Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सामा छवटा कम्युनिस्ट पार्टीहरुको बैठक सम्पन्न, बृहत् मोर्चाबन्दीको तयारी

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ स्थित श्रीपुरमा आज छवटा कम्युनिस्ट पार्टीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले जिल्लामा कम्युनिस्ट शक्तिको बृहत् विकास, साझा धारणाको निर्माण र आगामी दिनमा मोर्चाबन्दीको सम्भावनालाई लिएर गम्भीर छलफल गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अगुवाइमा सम्पन्न उक्त बैठकमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रामदरश कुशवाहा, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, नेपाल मजदुर किसान पार्टीका सरोज साह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका फिरोज सिकोको उपस्थिति रहेको थियो ।

बैठकमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिवेशबारे समिक्षा गर्दै साझा धारणा बनाउने र एकअर्काबीच सहकार्यलाई मजबुत बनाउँदै लैजाने सहमति जुटेको छ ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष थापाका अनुसार विभिन्न विचारधारात्मक विविधताबीच पनि साझा एजेन्डामा सहकार्य गर्दै अघि बढ्न सकिने ठहर बैठकले गरेको छ । आगामी आइतबार पुनः बैठक बस्ने र थप कार्यदिशाबारे निर्णय लिइने जानकारी अध्यक्ष थापाले दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...