Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

एकीकृत समाजवादीकाे वीरगंज महानगर अधिवेशन भदाै ७ मा गर्ने निर्णय

अधिवेशन तयारीकाे लागि विभिन्न उपसमितिहरू गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगरपालिकाको अधिवेशन यही भादाे ७ गते हुने भएको छ । पार्टी महानगर कमिटीको बुधबार वीरगंजकाे मुर्ली बगैचामा बसेकाे बैठकले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रिय सदस्य एवं वीरगंज महानगर अध्यक्ष मनाेच चाैधरीकाे अध्यक्षतामा बसेकाे बैठकले अधिवेशन सफल बनाउन अध्यक्ष चौधरीकै संयोजकत्वमा २१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेकाे छ । साथै, आर्थिक व्यवस्थापन, प्रतिवेदन लेखन, प्रचार–प्रसार तथा परिचालनका लागि छुट्टाछुट्टै उपसमितिहरू गठन गरिएको छ ।

आर्थिक व्यवस्थापन समितिको संयोजकमा मनोज चौधरी रहेका छन् भने सदस्यमा वृजलाल पासवान र मंजुर आलम रहेका छन् । प्रतिवेदन लेखनको जिम्मेवारी मंजुर आलम र वृजलाल पासवानलाई दिइएको छ । प्रचार प्रसार तथा परिचालन समितिमा मनोज पटेल र शम्भु कुमार सुमन रहेका छन् ।

बैठकमा पार्टीका केन्द्रीय लेखा आयोग सदस्य किशोरी कुशवाहा, पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, जिल्ला उपाध्यक्ष बिक्रम चौरसिया, नेता रमेश पटेल लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहने पार्टीका पर्सा जिल्ला अध्यक्ष थापाले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...