Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सांसद रिजालको संसदीय योजना अन्तर्गत कालाेपत्रे सडककाे लागि सर्वे सुरु

spot_img
spot_img

वीरगंज । पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य (सांसद) रमेश रिजालको संसदीय योजना अन्तर्गत सहरी विकास परियोजना मार्फत पर्सा निर्वाचन क्षेत्र नं. ४ का विभिन्न ठाउँमा कालाेपत्रे सडक निर्माणको लागि लागत अनुमान (इष्टिमेट) तयार गर्न सर्वे कार्य सुरु गरिएको छ ।

छिपहरमाई  गाउँपालिकाकाे जयमङ्ग्लापुर पोखरीदेखि छोट्की जयमङ्ग्लापुर हुँदै टिहुकीसम्म, धाेबिनी गाउँपालिकाकाे जानकीटोला चौकदेखि पिप्रा, भिखमपुर, गुलरिया हुँदै लङ्गडीसम्म र लिकामाई गाउँपालिकाकाे मुडलीदेखि भेडिहारी हुँदै बालुवा सम्म कालाेपत्रे सडकाे लागि सर्वेक्षण कार्य सुरु गरिएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदले जानकारी दिए ।

सर्वेक्षण कार्यमा प्राविधिकहरुकाे टाेलीसहित नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेपाली कांग्रेसका नेता बशिष्ठ नारायण कुर्मी, तथा क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...