Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

वीरगंजमा मकालु चौक–खानेपानी कार्यालय सडक खण्डमा ‘नो पार्किङ’

spot_img
spot_img

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–४ स्थित मकालु चौकदेखि खानेपानी कार्यालयसम्मको सडक खण्डमा ‘नो पार्किङ’ बोर्ड स्थापना गरिएको छ।

उक्त सडक खण्ड साँघुरो हुने र चारपाङ्ग्रे सवारी साधनहरूले सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यो पहल गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका ट्राफिक प्रमुख लोकराज भट्ट तथा विशिष्ट अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईंको उपस्थितिमा ‘नो पार्किङ’ बोर्ड सडक किनारमा जडान गरिएको हो । यस अवसरमा स्थानीयवासी र सवारी चालकलाई सडकमा अनावश्यक पार्किङ नगर्न आग्रह गरिएको थियो।

ट्राफिक प्रमुख भट्टले भोलिदेखि अनधिकृत पार्किङ गर्ने सवारीसाधनमाथि कडा कानूनी कारबाही गरिने चेतावनी दिएका छन्। साथै, यस अभियानबाट सडक दुर्घटनाको जोखिम कम हुने र यातायात सहज हुने अपेक्षा व्यक्त गरे।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएकाे कार्यक्रममा ट्राफिक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...

१९ क्विन्टल कुखुरा र रकम लुटिएको आरोपको व्यवसायी सङ्घद्वारा खण्डन

वीरगञ्ज । पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको...

शैक्षिक गुणस्तर र अनुशासनमा जोड, विद्यालय व्यवस्थापन समितिको छड्के अनुगमन

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले छड्के अनुगमन गर्दै शैक्षिक गुणस्तर र विद्यार्थी अनुशासनमा विशेष जोड दिएको...