Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मन्त्री यादवको नेतृत्वमा एक बर्षमा खानेपानीमा उल्लेखनीय उपलब्धि

spot_img
spot_img

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा बितेको एक वर्षमा खानेपानी तथा सरसफाई क्षेत्रले ऐतिहासिक फड्को मारेको छ । मन्त्रालयले बुधबार एक कार्यक्रममार्फत नीति, पूर्वाधार र कूटनीतिका क्षेत्रमा हासिल उपलब्धिहरू सार्वजनिक गरेको हो ।

गत वर्ष असार ३१ मा जिम्मेवारी सम्हालेका मन्त्री यादवको नेतृत्वमा मेलम्ची आयोजनाअन्तर्गत रिवर्मा खोलाबाट पानी पथान्तरण सफलतापूर्वक सम्पन्न भई काठमाडौँ उपत्यकामा वर्षभर खानेपानी आपूर्ति सुरु भएको छ। साथै, देशभर ८६ वटा खानेपानी आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ भने पूँजीगत खर्च ८६% पुगेको छ ।

जलवायु परिवर्तनका कारण प्रभावित तराई-मधेशका २५० भन्दा बढी स्थानमा डिप बोरिङ जडान गरिएको छ । वीरगञ्जको दीर्घकालीन समस्या समाधानका लागि ४ अर्ब ५० करोड लागतको योजना कार्यान्वयनमा छ।

नीतिगत रूपमा जनसहभागिता शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएको छ भने, १५ वटा स्थायी कार्यालय स्थापना गरी सेवाप्रवाहलाई संस्थागत गरिएको छ।

भारत सरकार र इसिमोडसँग द्विपक्षीय सहकार्य, तथा संयुक्त राष्ट्रसंघीय कार्यक्रममार्फत नेपालको दीर्घकालीन प्रतिबद्धता प्रस्तुतजस्ता कूटनीतिक सफलतासमेत मन्त्रालयले हासिल गरेको छ।

मन्त्री यादवले भने, “अबको ध्यान दिगो सेवा र दीर्घकालीन पूर्वाधार विकासमा केन्द्रित हुनेछ।” उनका अनुसार मन्त्रालयले सेवा गुणस्तर सुधारसँगै मुलुकभर एकीकृत र प्रभावकारी खानेपानी प्रणाली निर्माणमा प्राथमिकता दिँदै अगाडि बढ्नेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...