Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026
Home Blog Page 267

सेंढवाको मुसहर बस्तीका दलितलाई चिसोका कारण समस्या

ओमप्रकाश चाैधरी/
सेढवा । शुक्रवार भगवनीया देवी मुस्हेरिन खाना खाएर काम्दै जिल्लाको दक्षिणी भेगतिर छिटो छिटो हिड्दै गइरहेकी थिइन । उनको काखमा प्लास्टिकको बोरामा केही भाडा बर्तन थियो । हुशु लागेको र चिसो पश्चिमी हावा चलेकाले एउटा साल ओढेकी थिईन । उनी हरेक दिन जस्तै शुक्रवार पनि माछा मार्न जादै थिइन ।

उनी माछा मारी बिक्री गरी जिवीका चलाउने गर्छिन । जाडो या गर्मी जस्तो मौषम भएपनि माछा मार्नै पर्छ नभए उनी तथा घरका अन्य सदस्य भोकै बस्नु पर्छ भगवनीया देवी मुस्हेरिनले बताउँछिन । माछा मारी समयमा बजारमा ल्याउन नसके वा माछा बिक्री नभए पनि समस्या हुने मुस्हेरिनले बताउँछिन । यो मुस्हेरिनको समस्या मात्र नभइ जिराभवानी गाँउपालिका वडा नं २ सेढवाका मुसहर बस्तीका अधिकांश परिवारको समस्या त्यस्तै रहेका छन ।

मुस्हर बस्तीका करिब असी परिवारमध्ये ७५ परिवारले माछा मारी बिक्री गरेर आएका पैसाबाट छाक टार्ने गर्दछन । तर अहिले बढेका अत्यधिक जाडो तथा चलेको चिसो हावाका कारण उनीहरुको पेशा कष्टकर बनेका छन । उनीहरुले ग्रामिण क्षेत्रमा रहेका खोला, नदि, जलाशयबाट माछा मारी नजिकको बजारमा बिक्री गर्छन ।

उनीहरुले भारतको इनरवा, नेपालको जानकीटोला, पिडारीगुठी, परसवा, सेढवा, नौकाटोला, सुपौली, सखुवनिया बजारमा मारेको माछा थालमा राखी बिक्री गर्ने गरेका भगवनीया देवी मुस्हेरिनले बताईन । एक त हामीसंग जाडो खेप्ने न्यानो लुगा छैन अर्को यस्तो कठाङग्रोलो जाडोमा पनि पानीमा माछा मार्नु परेको मुस्हेरिनले दुखेसो पोखिन ।

घरमा आगो तापेर बस्दा बिहान बेलुकाको खाना पाउँदैन मुस्हेरिनले बताईन । अहिले पानीमा पस्दा हाथ खुट्टा नै काटिएको जस्तो लाग्छ, मुस्हेरिनले बताईन।

सोही टोलका झोहर माझीले बिहानै खाना खाएर १०/१५ किलोमीटर दक्षिणमा रहेका जलाशयमा माछा मार्न जाने दैनिकी रहेको बताए । माछा मार्न जादा आवश्यक सामग्री कोदालो, अन्य भाडा बर्तन लागयतका सामान लिएर जाने गरेका माझीले बताए । धोबिनी, छिपहरमाई गाउँपालिका र भारतको सिक्टा, मैनाटाड क्षेत्रको नहरको छाडन(पानी जमेको ठाउँ) बाट माछा मारेर ल्याउने गरेको माझीले बताए ।

सो स्थानको पानी एकदमै चिसो भएकाले पराल बाली आगो ताप्दै माछा मार्ने गरेको माझीले बताए । जुन खोला या नदिको पानी जमिन मुनीको सतहबाट आउँछ, अलि न्यानो हुन्छ तर जमेका पानी एकदमै चिसो भएकाले ज्यान जोगाउन गाह्रो हुने माझीले बताए । साताको प्रत्येक दिन बजार भएको र समयमा पुग्न हतार हतार हुने गरेको माझीको भनाई रहेकाे छ ।

माछा भेटे अनुसार एक दिनमा एक सयदेखि पाच सय रुपैयासम्म कमाई हुने गरेको सोही टोलकी ठगिया देवी मुस्हेरिनले बताईन । बजारमा हाम्रो माछाको मांग रहेपनि कहिले काही बजारमा बिक्री नहुँदा गाउँमा घुमाएर चामलबाट पनि माछा साट्ने गर्ने गरेको मुस्हेरिनले बताईन ।

