Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मधेशको पानी संकट समाधानमा विज्ञहरूसँग मन्त्री यादवको छलफल

जलवायु परिवर्तन, भू–जल अभाव र चुरे दोहनको वैज्ञानिक विश्लेषण, अध्ययन टोली गठनको तयारी

spot_img
spot_img

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेशका जिल्लामा दिनप्रतिदिन जटिल बन्दै गएको खानेपानी संकटको तत्काल र दीर्घकालीन समाधानका लागि जलविज्ञहरूसँग बृहत छलफल गर्नुभएको छ।

खानेपानी मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरूको सहभागीता रहेको थियो। छलफलको उद्देश्य जलवायु परिवर्तन, भू–जलको गिरावट, चुरे दोहन, अव्यवस्थित शहरीकरण तथा जलस्रोतको खस्कँदो अवस्थाका कारण सिर्जिएको तराई–मधेशको पानी संकटलाई वैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु रहेको मन्त्री यादवले जानकारी दिनुभयो।

मन्त्री यादवले भन्नुभयो, “वीरगञ्ज सहित मधेशका जिल्लामा पानीको संकट दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। यसको दिगो समाधानका लागि विज्ञहरूसँगको गहिरो छलफल अत्यन्त आवश्यक भएकोले आज मन्त्रालयमै छलफल गरेका छौं।”

छलफलमा भू–जल पुनर्भरण, वर्षा पानी संकलन, हरित क्षेत्रको विस्तार, वैकल्पिक स्रोतको पहिचान र पानीको मितव्ययी प्रयोगमा प्रविधिको भूमिका लगायतका विषयहरूमा विस्तृत विचार–विमर्श भएको थियो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण उत्पन्न संकटलाई सम्बोधन गर्न बहु–आयामिक उपायहरू आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले चुरे क्षेत्रको दोहन, भू–जलको अत्यधिक दोहन, र जनसंख्या चापले तराई क्षेत्रमा थप दबाव सिर्जना भएको बताए।

छलफलमा सहभागी विज्ञहरूसँग एक अध्ययन टोली गठन गर्ने सहमति समेत जुटेको छ। योजना महाशाखा प्रमुख तथा सहसचिव ई. कमलराज श्रेष्ठका अनुसार सो टोलीले मधेशका जिल्लाहरूमा भू–जल संरचना, जल स्रोतको उपलब्धता, प्रदूषणको अवस्था र सम्भाव्य समाधानहरूबारे विस्तृत अध्ययन गर्नेछ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, मीना श्रेष्ठ, आयोजना प्रमुख सुरत बम, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजन निर्देशनालय प्रमुख लक्ष्मिप्रसाद उपाध्याय, भ्यालीबोर्ड प्रमुख सञ्जिवीक्रम राणा, तथा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञ भोला घिमिरे, देबीप्रसाद भट्टराई, प्रतापसिंह ताडब लगायतको उपस्थिति थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...