Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

भारतीय पर्यटकलाई झन्झटमुक्त बनाउन मधेश सरकारको निर्देशन

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश सरकारले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरूलाई सीमानाकामा हुने अनावश्यक झन्झट हटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई भारतीय पर्यटकप्रति सहजीकरण गर्न परिपत्र जारी गरेका छन् ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई पठाइएको परिपत्रमा भारतीय पर्यटकहरूलाई सुरक्षा जाँच लगायतका नाममा अनावश्यक ढिलासुस्ती तथा अप्ठ्यारो व्यवहार गरिएको गुनासोहरू प्राप्त भएको उल्लेख गरिएको छ ।

परिपत्रमा उल्लेख भएअनुसार, भारतबाट नेपाल आउने पर्यटकप्रति सकारात्मक व्यवहार अपनाउन, सुरक्षाको नाममा अनावश्यक झन्झट नगर्न र सहज वातावरण सिर्जना गर्न प्रशासनलाई निर्देशन दिइएको छ।

मन्त्री कुशवाहाले यो कदम मधेश प्रदेशमा पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि वृद्धिका लागि उठाइएको उल्लेख गरेका छन्। उनका अनुसार, सीमानाकामा सहजता भएमा भारतबाट बढी संख्यामा पर्यटक आउनेछन्, जसले होटल, यातायात, हस्तकलालगायत स्थानीय क्षेत्रको व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ।

उक्त परिपत्रको बोधार्थ गृह मन्त्रालय (सिंहदरबार), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र मधेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयलाई समेत पठाइएको छ।

मधेश सरकारको यो निर्णयलाई स्थानीय व्यवसायी र पर्यटन क्षेत्रका सरोकारवालाहरूले स्वागत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...