Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईमा रास्वपाको हस्ताक्षर अभियान सुरु, रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोध

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधने काम भएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकामा पनि हस्ताक्षर अभियान सुरु गरेको छ ।

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको नेतृत्वमा छिपहरमाई गाउँपालिकाको वडा नं. १ मिर्जापुरबाट हस्ताक्षर अभियान सुरु भएको हो । क्षेत्रीय सभापति मिश्राले उक्त हस्ताक्षर अभियान छिपहरमाई गाउँपालिकाका सबै वडाहरूमा चरणबद्ध रूपमा विस्तार गरिने जानकारी दिए ।

उनले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोधको विरोधमा जनमत सङ्कलन गर्न हस्ताक्षर अभियान संचालन गरिएको वताए । साथै सभापति लामिछानेविरुद्ध भइरहेको अन्याय र पूर्वाग्रही ठहर गर्दै त्यसविरुद्ध जनसमर्थन जुटाउनेपनि हस्ताक्षर अभियानको उद्देश्य रहेको क्षेत्रीय सभापती मिश्राले वताए ।

यो अभियान रास्वपाको केवल विरोध कार्यक्रम मात्र नभई दीर्घकालीन संगठन विस्तार र जनसम्पर्क सुदृढीकरणको रणनीतिक पहल पनि रहेको छ ।

हस्ताक्षर संकलन कार्यक्रम छिपहरमाई उँपालिका सभापति उमेश यादवसहित स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि नियोजित रूपमा राजनीतिक पूर्वाग्रहका आधारमा आक्रमण भइरहेको भन्दै यसको प्रतिवादस्वरूप जनसमर्थन सङ्कलन अभियान सुरु गरिएको बताए।

पार्टीका स्थानीय नेताहरूले राजनीतिक पूर्वाग्रहका आधारमा लामिछानेमाथि गरिएको दमनप्रति आक्रोश व्यक्त गर्दै नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि रास्वपा सधैं जनतासँगै रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...