Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नारायणी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अब रेफरपछि मात्र

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा अबदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा सिधै प्राप्त गर्न नसकिने भएको छ । स्वास्थ्य बीमा बोर्डको हालैको निर्णयअनुसार २०७९ सालदेखि प्रथम सेवा बिन्दुका रूपमा बीमा सेवा दिँदै आएको नारायणी अस्पताललाई २०८२ साउन १ गतेदेखि उक्त सूचीबाट हटाइएको हो ।

अबदेखि बीमित सेवाग्राहीहरूले आफ्नो प्रथम सेवा बिन्दु कायम भएको स्वास्थ्य संस्थाबाट रेफर लिई आएपछि मात्र नारायणी अस्पतालबाट बीमाको सेवा प्राप्त गर्न सक्ने छन् । अस्पताल प्रशासनले एक सूचना प्रकाशित गर्दै बीमितहरूलाई यसबारे स्पष्ट जानकारी गराएको छ ।

यस परिवर्तनका बाबजुद, अस्पताल प्रशासनले पुनः नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुमा कायम गरिदिन स्वास्थ्य बीमा बोर्डमा पहल गरिरहेको जनाएको छ ।

नारायणी अस्पताल वीरगंज मधेश प्रदेशको प्रमुख सरकारी स्वास्थ्य सेवा प्रदायक संस्था हो, जहाँ दैनिक सयौं बिरामीले सेवा लिँदै आएका छन् । बीमा सेवा स्थगनसँगै धेरै बीमितहरू अन्यौलमा परेका छन् ।

अस्पताल प्रशासनले बीमित सेवाग्राहीहरूलाई असुविधा नहोस् भन्ने उद्देश्यले समयमै जानकारी लिएर मात्र अस्पतालमा आउने आग्रहसमेत गरेको छ ।

स्वास्थ्य बीमा बोर्डमा प्रथम सेवा पाउनकाे लागि पर्साकाे ग्रामिण भेगमा रहेका चार वटा सेवा प्रदायकमा जानु पर्ने छ । प्रथम सेवाकाे लागि वीरगंज महानगरपालिकाकाे बगाही प्राथमिक स्वास्थ्य केन्द्र, धाेबिनी गाउँपालिकाकाे मिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र, पर्सागढी नगरपालिकाकाे बागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र र पाेखरिया नगरपालिकामा रहेकाे पोखरिया अस्पताल जानु पर्ने छ ।

यी स्वास्थ्य सेवा प्रदायक संस्थाले रेफर गरेपछि मात्र नारायणी अस्पतालले स्वास्थ्य बिमाकाे सुविधा उपलब्ध गराउने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन,...

नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

काठमाडौँ । अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग ९एनभीएल० को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष...

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ । दक्षिण एसिया वन्यजन्तु कानुन...