Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा “मेरो पानी मेरो बानी” अभियान सुरु, खानेपानी अभाव प्रभावितलाई सामग्री वितरण

spot_img
spot_img

वीरगंज । खानेपानी संकट झेलिरहेका समुदायलाई राहत पुर्‍याउने उद्देश्यले बिहिबार वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरस्थित धागर टोलमा “मेरो पानी मेरो बानी” अभियान अन्तर्गत विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

युनिसेफ नेपाल र वीरगंज महानगरपालिकाको संयुक्त पहलमा, नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एन.जी.ओ. सि.सि.को सहकार्यमा सञ्चालित यस अभियानले स्थानीय बासिन्दाहरूलाई पानी व्यवस्थापनमा सहयोग पुर्‍याउने सामग्री वितरण गरेको हो । कार्यक्रम अन्तर्गत ३० जना स्थानीयलाई टुटी जडित बाल्टिन, जग र पानी सफा गर्ने केमिकल वितरण गरिएको थियो ।

खडेरी र पानीको चरम अभाव झेलिरहेको पर्सा जिल्लामा यस्ता कार्यक्रम आवश्यक र समयसापेक्ष भएको आयोजकहरूले बताएका छन् । समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले हाल अति प्रभावित क्षेत्रमा ६ सय थान सामग्री वितरणको योजना रहेको र आगामी दिनमा थप सामग्री वितरण गरिने जानकारी दिए । उनले खडेरी समस्या समाधानका लागि दीर्घकालीन समाधान रणनीति आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्वमा नन्दनी गुप्ता, प्रिया कुश्वाहा, र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका प्रतिनिधिहरू दुलारचन प्रसाद र आनन्द यादवको  उपस्थिति रहेको थियो।

“मेरो पानी मेरो बानी” अभियानले नागरिकमा पानीको महत्व, स्रोत संरक्षण र प्रभावकारी उपयोगबारे चेतना फैलाउने लक्ष्य लिएको छ । आयोजक संस्थाहरूले आगामी दिनमा अन्य वडामा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...