माछाको साथ साथै गंगटो, घोगी र अनही पनि ल्याउने गरेको र बिक्री गरेको मुस्हेरिनले बताईन । यसबाट आएका रकमले दाल चामल खद्यान्न, लता कपडा, औषधी उपचारको खर्च चलाउने गरेको उनीहरुको भनाई रहेकाे छ । अहिले ग्रामीण भेगमा खेतीपाती तथा अन्य क्षेत्रको काम नभएका कारण काम पाउन अवस्था नरहेका स्थानीय माथुर माझी मुस्हरले बताउँछन ।

मल बीऊ छर्ने , सिचाई गर्ने, धान काट्ने , गोलमेल लगाउतका कामहरु नभएकाले दैनिक ज्यालादारीका काम पनि नभएकाले अहिले समस्या भोग्नु परेको मुस्हरको भनाई रहेकाे छ ।

माछा मार्ने कार्यमा यस बस्तीका स साना बालबालिकाहरु समेतको सहभागिता रहेकाे हुन्छ । यस बस्तीका केही नागरिकहरुले परम्परागत सुगुर पालन, भैसीपालन, खेतीपाती गर्दछन । तर मुख्य पेशा माछा मार्ने नै रहेकाे छ । यहाँका बासिन्दाको कसैको आफ्नो निजी जग्गा छैन ।

आम विद्यार्थी मोर्चाले बिद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन संघर्ष गर्ने

वीरगंज । आम जनता पार्टी निकट आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटीको बैठक शनिबार काठमाडाैंमा सम्पन्न भएकाे छ । आम विद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहकाे अध्यक्षतामा बसेकाे बैठकले बिद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन संघर्ष गर्ने निर्णय गरेकाे छ ।

विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन तथा शिक्षा क्षेत्रका सिण्डिकेट, विभेद र ब्रह्मलुट विरुद्ध जारी संघर्षलाई थप व्यवस्थित एवं निर्णायक बनाउने निष्कर्ष सहित आम विद्यार्थी मोर्चाको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक सम्पन्न भएकाे आम विद्यार्थी मोर्चा केन्द्रिय इन्चार्ज उमेश कुशवाहाले जानकारी दिए ।

बैठककाे आजपाका अध्यक्ष प्रभु साहले उद्घाटन गरेका थिए । बैठककाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष साहले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको लागि आम विद्यार्थी माेर्चाले संघर्ष गर्नु पर्ने वताए ।

नेपाल सरकारको शिक्षा नियमावली अनुसार हिमाली क्षेत्रमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडी क्षेत्रमा ४५ विद्यार्थी बराबर १ शिक्षक र तराइ तथा उपत्यका क्षेत्रमा ५० विद्यार्थी बराबर १ शिक्षक हुनु पर्ने सरकारी प्रावधानको विपरित हिमालमा ४ विद्यार्थी बराबर १ शिक्षक, पहाडमा १८ विद्यार्थी बराबर १ शिक्षक र तराई मधेशमा ९५ विद्यार्थी बराबर १ शिक्षक दरवन्दि हुनु आफैमा विभेदकारी नीति भएकाे आम विद्यार्थी माेर्चाले जनाएकाे छ ।

आम विद्यार्थी माेर्चाकाे प्रतिवेदन अनुसार शिक्षा एनको तथ्याङ्क अनुसार १२.२ लाख विद्यार्थी संख्या रहेको वागमती प्रदेशमा जहाँ २५ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ६८६ शिक्षक उपलब्ध छ, त्यसैगरी ११.५ लाख विद्यार्थी संख्या रहेको कोशी प्रदेशमा २३ हजार शिक्षकको आवश्यकता रहेको ठाउँमा ३० हजार ३२१ शिक्षक उपलब्ध रहेको छ ।

तर सबभन्दा बढी १५ लाख विद्यार्थी संख्या रहेको मधेस प्रदेशमा जहाँ ३० हजार शिक्षकको आवश्यकता छ । त्यहाँ जम्मा १८ हजार ३०९ शिक्षक रहेको छ । भर्खरै सार्वजनिक भएको शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार देशमा कुल ७८ लाख विद्यार्थी र १ लाख ६० हजार २८६ शिक्षक संख्या रहेको छ । विद्यार्थी सड्यालाई शिक्षक संख्याले भाग गर्दा अहिले पनि देशमा प्रत्येक ४८ विद्यार्थीमा एक शिक्षक रहेको अवस्थामा मधेस प्रदेशमा किन १०० विद्यार्थीमा एक शिक्षक छन् ?

