागत गरेका थिए।

साहित्यिक प्रतियोगितामा गौतम माविकी क्रिस्टिना कर्ण पहिलो, नारायण माझी दोस्रो र नवदिप एकेडेमीका अरुण यादव तेस्रो स्थानमा विजयी भएका थिए। कार्यक्रममा वीरगंजका विभिन्न मिडिया प्रतिनिधि, साहित्यप्रेमी र समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...