Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

उमेश प्रसाद चौहानले लिए पोखरिया अस्पतालको अध्यक्ष पदको जिम्मेवारी

spot_img
spot_img

पोखरिया । पर्साको पोखरिया नगरपालिका–४ मा रहेको प्रादेशिक अस्पताल पोखरियाको विकास समिति अध्यक्षमा उमेश प्रसाद चौहानले बिहिवार एक कार्यक्रमका बीच औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनकपुरधाम धनुषाद्वारा २०८२ साउन २० गते जारी परिपत्र अनुसार उनलाई पुनः अध्यक्ष पदमा मनोनीत गरिएको हो। चौहान यसअघि पनि २०७२ सालमा उक्त अस्पताल विकास समितिको अध्यक्ष भइसकेका थिए।

पदभार ग्रहण कार्यक्रम प्रादेशिक अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन प्रसाद चौहान प्रमुख अतिथि थिए। साथै, पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव, वडा नं. १ का अध्यक्ष प्रमोद गिरी, पूर्व वडा अध्यक्ष बंका प्रसाद कुर्मी, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, बृजेश द्विवेदी, सन्जु दास लगायत अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उमेश प्रसाद चौहान पोखरिया नगरपालिका–१ निवासी हुन्। उनका पिता मुक्तिनारायण चौहान पञ्चायत कालमा तीनपटक गाउँ पञ्चायत अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनका ठुला दाजु प्रदुमन प्रसाद चौहान २०५४ सालमा गाविस अध्यक्ष, २०६४ मा संविधानसभा सदस्य तथा हाल पोखरिया नगरपालिकाका लोकप्रिय नगरप्रमुख हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...