Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजकाे पानी संकटमा जगरनाथपुर गाउँपालिकाकाे पनि सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले वीरगंजकाे पानी अभाव क्षेत्रमा पानी वितरण गरेकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे निर्देशनमा वीरगंज–११ श्रीपुर नयाँ बस्तीमा पानी वितरण गरिएकाे हाे ।

पानीकाे गम्भीर अभाव रहेको खबर प्राप्त भएपछि जगरनाथपुर गाउँपालिकाले मानवीय सहायता स्वरूप पानी ट्यांकर पठाएर सहयोग गरेको स्थानिय राधेश्याम पटेलले वताए ।

जगरनाथपुर गाउँपालिकाको तर्फबाट पठाइएको पानी ट्यांकरले स्थानीय बासिन्दाहरूलाई केही हदसम्म राहत मिलेको छ। गाउँपालिकाका अध्यक्षले उक्त पहललाई ‘छोटो प्रयास भए पनि संकटका बेला राहत दिने उद्देश्य’का रूपमा व्याख्या गर्दै आपसी सहकार्यकै माध्यमबाट यस्ता समस्याहरू समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

पानी वितरणको क्रममा श्रीपुर नयाँबस्तीका स्थानीय बासिन्दाहरूले देखाएको सद्भाव र धन्यवादप्रति जगरनाथपुर गाउँपालिकाले हार्दिक आभार प्रकट गरेको छ । स्थानीय तहबीचको यस्तो सहयोगले संकट समाधानमा सकारात्मक सन्देश दिएको छ। पानी अभाव रहेकाे क्षेत्रमा पानी वितरण कार्यलाई निरन्तरता दिन स्थानियले आग्रह समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...