मधेसमा एउटा कक्षाकोठामा १०० जना वसेर पढेको कमजोर विद्यार्थी र पहाडमा २० जनाको कक्षाकोठामा पढेको होसियार विद्यार्थीलाई एउटै जाँच गरी जागिर दिने लोकसेवा कतिको जायज छ ? यस विभेदकारी र अनैतिक प्रावधानप्रति घोर निन्दा गरी हामीले निरन्तर आवाज उठाउदै आईरहेकाे आम विद्यार्थी माेर्चाले जनाएकाे छ ।

वीरगंजमा जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न, लाेसपा नेता झाले गरे प्रबेश

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साकाे शनिबार वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित नगर सभा गृहमा भएकाे कार्यक्रममा लाेकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)का केन्द्रीय उपाध्यक्ष एंव वीरगंजका पूर्व उपमेयर पुरुषाेत्तम लाल झा जसपामा प्रवेश गरेका हुन्।

जसपा पर्साका अध्यक्ष सिंगासन सा तेलीको अध्यक्षतामा भएको कार्यक्रममा लाेसपाका केन्द्रीय उपाध्यक्ष झासहित लाेसपाका केन्द्रीय सदस्य रेखा कर्ण, उद्योगपति भागमतलाल झा, थारु कल्याणकारिणी समाजका महासचिव विकास चाैधरीसहितका अन्य दलका सयाैं नेताकार्यकर्ता जसपामा प्रवेश गरे ।

कार्यक्रमका प्रमुख अतिथी जसपाका केन्द्रीय अध्यक्ष अशाेक राई, बिशिष्ट अतिथी जसपाका उपमहासचिव तथा खानेपानीमन्त्री प्रदीप यादव, वीरगंज महानगरका मेयर राजेशमान सिंह लगायतले झा लगायतका नव प्रबेशीहरुलाई अबीरकाे टीका लगाएर पार्टीमा स्वागत गरे ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै जसपाका राष्ट्रिय अध्यक्ष अशोक राईले जसपा देशकै नम्बर १ पार्टीका रुपमा स्थापित हुने दाबी गरे । उनले भने,‘ यो पार्टीप्रति पर्सा र मधेसमात्र होइन, हिमाल, पहाड र मधेस सबैतिर जनलहर बढ्दै गएको छ । आगामी निर्वाचनबाट जसपा देशकै नम्बर १ पार्टीका रुपमा बन्नेतर्फ अग्रसर छ ।’

अहिले जसपा एमाले वा अरु कुनै ठूलो दलमा विलय हुने भनेर चलेको बजारी हल्लामा कुनै सत्यता नरहेको जिकिरपनि उनले गरे । उनले भने,‘ जसपा एमाले वा अरु कुनै पार्टीमा विलय हुन जाँदैन जसपा, बाहिर आएको भ्रममा नपर्नुहोला । यो पार्टी देशकै एक स्थापित पार्टी बन्छ, हामी बनाएर छाड्छौ ।’

मन्त्री प्रदीप यादवले अस्तित्व नै संकटमा परेका मधेस केन्द्रित दलहरु मोर्चा, सहकार्य र एकताको प्रयासमा लागेको टिप्पणी गरे । उनले मधेस र मधेसीका अधकिारका लागि नभई आफ्नो निहित स्वार्थपूर्तिका लागि उनिहरु मोर्चा र सहकार्यको प्रयासमा लागेको बताए ।

मन्त्री यादवले व्यंग्य गर्दै भने,‘ज–जसको दोकान बन्द हुन लाग्या छ ती दल नै मधेसी दलहरुबीच सकार्य, मोर्चा र एकता गराउने भनेर अहिले लागेका छन् । त्यसैका कारण उनिहरुको छलफल र अभियानमा जसपा सहभागी नभएको उनले प्रस्ट्याए ।

