Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

वरिष्ठ सई सागर ‘पुलिस अफ दि मन्थ’ घोषित

spot_img
spot_img

वीरगंज  । प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत जबराले गम्भीर प्रकृतिका विभिन्न घटनाहरूको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गर्दै प्रहरी सङ्गठनको छविमा सकारात्मक प्रभाव पारेको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।

धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, चैत १७ गते लक्ष्मिनिया गाउँपालिका–५ मा श्रीमतीको हत्या गरी शव गाडेको घटनामा संलग्न हरिराम यादवको गिरफ्तारीमा सागरको विशेष भूमिका रहेको थियो।

त्यस्तै, असार १८ गते जनकपुरमा भएको चक्कु प्रहार घटनापछि फरार रहेका बेचन महासेठलाई खजुरी रेल्वे स्टेशनबाट पक्राउ गर्न सागरले महत्वपूर्ण योगदान दिएका थिए।

विद्युतीय अपराध, ठगी, आपराधिक लाभ लगायतका अभियोगमा फरार रहेका अभियुक्त हनिफ नदाफको गिरफ्तारीमा समेत उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

एसपी रेग्मीले सागर शमशेरको व्यावसायिक दक्षता, इमानदारी र जिम्मेवारीप्रतिको निष्ठा प्रहरी संगठनका लागि प्रेरणादायी रहेको बताए। उनले भने, “उनको कार्यले समाजमा प्रहरीप्रतिको विश्वास बढेको छ र सकारात्मक सन्देश प्रवाह भएको छ।”

धनुषा प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई हरेक महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषणामार्फत सम्मान गर्ने परम्परा अघि बढाएको छ। यसबाट प्रहरी संगठनभित्र प्रेरणा तथा कार्यक्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...