Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 278

वीरगंजका होटलहरुको वर्गीकरण, सरोवर सहित ३ हाेटल मात्र ३ स्टार

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले वीरगंजका होटलहरुको वर्गीकरण गरी लोगो नवीकरण कार्य शुरु गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रणले वीरगंजका विभिन्न होटलहरुको भान्साको सरसफाई, खाद्यजन्य पदार्थहरुको भण्डारण गर्ने विधि र कोल्ड चेन प्रबिधिलगायतको अनुगमन गरी खाद्य स्वच्छतास्तरको आधारमा होटलहरुको स्तर निर्धारण गरी वर्गीकरण गरेको हो ।

खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयोजन एबम् खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेश कुमार सिंहको नेतृत्वमा निस्केको अनुगमन टोलिले वीरगंजका १० ओटा होटलहरुको अनुगमन गरेको थियो ।

अनुगमन गरिएका सबै होटलहरुको भान्सा, भण्डारण गरिएको खाद्यजन्य बस्तुहरुको चेकजाँच गर्नुको साथै टेस्टो मिटरद्वारा भन्सामा प्रयोग गरिएका तेलको गुणस्तरसमेत जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सिंहले बताए ।

अनुगमन गरिएका दस होटलहरु मध्ये सरोवर पोर्टिको होटल, होटल लर्डस् दियालो र भिस्वा होटल खाद्य स्वच्छताको आधारमा अति उत्तम (३ स्टार) प्रमाणीकरण गरि लोगो बितरण र नवीकरण गरिएको अनुगमन टोलि संयोजन सदस्यसमेत रहेका होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । वीरगंजका सबै होटलहरुलाई खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र हाइजेनिक फूड र परिकारहरु पस्कन समेत पन्तले अनुरोध गरे ।

अनुगमन टोलिले खाद्य स्वच्छताको आधारमा होटल पुजन, होटल मकालु र अनमोल स्वीटलाई उत्तममा वर्गीकरण गरेर २ स्टारको लोगो बितरण गरेको छ भने कन्ट्री इन होटल प्रालि, कैलाश होटल र मेजवान होटललाई १ स्टारको लोगो दिइएको छ । डिलाइट गो रेस्टुरेन्टलाई सामन्यको सन्केत दिएर सुधारको निर्देशन समेत दिइएको थियो ।

यसै क्रममा अनुगमन टोलिले होटलका संचालकहरुलाई खाद्य स्वच्छता प्रतिबद्धता पत्रमा सहि गराएर हस्तान्तरण गरेको थियो । अनुगमन टोलिमा वाणिज्य कार्यालय वीरगंजका सुनिल चौरसिया, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज कुमार दास, वीरगंज महानगरका प्रतिनिधि बिभा मिश्र लगायत जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको पनि उपस्तिथि रहेको थियो ।

नेशनल मेडिकल कलेजमा दम सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजमा बुधबार दम सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा जटिल बन्दै गएको दाम सम्बन्धी स्वास्थ्य समस्या अन्तर्गत पर्ने समस्यालाई नियुनीकारण गर्न नेशनल मेडिकल कलेजले जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेकाे हाे ।

अस्पताल परिसर मै भएकाे कार्यक्रममा वि.एस.सी. पन्ध्रौं बैचका विद्यार्थीहरुले जनचेतना मुलक नाटक प्रस्तुत गरेकाे नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए । प्रस्तुत नाटक पश्चात मेडिसिन वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक ईशरत जहाँ अन्सारी, एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, प्रधानाध्यापक डा.के. एन. सिंह, सह प्राध्यापक रविशंकर गुप्ता, नर्सिंग प्रशासन प्रमुख आताउल रहमान अंसारी, कलेजका प्रशासन प्रमुख गौसुल आजम लगायतकाकाे उपस्थिति रहेको थियो ।

समाजवादी प्रेस संगठन पर्साकाे बैठक सम्पन्न, स्मृति सभा गर्ने निर्णय

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे दाेस्राे बैठक बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफकाे दाेस्राे स्मृति सभा गर्ने निर्णय गरेकाे छ । 