मेयर राजेशमान सिंहले वीरगंज महानगरसंगै पर्सा जिल्लामै जसपा थप बलियो भएको बताए । उनले पार्टीलाई थप शक्ति प्राप्त भएको दाबी गरे । त्यसका कारण अब पर्सामा जसपाका नेताकार्यकर्ताहरु अब झन् एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिदैं मेयर सिंहले भने,‘ कार्यकर्ताले राखेको भरोसा प्रति नेतृत्व शतप्रतिशत उत्रिन्छौं । यदि कहिकतै कमजोरी छन् भनेपनि त्यो सुधार्न हामी तयार छौं ।’

कार्यक्रममा जसपाकी केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य माेहनलाल चाैधरी, जनार्दन यादव, पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारी, भीमा यादव, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, युवा नेता तबरेज अहमद, मुकेश द्विवेदी, इश्वर यादव लगायतकाकाे पनि सहभागीता थियाे ।

पार्टी प्रबेश कार्यक्रम अघि नेताहरुले सातौँ बलिदानी दिवसकाे अवसरमा वीरगंजकाे घण्टाघरमा रहेकाे शहीदहरुकाे शालिकमा माल्यार्पण गरेका थिए । 

गोंड जातिलाई आदिवासी जनजातिमा सुचिकृत गर्न माग

वीरगंज । नेपाल गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । समाजका केन्द्रिय उपाध्यक्ष लालजी साह गोंडको अध्यक्षतामा वीरगंजस्थित जिल्ला समन्वय समिती सभा हलमा बसेकाे बैठकले तिन बुंदे निर्णय गरेको छ ।

बैठकले गोंड जातिलाई आदिवासी जनजातीमा सुचिकृतको लागि पहल गर्ने, रक्तदान गर्ने तथा कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको छ । साथै बैठकले राज्यको सेवासुबिधाबाट बञ्चित रहेका गोंड जातिलाई आदिवासी जनजातिमा सुचिकृत गराई राज्यको मुलधारमा ल्याउन सरकारसंग माँग गरेको छ ।

त्यसका लागि समाजले संघिय तथा समान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने समेत निर्णय गरेकाे समाजका पर्सा अध्यक्ष मनोज साह गोंडले बताए । यसैगरी बैठकले रगतको अभावलाई मध्यनजर गरि चाडै नै वीरगंजको घण्टाघरमा वृहत रक्तदान गर्ने समेत निर्णय गरेकाे अध्यक्ष साहले बताए ।

बैठकमा समाजका केन्द्रिय कोषाध्यक्ष प्रहलाद गुप्ता, सदस्यहरु आशा साह, रामनारायण साह, समाजका युवा नेता बिन्दुभुषण साह, बिजय साह, प्रभात साह, ज्ञानेन्द्र साह, नरेश साह, हृदयनारायण साह, रबिन्द्र साह, राकेश साह, सुनिल साह लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण समाजका युवा नेता बिन्दुभुषण साहले गरेका थिए ।

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा भारतीय ब्रोइलर कुखुरा पक्राउ गरी नष्ट गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटेका प्रहरी गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नं १ ओरिया खोलाबाट सो कुखुरा बरामत गरिएकाे प्रहरीले जनाएकाे छ ।

भारतबाट अबैध रुपमा ल्याउदै गरेको प्रतिबन्धित सो ६० वटा कुखुरा १५० किलोग्राम पक्राउ गरी प्रहरी चौकी महादेवपटिमा स्थानीय जनप्रतिनिधि भद्रभलादमी र पशु क्वारेन्टाइनको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

ओमप्रकाश चाैधरी/
सेढवा । खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गरी चोरी निकासी गरिरहेको अवस्थामा पर्सा प्रहरीले २ वटा ट्याकटर नियन्त्रणमा लिएकाे छ । पर्साको पर्सागढी नगरपालिका–२ स्थित सिंगयाही खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन गरी बागवानातर्फ लगिरहेको अवस्थामा प्रहरीले २ वटा ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

बिहीबार साँझा ५ बजेको समयमा सिंगयाही खोलाबाट बालुवा उत्खनन् गरेको ना.५ त. ३१२८ नम्बरको बालुवा लोड ट्याक्टर र ट्याक्टरका चालक पर्साको पर्सागढी न.पा.–३ औराही बस्ने अन्दाजी वर्ष २५ को सरोज साह र प्र.–२–०३–००१ त १६८९ नम्बरको बालुवा लोड ट्याक्टर र चालक जिल्ला पर्सा पर्सागढी नगरपालिका २ बागवाना बस्ने अन्दाजी बर्ष २४ को संदिप पटेललाई नियन्त्रणमा लिइएकाे प्रहरी निरिक्षक थापाले बताए ।

