Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सात दिने पैदल यात्रा पश्चात जिराभवानी मन्दिरमा कावरियाद्वारा जल अर्पण

दुधेश्वर महादेवमा पनि जल चढाइयाे

spot_img
spot_img

सेढवा । सावन महिनाको त्रयोदशीको अवसरमा जिराभवानी मन्दिरमा विशेष धार्मिक उत्साहका साथ जल चढाइएको छ । बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा करिब सात सय जना कावरियाहरुले सात दिनको कठिन पैदल यात्रा पश्चात बिहिबार जिराभवानी मन्दिरमा जल अर्पण गरेका हुन् ।

कावरियाहरुले पवित्र नारायणी नदीबाट जल भरी साउन १५ गते यात्राको सुरुवात गरेका थिए । भारतीय भूभाग हुँदै खाली खुट्टा यात्रा गर्दै उनीहरु बिहिबार मन्दिरमा पुगेका हुन् । संघका सदस्य बैजनाथ दास थारुका अनुसार यात्रामा जिराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकाका साथै भंगहा, रामपुर, सिसवा, बेहतरी, धुमाटाड, जसौली लगायतका भारतीय गाउँका श्रद्धालुको सहभागिता रहेको थियो।

कावरियाहरुको स्वागतका लागि प्रदेश सांसद शंकर प्रसाद चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी र उपाध्यक्ष रेखा चौधरी स्वयं मन्दिर परिसरमा उपस्थित थिए। गाउँपालिकाले कावरियाका लागि खाजा, खानेपानी, स्वास्थ्य परीक्षण र औषधी उपचार व्यवस्थापनसहित कावर व्यवस्थापनसमेत गरेको थियो । सुरक्षाका लागि शस्त्र प्रहरी तथा जनपद प्रहरीको तैनाथी गरिएको थियो।

यसैबीच पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने रामभौरी भाथास्थित दुधेश्वर महादेव मन्दिरमा पनि १०१ जना श्रद्धालु भक्तजनहरुले त्रिबेणी नदीबाट ल्याएको जल अर्पण गरेका छन् । थारु पत्रकार संघ नेपाल पर्साका अध्यक्ष शम्भु महतो थारुका अनुसार ती भक्तजनहरुले प्यूठानको स्वर्गद्वारी, लुम्बिनी भ्रमणपछि त्रिबेणीबाट जल लिएर दुधेश्वर मन्दिरमा चढाएका हुन्।

यी धार्मिक यात्राहरुले सीमावर्ती क्षेत्रका जनताबीच आपसी सद्भाव, धार्मिक एकता र सांस्कृतिक पहिचानको सन्देश दिएको आयोजकहरुले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...