Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंज २१ मा नेपाली कांग्रेसकाे पार्टी प्रवेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस वीरगंज वडा नं. २१ को बुथ समितिको आयोजनामा शनिबार भव्य पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब सयौं महिला तथा पुरुषहरूले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटाले हाल वीरगंजमा उत्पन्न गम्भीर पानी संकटप्रति चिन्ता व्यक्त गर्दै सरकार र सम्बन्धित मन्त्रीहरूलाई चर्को आलोचना गरे ।

“यस्तो बिकराल परिस्थितिमा मन्त्रीहरू भाषण गरिरहेछन्, तर चुनावताकाको वाचा पुरा भएको देखिँदैन । अहिले फोटो खिचाउनेभन्दा पहिले पुस–माघमै डिप बोरिङको काम सुरु गर्नु पर्ने थियो,” रुङ्गटाले भने । साथै उनले वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमलाई समस्या तत्काल समाधान गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा उपप्रमुख इम्तियाज आलमले पनि पानी समस्यालाई प्राथमिकतामा राखेर छिटो समाधान गरिने प्रतिबद्धता जनाए । “महानगरपालिकाले सम्बन्धित निकायका कर्मचारीहरूलाई बोलाई छलफल गरिरहेको छ, हामी दिगो समाधानतर्फ अघि बढ्दैछौं,” उनले भने ।

नेपाली कांग्रेस वीरगंज २१ का बुथ सभापति रामनारायण साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति राम नारायण कुर्मी, जिल्ला सचिव एवं उपप्रमुख इम्तियाज आलम, क्षेत्र नं. २ का सभापति महमद सहाबुदिन, क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंह, नगर उपसभापति एवं वडा नं. २८ का अध्यक्ष सर्जुग महतो, मुस्लिम संघका सभापति हबिब मियाँ, महिला सभापति किरण शर्मा, नेता जतन कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...