Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

मधेशको पानी संकट समाधानमा विज्ञहरूसँग मन्त्री यादवको छलफल

जलवायु परिवर्तन, भू–जल अभाव र चुरे दोहनको वैज्ञानिक विश्लेषण, अध्ययन टोली गठनको तयारी

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेशका जिल्लामा दिनप्रतिदिन जटिल बन्दै गएको खानेपानी संकटको तत्काल र दीर्घकालीन समाधानका लागि जलविज्ञहरूसँग बृहत छलफल गर्नुभएको छ।

खानेपानी मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरूको सहभागीता रहेको थियो। छलफलको उद्देश्य जलवायु परिवर्तन, भू–जलको गिरावट, चुरे दोहन, अव्यवस्थित शहरीकरण तथा जलस्रोतको खस्कँदो अवस्थाका कारण सिर्जिएको तराई–मधेशको पानी संकटलाई वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु रहेको मन्त्री यादवले जानकारी दिनुभयो।

मन्त्री यादवले भन्नुभयो, “वीरगञ्ज सहित मधेशका जिल्लामा पानीको संकट दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। यसको दिगो समाधानका लागि विज्ञहरूसँगको गहिरो छलफल अत्यन्त आवश्यक भएकोले आज मन्त्रालयमै छलफल गरेका छौं।”

छलफलमा भू–जल पुनर्भरण, वर्षा पानी संकलन, हरित क्षेत्रको विस्तार, वैकल्पिक स्रोतको पहिचान र पानीको मितव्ययी प्रयोगमा प्रविधिको भूमिका लगायतका विषयहरूमा विस्तृत विचार–विमर्श भएको थियो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण उत्पन्न संकटलाई सम्बोधन गर्न बहु–आयामिक उपायहरू आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले चुरे क्षेत्रको दोहन, भू–जलको अत्यधिक दोहन, र जनसंख्या चापले तराई क्षेत्रमा थप दबाव सिर्जना भएको बताए।

छलफलमा सहभागी विज्ञहरूसँग एक अध्ययन टोली गठन गर्ने सहमति समेत जुटेको छ। योजना महाशाखा प्रमुख तथा सहसचिव ई. कमलराज श्रेष्ठका अनुसार सो टोलीले मधेशका जिल्लाहरूमा भू–जल संरचना, जल स्रोतको उपलब्धता, प्रदूषणको अवस्था र सम्भाव्य समाधानहरूबारे विस्तृत अध्ययन गर्नेछ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, मीना श्रेष्ठ, आयोजना प्रमुख सुरत बम, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजन निर्देशनालय प्रमुख लक्ष्मिप्रसाद उपाध्याय, भ्यालीबोर्ड प्रमुख सञ्जिवीक्रम राणा, तथा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञ भोला घिमिरे, देबीप्रसाद भट्टराई, प्रतापसिंह ताडब लगायतको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...