बैठकले स्व. सर्राफकाे निधन भएकै दिन मंसिर १५ गते वीरगंजमा दाेस्राे स्मृति सभा गर्ने निर्णय गरेकाे संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्माले जानकारी दिए । साेही सभामा संगठनले यस अघि नै स्थापना गरेकाे स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार समेत वितरण गर्ने निर्णय गरेकाे उनले वताए । यस बर्षदेखि वितरण गरिने पुरस्कारकाे राशी रु २१ हजार रहेकाे छ । 

साथै बैठकले पत्रकारिता पुरस्कार वितरणकाे लागि व्यक्ति छनाैट गर्न तीन सदस्यीय समिति समेत गठन गरेकाे छ । जुन समितिकाे सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।

वीरगंजस्थित नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य रामचन्द्र साह, बालगाेपाल थापा, मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल लगायतकाे बिशेष उपस्थिती रहेकाे थियाे भने बैठककाे सहजिकरण संगठन पर्साका सचिव विनाेद पटेलले गरेका थिए ।   

३८ बर्षकाे उमेरमा पत्रकार सर्राफकाे २०७९ मंसिर १५ गते हृदय घातका कारण अल्पायु मै निधन भएकाे थियाे । उनी सगरमाथा टेलिभिजनका पर्सा संवाददाता एवं राष्ट्रि सहारा दैनिकका सह सम्पादककाे रुपमा कार्यरत थिए भने नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य पनि थिए ।  

पर्सामा खेतियोग्य जमिन कम हुँदै, उद्याेगीले खरिद गरेका केही जमिन बाझै

ओमप्रकाश चाैधरी/
सेढवा । बिगत केही बर्षदेखि पर्सा जिल्लामा खेतियोग्य जमिन कम हुँदै गइरहेका छन । खेतीयोग्य जमिनहरु अन्य कार्यको लागि प्रयोग हुन थालेपछि खद्यान्न उत्पादन गरिने जग्गा कम हुँदै गएका हुन ।

जिल्लाका ग्रामीण भेगमा हुलाकी राजमार्ग, जनता सडक, गण्डक सडक तथा बीरगंज-पोखरिया-भिस्वा सडकको निर्माण कार्यसँगै यस क्षेत्रका खेतीयोग्य जमिन मासिन थालेका छन । खेतीयोग्य जमिनमा देशका धनाढ्य तथा उद्योगपतिहरुले बिभिन्न किसिम्मका उद्योग, कलकरखाना, कुखुरापलन, गाईभैसी पालन तथा प्लटिङ्ग गर्न थालेपछि खेतीयोग्य जमिन मासिन थालेका छन ।

यी सडकखण्डहरुको आसपासमा रहेका खेतीयोग्य जमिन खरिद गरी अहिले बाझै राखेका छन । पटेर्वासुगौली गाउँपालिका वडा नं ५ मा रहेका हुलाकी राजमार्गसंगै रहेका मनिहर्वा र निचुटाको बीचमा खरिद गरिएका करिब २५ बिघा जमिन अहिले बाझै रहेका छन ।

त्यस्तै जिराभवानी गाउँपालिका वडा नं. ४ मा चिनी कारखानाका लागि ३५ बिघा जमिन खरिद गरिएको स्थानियले जनाएका छन । साथै जिराभवानी गाउँपालिका वडा नं. २ मा बिद्युत उत्पादनका लागि करिब दश बिघा खेतीयोग्य जमिनमा सोलार प्लान्ट स्थापना भइरहेका छन ।

खासगरी हुलाकी राजमार्गमा पर्ने जग्गा उद्योग संचालनका लागि सयौं बिघा खेतीयोग्य जमिन खरिद गरिएका स्थानियले जनाएका छन । कतिपय जग्गामा उद्योग पनि संचालन भइसकेका छन । त्यस्तै ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिका र बीरगंज महानगरपालिकाको खेतीयोग्य जमिनमा पोल्ट्री फार्महरु संचालनमा आएका छन ।

त्यस्तै कतिपय स्थानमा घर बनाउन प्लटिङ्ग तथा खेतीलाई बिस्तापित गरी बगैचा तथा मत्स्य पालनका लागि पोखरी निर्माण गरिएका छन । कृषि ज्ञान केन्द्र पर्साको तथ्याङ्ग अनुसार पर्सामा ५४ हजार ७ सय ३२ हेक्टर जमिन खेतियोग्य रहेका केन्द्रका सूचना अधिकारी उमेश थापाले बताए ।

