Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

सांसद रिजालको संसदीय योजना अन्तर्गत कालाेपत्रे सडककाे लागि सर्वे सुरु

spot_img
spot_img

वीरगंज । पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य (सांसद) रमेश रिजालको संसदीय योजना अन्तर्गत सहरी विकास परियोजना मार्फत पर्सा निर्वाचन क्षेत्र नं. ४ का विभिन्न ठाउँमा कालाेपत्रे सडक निर्माणको लागि लागत अनुमान (इष्टिमेट) तयार गर्न सर्वे कार्य सुरु गरिएको छ ।

छिपहरमाई  गाउँपालिकाकाे जयमङ्ग्लापुर पोखरीदेखि छोट्की जयमङ्ग्लापुर हुँदै टिहुकीसम्म, धाेबिनी गाउँपालिकाकाे जानकीटोला चौकदेखि पिप्रा, भिखमपुर, गुलरिया हुँदै लङ्गडीसम्म र लिकामाई गाउँपालिकाकाे मुडलीदेखि भेडिहारी हुँदै बालुवा सम्म कालाेपत्रे सडकाे लागि सर्वेक्षण कार्य सुरु गरिएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले जानकारी दिए ।

सर्वेक्षण कार्यमा प्राविधिकहरुकाे टाेलीसहित नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेपाली कांग्रेसका नेता बशिष्ठ नारायण कुर्मी, तथा क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...