Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

अफताब आलमलाई सफाई दिने न्यायाधीमाथि कालोमोसो छ्याप्नेलाई सम्मान

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीशलाई कालोमोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले सार्वजनिक रूपमा सम्मान गरेको छ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले कार्यकर्ताहरू अभिनाश कुँवर, पदम मगर र गर्भू महतोलाई सम्मान तथा अभिनन्दन गरेको हो। ती कार्यकर्ताहरूले जेठ २९ गते उच्च अदालतका अस्थायी इजलास वीरगंजका न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनको कार्यकक्षमा पुगेर कालोमोसो छ्यापेका थिए।

पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’का अनुसार गरिब तथा निमुखा जनताको न्यायको पक्षमा आवाज उठाउने हिम्मत देखाएको भन्दै सम्मान गरिएको हो।

उनका अनुसार, “राज्यका तीनवटै अंगहरूमा भ्रष्टाचार चरमचुलिमा पुगेको अवस्थामा हाम्रो पार्टीले भ्रष्टाचारविरुद्ध नयाँ अभियान थालेको छ।”

कालोमोसो प्रकरणपछि ती कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरी करिब एक महिनासम्म हिरासतमा राखेको थियो। छुटेपछि पार्टीले उनीहरूलाई ‘न्यायका पक्षमा लड्ने साहसी योद्धा’ भन्दै सम्मान गरेको हो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...