जसमध्ये आर्थिक बर्ष २०७९/८० सालमा ४७ हजार १ सय ३० हेक्टर जमिनमा खेती भइरहेको र बाकी जमिनमा बगैचा तथा पुराना पोखरी र जलाश्य रहेका केन्द्रका सूचना अधिकारी थापाले बताए ।

अहिले प्लटिङ्ग, उद्योग संचालन र थप नया पोखरी निर्माण गर्ने तथा पोखरी निर्माण लगायतका क्रियाकलापका कारण हजारौ बिघा खेतीयोग्य जमिन मासिएको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहाले जानकारी दिए । दिन प्रति दिन जनसंख्या बृद्धि भइरहेको र खेतीयोग्य जमिन कम हुँदै गएका कारण भबिष्यमा खद्यान्न संकट हुने प्रमुख कुशवाहाले बताए ।

हाल पनि पर्सा जिल्लामा आवश्यकता अनुसार उत्पादन नभएका, जसका कारण भारतीय बजारबाट खद्यान्न आपूर्ति भइरहेको प्रमुख कुशवाहाले बताए ।

कृषिबाट खद्यान्न आपूर्ति गर्न जग्गामा बार्षिक तीन/चार बाली लगाई खद्यान्न उत्पादन गर्ने तथा उत्पादन बढाउन उन्नत जात (हाई ब्रिड) जातका बिऊबीजन प्रयोग गर्न आवश्यक रहेका प्रमुख कुशवाहाले बताए । यसकालाई बीऊबीजन, रासायनिक, सिचाई लगायतका आधारभूत आवश्यकता सरकारले पूरा गर्न जरुरी रहेका प्रमुख कुशवाहाले बताए ।

गादीमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साका पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मा गादीमा मंगलबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

तिलगंगा सामुदायिक आँखा अस्पताल केन्द्र निचुटाकाे आयोजनामा भएकाे शिविरमा २५४ जनाले आँखा परिक्षण गराएका हुन् । जस मध्ये ५१ जनामा मोतियाविन्दु फेला परेकाे आयोजक तिलगंगा सामुदायिक आँखा अस्पताल केन्द्रले जनाएकाे छ । 

शिविरमा मोतियाविन्दु फेला परेकाहरु काे यही ७ गते तिलगंगा सामुदायिक आँखा अस्पताल केन्द्र निचुटामा नि:शुल्क शल्यक्रिया पनि गरिने वडाध्यक्ष गैरेले वताए ।

वडाध्यक्ष गरेकाे अध्यक्षतामा भएकाे शिविरमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, वडा सदस्यहरु, स्वास्थ्य शाखा संयोजक, स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

दुर्गा प्रसाईँ घरबाटै पक्राउ, साइबर क्राइममा मुद्दा चलाइने

काठमाडौँ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ । 

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । निजलाई उनको  भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।

‘पक्राउ गरेर पहिला सीआईबीमा ल्याइँदैछ,’, उनले भने, ‘यहीँको हिरासतमा राखेर कारबाही अगाडि बढ्छ ।’ उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने उनले बताए ।

‘उहाँले सम्माननीय प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छर्नुभएको छ’, बोगटीले भने, ‘त्यस कसुरमा आकर्षित हुने दफाबमोजिम मुद्दा अगाडि बढ्छ ।’

जगरनाथपुरकाे बिजबनियामा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ बिजबनियामा साेमबार नि:शुल्क आँखा शिविर  सम्पन्न भएकाे छ । तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाकाे प्राविधिक सहयाेग र बिजबनिया बर्थिङ सेन्टरकाे आयाेजनामा शिविर सम्पन्न भएकाे हाे ।

विजबनिया स्वास्थ्य चाैकीमा भएकाे शिविरमा २५६ जनाले आँखा परिक्षण गराएकाे जगरनाथपुर गाउँपालिका अध्यक्षका स्वकिय सचिव मंजय गिरीले जानकारी दिए । जस मध्ये ४४ जनामा माेतियाविन्दु फेला परेकाे उनले जानकारी गराए ।

शिविरमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष दिनेश चाैधरी, उपाध्यक्ष ममता महताे, वडाध्यक्ष विजय गैरे, सुभाष यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव चाैहान, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का काेषाध्यक्ष विनय द्विवेदी लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

