Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

मन्त्री प्रदीप यादवको सक्रिय पहल: वीरगंजका ५० भन्दा बढी स्थानमा डिप बोरिङ

spot_img
spot_img

वीरगंज । पानी संकटको चरम अवस्थामा पुगेको वीरगंजमा खानेपानी मन्त्री प्रदीप यादवको सक्रियता र प्रतिवद्धताले तीन दिनमै सकारात्मक परिणाम देखिन थालेको छ । मन्त्री यादवको अनुगमन भ्रमणपछि वीरगंज महानगरपालिकाका ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडानको कार्य तीव्र गतिमा अघि बढेको छ, जसले स्थानीयवासीलाई ठूलो राहत मिलेको छ।

खानेपानीको चरम अभाव भएको समयमा मन्त्री यादव स्वयं बस्तीबस्तीमा पुगेर समस्या अवलोकन गर्दै तात्कालिक समाधानका लागि आवश्यक निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन अनुसार वडा नं. ११ श्रीपुर विद्यापति टोल, वडा नं. १३ राधेमाई, वडा नं. १४ बौधीमाई, वडा नं. २१ परवानीपुर तत्वाटोल, वडा नं. २१ कोरिया टोल, वडा नं. २४ रामगढवा मनमोहन टोल लगायत स्थानमा डिप बोरिङको काम अन्तिम चरणमा पुगेको मन्त्री यादवका स्वकीय सचिव हरेन्द्र साहले जानकारी दिए ।

स्थानीयहरू मन्त्रीको तत्परता र जिम्मेवारीपूर्ण व्यवहारबाट खुसी छन् । विद्यापति टोलका युवा सुनिल महतोले भने, “जनताको पीडामा साथ दिने यस्तो इमानदार मन्त्री पाएकोमा हामी धन्य छौं।”

त्यस्तै, रामगढवा मनमोहन टोलकी मिरा देवी कुर्मीले “मन्त्रीले आउनु तीन दिनमै डिप बोरिङ सुरु भयो, हामी जनताको आवाज सुनिएको महसुस भयो,” भन्दै आभार प्रकट गरिन् । उनले सिर्सिया नदीको सरसफाइको माग गर्दै नुहाउने, कपडा धुने र गाईवस्तु नुहाउने समस्या समाधान गर्न नदी व्यवस्थापनमा सरकारका सबै तहले सक्रियता देखाउनुपर्नेमा जोड दिइन्।

पानी संकटको दीर्घकालीन समाधानका लागि मन्त्री यादवले ठूला परियोजनामार्फत नीतिगत सुधार गर्ने र तुरुन्त समाधानका लागि डिप बोरिङ, ट्यांकर लगायतका उपाय अपनाउने प्रतिबद्धता जनाएका छन्।

मन्त्री यादवले असार मसान्तभित्र १०० भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न हुने र थप ४०–५० स्थानमा कार्य अघि बढ्ने बताएका छन्। “कुनै पनि नेपाली नागरिकलाई पानीको अभावमा पिरोलिन दिन्न,” भनी मन्त्री यादवको दृढ भनाइले वीरगंजवासीमा आशा जगाएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...