Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मन्त्री जयसवाललाई फिर्ता गर्नेबारे कुनै निर्णय भएको छैन : अध्यक्ष मण्डल

spot_img
spot_img

वीरगंज । नेकपा एमाले मधेश प्रदेश कमिटीको बर्दिबासमा शनिबार सम्पन्न बैठकमा सरकारबाट मन्त्री फिर्ता गर्ने वा राख्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट गरिएको छ।

प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले बैठकमा यस्तो विषयमा कुनै छलफल नै नभएको भन्दै केही मिडियाले भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाए। उनले भने, “मन्त्रीहरू फिर्ता गर्ने विषय नै उठेको छैन। एउटा मन्त्री मात्र फिर्ता गर्ने भन्ने त सरासर झुट हो।”

उनले एमाले मधेशमा लोकप्रिय पार्टी भएकोले केही मिडियालाई त्यो स्वीकार्न नसकेको आरोप पनि लगाए।

प्रदेश सचिव मनोज पौडेलले भने, “मन्त्रीहरूको कार्यशैली, व्यवहार र प्रदर्शनबारे सामान्य छलफल भएको हो। सबैको कार्यकाल पनि लगभग पूरा भइसकेको सन्दर्भमा पुनरावलोकन गर्नेबारे कुरा भएको हो।”

बैठकमा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने निर्णय गरिएको भन्ने खबरलाई पनि नेताहरूले असत्य र भ्रामक भनेका छन्।

प्रदेश उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्यका क्रममा मन्त्री जयसवालको नाम लिएर आलोचनात्मक टिप्पणी गर्दै पार्टी मन्त्रीहरूले जनतासँग नरम र जवाफदेहीपूर्ण व्यवहार गर्नुपर्ने सुझाव दिएका थिए।

बैठकमा प्रदेश अध्यक्ष मण्डल, प्रदेश इन्चार्ज एवम् सांसद लिलानाथ श्रेष्ठ, सांसद ज्वाला साह, जुली महतो, प्रभु हजारा र आठवटै जिल्लाका इन्चार्जहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...