यसैगरी मंसिर ४ गते मंगलबार पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं. २ स्थित गादी स्वास्थ्य चाैकीमा र मंसिर ५ गते बुधबार सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ३ स्थित काैवाबन कटैया स्वास्थ्य चाैकीमा निशुल्क आखाँ शिविर हुने जनाइएकाे छ । 

पर्सामा नेपाल विद्यालय खेलकुद महासंघ गठन

वीरगंज । पर्सामा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन भएकाे छ । वीरगंजमा आइतबार सम्पन्न एक भेलाले आलोक कुमार चौरसियाको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महा संघ पर्साको जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवगठित महासंघ पर्साको उपाध्यक्षमा दिपक साह, राहुल श्रीवास्तव, सचिवमा अमित आलोक र कोषाध्यक्षमा विजय कुमार बल चयन भएका छन् । यस्तै महासंघकाे सदस्यहरु मनिषा सुनुवार श्रेष्ठ, उत्तम गुप्ता, राम दरेस साह, लालबहादुर गुरुंग, विमला गुप्ता, हिमांशु पाख्रिन, राम नरेश यादव र पृथ्वी आलोक चयन भएका छन् ।

महासंघले पर्साका विद्यालयहरुमा खेलकुदका गतिविधीलाई अझ सकृय र व्यवस्थित बनाउँदै विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीहरु उत्पादनका लागि समितिले काम गर्ने नवगठित महासंघका काेषाध्यक्ष विजय बालले जानकारी दिए ।

पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूणर् रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने पाण्डेले बताउनुभयो । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूणर् रुपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारी साधनहरूले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत सकिएको छ । रासस

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

वीरगंज । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनु भएको छ । शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।

२५ सदस्यीय कार्य समितिको सदस्यहरुमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपाने लगायत चयन हुनु भएको छ ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन ईन्चार्ज प्रभुराम थापा, विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा महिला बिभाग सदस्य कुन्ती थापा, बिभाग उपप्रमुख जानकी कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो उद्धघाटन कार्यक्रममा एनआरएनए आईसीसीका सह कोषाध्यक्ष अभिमन्यु बस्नेत, प्रवासी नेपाली मञ्च क्यानडाका सल्लाहकार संयोजक तथा पुर्व अध्यक्ष रमेश थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डे, जीपी फाउन्डेसनका अध्यक्ष केपी निरौला, एनबीडीएका अध्यक्ष सुरेश गौतम, समाजसेवी सीता संग्रौला, एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठ, महासचिव चन्दा अधिकारी, एनसीएनसीका अध्यक्ष दिनेश खतिवडा, एनसीसीएसका चेयर पर्सन डा. थमनाथ अधिकारी, नेपाल हाउसका अध्यक्ष भुमीराज घिमिरे, पीएनसीसीका चेयर पर्सन केदार बस्नेत, एनसीएचसीका अध्यक्ष लिला भण्डारी, टीएनएससीका अध्यक्ष रबिन्द्र लम्साल, एनपीआरसीका अध्यक्ष नेत्र भट्टराई, व्यावसायी डा.पुणर् कंडेल, चितवन सोसाइटीका हरी भुसाल, एनआरएनए क्यानडाका पुर्व अध्यक्ष तथा रेडियो संचालक अनिल थापा, नेपाली जनसम्पर्क समितिका सुरेश रजौरे, लाली गुराँस स्पोर्ट्स क्लबका अध्यक्ष क्रीजल केसी लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

अधिवेशनमा भौगोलिक विविधताका कारण भौतिक रुपमा उपस्थिति हुन नसकेका सदस्यहरुलाई जुम मार्फत उपस्थितिको व्यवस्था गरिएको थियो । जसमा ब्रिटिश कोलम्बियाबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति नेपाली लगानी प्रवर्द्धन विभाग सदस्य तथा एनआरएनए आईसिसि सदस्य भुवन खरेल, राजु भट्टराई, अल्वर्टाबाट सन्दिप पौडेल, अरबिन पोखरेल, रिंकु वाग्ले लगायतको उपस्थिति रहेको थियो । प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष बिश्वम्भर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेदनिधि गौतमले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।