Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जनतासँग काँधमा काँध मिलाएर सरकार अघि बढ्छ : मन्त्री प्रदिप यादव

spot_img
spot_img

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले देशको विकासमा सरकार जनतासँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउँदै कैलालीको लम्कीचुहामा रु २९ करोड ४८ लाख ३२ हजारको लागतमा निर्माण हुन लागेको लम्की सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास गर्नुभएको छ।

शिलान्यास समारोहमा बोल्दै मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको अभियान जारी रहेको बताए।
“स्वच्छ पानी, स्वस्थ जीवन” नारासहित अगाडि बढाइएको यो आयोजनाले लम्कीचुहाका हजारौं नागरिकलाई राहत पुर्‍याउने बताउँदै उहाँले परियोजना सफल बनाउन नेपाल सरकार, उपभोक्ता समिति र नगरपालिका बीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

मन्त्री यादवले स्वच्छ र सुरक्षित खानेपानी सबै नागरिकको मौलिक अधिकार मात्र नभई समृद्धि र सामाजिक न्यायको आधार भएको भन्दै दीर्घकालीन पूर्वाधार निर्माणमा सरकारको विशेष ध्यान रहेको पनि बताउनुभयो।

लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुसिला शाहीले आयोजनाले वर्षौंदेखिको खानेपानी समस्याबाट मुक्ति दिने भन्दै आयोजनाप्रति खुशी र कृतज्ञता व्यक्त गर्नुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठका अनुसार आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि वडा नं. १ देखि ५ का करिब ७४ हजार ५०० नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।

आयोजनाको कुल लागत साझेदारीमा नेपाल सरकारको ७० प्रतिशत, उपभोक्ता समितिको २५ प्रतिशत र लम्कीचुहा नगरपालिकाको ५ प्रतिशत योगदान रहनेछ।

प्याकेज–२ अन्तर्गत निर्माण कार्य सुप्रिम जयमाता जेभीले सञ्चालन गर्नेछ, जसको ठेक्का सम्झौता असार २३ गते सम्पन्न भई कार्यादेश दिइसकिएको छ। आयोजना २०८५ साल असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

शिलान्यास कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव कमलराज श्रेष्ठ, आयोजनाका पदाधिकारी, उपभोक्ता प्रतिनिधिहरू, निर्माण व्यवसायी लगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...