Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

परसौतिपुरको विद्यालयमा परिवर्तन: भुइँबाट रंगीन बेञ्चसम्मको यात्रामा बालबालिका

spot_img
spot_img

वीरगंज । वर्षौंदेखि टालटुल छानामुनि, चिसो भुइँमा बसेर पढ्न बाध्य वीरगंज–२३ स्थित परसौतिपुरका बालबालिकाहरूको शिक्षाजगतमा ऐतिहासिक परिवर्तन आएको छ । मधेश प्रदेशका पूर्वमन्त्री रहबार अन्सारीको पहल र सक्रियता मार्फत विद्यालयको संरचनागत सुधार सम्पन्न भएको हो ।

नयाँ निर्माण गरिएको कक्षा कोठाहरू अब रंगीन बेञ्च, पर्खालमा रमाइला चित्र, प्रशस्त प्रकाश र सुरक्षित वातावारणले भरिएको छ। यसले बालबालिकाको सिकाइ मात्र होइन, आत्मबल र आत्मसम्मानमा समेत उल्लेखनीय परिवर्तन ल्याएको विद्यालय प्रशासनले जनाएको छ।

“यो केवल भवन होइन, सपना बोक्ने थलो हो,” पूर्वमन्त्री अन्सारीले भने, “सानो प्रयासजस्तो देखिए पनि, यसले बालबालिकाको भविष्यमा गहिरो प्रभाव पार्नेछ।”

विद्यालय सुधारपछि स्थानीय अभिभावक र शिक्षकहरूमा उत्साह थपिएको छ। शिक्षकहरूका अनुसार अब सिकाइ वातावरण सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

“धुलो र चिसो भुइँबाट रंगीन बेञ्चसम्मको यो यात्रा, केवल भौतिक परिवर्तन होइन, शिक्षाको पुनर्जागरण हो,” एक शिक्षकले भावुक हुँदै प्रतिक्रिया दिए।

यस परिवर्तनसँगै स्थानीय समुदायमा शिक्षा प्रतिको विश्वास अझ बलियो बनेको छ। अन्य गाउँ-टोलका विद्यालयहरूका लागि यो उदाहरणीय प्रेरणा बन्न सक्ने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...