Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सम्पन्न, नयाँ बाल वार्डको उद्घाटन

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजमा विश्व स्तनपान सप्ताह–२०८२ को अवसरमा विशेष कार्यक्रमका साथ समापन समारोह भव्यताका साथ सम्पन्न गरिएको छ।

समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्डको उद्घाटन, शिशुसहित आमाहरूको सम्मान, र विद्यार्थीद्वारा प्रस्तुत स्तनपानसम्बन्धी शैक्षिक कार्यक्रमहरू रहेका थिए ।

कार्यक्रममा मातृत्वको सम्मानस्वरूप आमाहरूलाई स्मृतिचिन्ह तथा तस्बिर प्रदान गरिएको थियो । स्वास्थ्य शिक्षा सत्रहरू मार्फत स्तनपानको महत्वबारे जानकारी दिइएको थियो, जसले आमाहरू र स्वास्थ्यकर्मीहरूलाई उपयोगी ज्ञान प्रदान गर्‍यो।

विद्यार्थीहरूको प्रस्तुतिले स्तनपानप्रति जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएका छन्।

समापन कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन, अस्पताल निर्देशक डा. ईसरत जहान अन्सारी, नर्सिङ डाइरेक्टर, भाइस प्रिन्सिपल, सी.आई.ओ., म्याट्रोन, विभिन्न विभाग प्रमुखहरू, साथै प्रशासन, नर्सिङ र मार्केटिङ टिमका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले मातृत्व र स्तनपानप्रति सम्मान प्रकट गर्दै, स्तनपानलाई स्वस्थ शिशुका लागि आधारभूत अधिकारको रूपमा पुनः पुष्टि गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...