Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

कल्याणपुर नगर प्रमुख एक लाख घुससहित पक्राउ

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहलाई रु. एक लाख घुससहित रंगेहात पक्राउ गरेको छ।

आयोगका अनुसार वडा नं. ६ मा निर्माण सम्पन्न भएको नाला योजनाको भुक्तानी प्रक्रियामा नगर प्रमुख साहले बिचौलिया मार्फत सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीको आधारमा आयोगको बर्दिवास कार्यालयबाट टोली खटिएको थियो। टोलीले नगर प्रमुख साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

घटना स्थलमै पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

अख्तियारले यस प्रकारका भ्रष्टाचारविरुद्धको कारबाही निरन्तर जारी राख्ने बताउँदै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले नियमविपरीत सेवा मागेमा तत्काल उजुरी गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...