नियन्त्रणमा लिएको बालुवा सहितको २ वटा ट्याक्टर थप अनुसन्धानका लागि अस्थायी प्रहरी चौकी मनवामा राखिएकाे प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

सेढवा । प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिकामा अवैध रुपले लगाइएकाे गाँजा फडानी गरेकाे छ ।

पटेर्वासुगौली गाउँपालिकाकाे वडा नं २ बेलवा र वडा नं ४ भथौडामा अबैध रुपमा लगाएको सात कट्ठा गाँजा फडानी गरिएकाे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वको टोलीले अवैध रुपमा लगाइएकाे गाँजा खेती फडानी गरेकाे हाे । 

जनमत पार्टी पर्साद्वारा निःशुल्क आँखा जाँच तथा शल्यकृया शिविर

वीरगंज । जनमत पार्टी पर्साले जिल्लामा लोककल्याणकारी अभियान अन्तर्गत आँखाका बिरामीहरुका लागि निःशुल्क आँखा जाँच तथा शल्यकृया शिविरलाई निरन्तरता दिएको छ ।

यसैक्रममा शुक्रबार वीरगंज महानगरपालिका वडा नम्बर ९ रानिघाटमा पनि जनमत पार्टी पर्साको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १ सय पचास जनाको आँखाको चेकजाँच गरिएको छ ।

तीमध्ये २९ जनामा मोतिया बिन्दुको समस्या भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । उनिहरुको वीरगंज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

शिविरमा वीरगंज सामुदायिक आँखा केन्द्रकी मिखा श्रेष्ठ नेतृत्वको टोलीले शिविरमा आएकाहरुको आँखा जाँच गरेको थियो ।

स्थानीय नेताहरू संजय सरार्फ, लोकेश कर्णको समन्वयमा सम्पन्न शिविरमा जनमत पार्टीका नेताहरू रम्भा मिश्र, बृजकिशाेर कलवार, महादेव शर्मा, राजनरायण मिश्र, संजय सिंह, उदय यादव, सिकेन्द्र राम, साजन सिंह लगायतको सहभागीता रहेको थियो ।

पछिल्लो सम्पन्न शिविरहरुबाट पहिचान गरिएका ३६ जना मोतिया बिन्दुको बिरामीहरुको निशुल्क सल्यक्रिया सम्पन्न भएको र यो अभियान सहर देखि गाउँ सम्म जारी रहने जनमत पार्टी, पर्साले जनाएको छ ।

राेटरी क्लबद्वारा नितनपुरका दलित परिवारलाई सिरक वितरण

वीरगंज । राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसले बाराकाे जितपपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं. १२ नितनपुरमा सिरक वितरण गरेकाे छ । जाडाे तथा शितलहरबाट प्रभावित नितनपुरका ५० दलित परिवारलाई फाइबरकाे सिरक वितरण गरिएकाे राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसिले जनाएकाे छ । 

राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसका अध्यक्ष अनिल जयसवाल, पूर्व अध्यक्ष जगदिश प्रसाद शर्मा, सचिव हरिओम साह लगायतकाे टाेलीले नितनपुर मै पुगेर दलित समुदायका गरिब तथा बिपन्न परिवारलाई सिरक सहयाेग गरेकाे हाे । समाजिक उत्तरदायित्व अन्तर्गत जाडाे र शितलहरबाट प्रभावित दलित समुदायका विपन्न परिवारलाई सिरक वितरण गरिएकाे क्लबका अध्यक्ष जयसवालले वताए ।

क्लबका सदस्यहरुबाट नै संकलित रकमबाट सिरक खरिद गरि जाडाेबाट प्रभावित परिवारकाे घर मै पुगेर सहयाेग स्वरुप हस्तान्तरण गरिएकाे उनले वताए । विगत दश बर्षदेखि क्लबले विभिन्न किसिमकाे समाजिक कार्य गर्दै आएकाे र अगामी दिनमा पनि गरिरहने उनले प्रतिवद्धता समेत जनाए । 

