Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मधेसको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि जनकपुरमा उच्चस्तरीय छलफल

spot_img
spot_img

जनकपुरधाम । संघीय खानेपानी मन्त्री प्रदीप यादव र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहबीच तराई–मधेस क्षेत्रमा दिनानुदिन गम्भीर बन्दै गएको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि आज जनकपुरधाममा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

मधेस प्रदेश सरकारका उर्जा, सिंचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव सहित सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त छलफलमा जलवायु परिवर्तनका कारण बढ्दो सुक्खा र त्यसबाट उत्पन्न भएको खानेपानी अभावको गम्भीर मूल्याङ्कन गरिएको थियो।

संघीय खानेपानीमन्त्री यादवले सुक्खा समस्या र खानेपानीको संकट झन् जटिल बन्दै गएको उल्लेख गर्दै समस्या समाधानमा आफ्नो व्यक्तिगत र मन्त्रालयको संस्थागत संलग्नता पूर्ण रूपमा सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले सबै तह र तप्काबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा पानीको समस्या गहिरिँदै गएको जनाउँदै प्रदेश सरकार नागरिकको समस्यालाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनुभयो। साथै, उहाँले वातावरणीय असन्तुलनको प्रभावबाट सिर्जित संकटको घडीमा दातृ निकायहरूलाई खुला हृदयले सहयोग गर्न आह्वान गर्नुभयो।

छलफलमा संघीय खानेपानी मन्त्रालयकी सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, संघीय कार्यालय जनकपुरका प्रमुख जगरनाथ दास लगायत विज्ञ तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...