Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

एकीकृत समाजवादीकाे वीरगंज महानगर अधिवेशन भदाै ७ मा गर्ने निर्णय

अधिवेशन तयारीकाे लागि विभिन्न उपसमितिहरू गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगरपालिकाको अधिवेशन यही भादाे ७ गते हुने भएको छ । पार्टी महानगर कमिटीको बुधबार वीरगंजकाे मुर्ली बगैचामा बसेकाे बैठकले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रिय सदस्य एवं वीरगंज महानगर अध्यक्ष मनाेच चाैधरीकाे अध्यक्षतामा बसेकाे बैठकले अधिवेशन सफल बनाउन अध्यक्ष चौधरीकै संयोजकत्वमा २१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेकाे छ । साथै, आर्थिक व्यवस्थापन, प्रतिवेदन लेखन, प्रचार–प्रसार तथा परिचालनका लागि छुट्टाछुट्टै उपसमितिहरू गठन गरिएको छ ।

आर्थिक व्यवस्थापन समितिको संयोजकमा मनोज चौधरी रहेका छन् भने सदस्यमा वृजलाल पासवान र मंजुर आलम रहेका छन् । प्रतिवेदन लेखनको जिम्मेवारी मंजुर आलम र वृजलाल पासवानलाई दिइएको छ । प्रचार प्रसार तथा परिचालन समितिमा मनोज पटेल र शम्भु कुमार सुमन रहेका छन् ।

बैठकमा पार्टीका केन्द्रीय लेखा आयोग सदस्य किशोरी कुशवाहा, पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, जिल्ला उपाध्यक्ष बिक्रम चौरसिया, नेता रमेश पटेल लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहने पार्टीका पर्सा जिल्ला अध्यक्ष थापाले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...