वीरगंज २४ मा शारदा निर्माण सेवाले गुणस्तरहिन काम गर्दै, सम्बन्धित निकाय माैन

वीरगंज । शारदा निर्माण सेवा लिपनीमाल ३, बाराले वीरगंज महानगरपालिकाकाे वडा नं. २४ रामगढवामा गुणस्तरहिन काम गरिरहेकाे फेला परेकाे छ । वीरगंज महानगरपालिकाकाे याेजना अन्तर्गत ३ कराेड ४७ लाख १२ हजार ६३० रुपैयामा सडक ढलान, नाला र कालाे पत्र सडक गर्न ठेक्का लिएका निर्माण सेवाले गणस्तरहिन काम गरिरहेकाे स्थानियहरुले वताएका छन् ।

स्थानिय प्रत्यक्षदर्शीका अनुसार शारदा निर्माण सेवाले हाल गरिरहेकाे नाला निर्माणमा लागत अनुमानभन्दा बाहिर गएर सिमेन्ट र छडकाे प्रयाेग गरिरहेका छन् । यसका साथै उनले एक नम्बर इँट्टा प्रयाेग गर्नुकाे ठाउँमा दुई नम्बर, मिठा र गाेडिया इँट्टा प्रयाेग गरिरहेका छन् ।

निर्माण कार्य इस्टमेट अनुसार गर्न स्थानियहरुले ठेक्दार संग भन्दा पनि उनले मनाेमानी गर्न मानेका छैनन् । नाला निर्माणमा उनले कम मात्रामा सिमेन्ट र फलामे डन्डीकाे प्रयाेग गरेका कारण स्तरिय नभएकाे स्थानियहरु वताउँछन् । गुणस्तरहिन कामकाे आफुहरु विराेध गर्दा ठेक्दार तपाईकाे घर अगाडी कामै नगर्ने धम्की समेत दिएकाे एक स्थानियले वताए ।

उनले भने “आफुहरुले ठेक्दारलाई स्तरिय काम गर्न भन्दा उनले उल्टै धम्की दिने गरेका छन् । बढी बाेल्नु हुन्छ भने तपाईकाे घर अगाडीकाे सडकमा काम नगर्ने धम्की समेत दिन्छन् । तपाईलाई जहाँ गएर खाेज्नु छ भने खाेज्नुस्, केही फरक पर्दैन ठेक्दार भन्छन् ।”

निर्माण सेवा कम्पनीले लगाएकाे याेजनाकाे बाेर्डमा कार्य प्रारम्भ भएकाे मिति २०८० असार १ गते लेखिएकाे छ भने निर्माण कार्य सम्पन्न गर्नु पर्ने मिति २०८० फागुन ३० सम्म रहेकाेमा हाल सम्म निर्माण कार्य जारी नै रहेकाे छ । तर पनि निर्माण सेवाले गर्ने काम स्तरिय देखिएकाे छैन । निर्माण कार्य सम्पन्न नहुँदै पहिला गरिएकाे नाला ठाउँ/ठाउँमा भत्कन समेत थालेका छन् ।

यस बिषयमा सारदा निर्माण सेवाका जितेन्द्र साहसंग बुझ्दा इस्टिमेट अनुसार नै काम भएकाे वताए । उनले इस्टिमेट मै दुई नम्म इँटा प्रयाेग गर्न रहेकाेले आफुले प्रयाेग गरेकाे वताए । तपाईले नाला निर्माणमा कम मात्रमा फलाकाे डन्डी र सिमेन्ट पनि प्रयाेग गरिरहनु भएकाे पत्रकारकाे प्रश्नमा उनले सबै कुराई तपाई फाेन मै गर्नु हुन्छ भने जवाफ दिन चाहेनन् । उनले पछि फाेन गरेर यस बिषयमा वीरगंज महानगरपालिका मै कुरा गर्न गैर जिम्मेवार प्रतिक्रिया दिए ।

सम्बन्धित निकायले समय/समयमा निर्माण कार्यकाे अनुगमन नगरेका कारण ठेक्दारकाे लापरवाही बढेकाे स्थानियहरुकाे गुनासाे छ । यस बिषयमा वीरगंज महानगरपालिकाका इन्जिनियरसंग बुझ्नु प्रयास गर्दा फाेनमा सम्पर्क हुन सकेन ।