Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

सगरमाथा स्कूलमा रक्षा बन्धन विशेष कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । सगरमाथा स्कूल, वीरगंज–१२, मुर्लीस्थित ब्लक ‘बी’ शुक्रबार रक्षा बन्धनको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली संस्कृति, भाइचारा र आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले हरेक वर्ष आयोजना हुने यो कार्यक्रम यस वर्ष पनि विद्यार्थीहरूको सक्रिय सहभागिता र रचनात्मक प्रस्तुतिसहित सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता सगरमाथा स्कूलका संस्थापक निर्देशक तथा नेशनल प्याब्सन वीरगंजका नगर अध्यक्ष जियालाल गुप्ताले गरेका थिए । साे अवसरमा वाेल्दै उनले विद्यार्थीहरूलाई संस्कार, परम्परा र आधुनिक शिक्षाबीच सन्तुलन कायम राख्दै अघि बढ्न प्रेरित गर्ने गतिविधिहरूमा सहभागी हुन आग्रह गरे ।

पत्रकार राजेन्द्र सिंह राजपूतकाे विशेष उपस्थितीमा भएकाे कार्यक्रमकाे निर्णायकको भूमिकामा मुकेश महतो, पत्रकार दिपु वर्णवाल, करिश्मा शाह र डाइमेंशन स्कूलका संस्थापक बसन्त चौधरी रहेका थिए ।

प्रतियोगितामा सीनियरतर्फ ब्लु हाउसले पहिलो र दोस्रो दुवै स्थान जित्दा, रेड हाउसले तेस्रो स्थान प्राप्त गर्‍यो । जुनियरतर्फ ब्लु हाउसकी रोशनी साह पहिलो, रेड र ग्रिन हाउस संयुक्त रूपमा दोस्रो, र ग्रिन हाउस तेस्रो स्थानमा रहे । प्रतिस्पर्धात्मक प्रस्तुति, सौन्दर्य, रचनात्मकता र संस्कारका आधारमा मूल्यांकन गरिएका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए ।

विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि र निर्णायक मण्डलबाट प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो । कार्यक्रमको आकर्षक उद्घोषणा विद्यालयका को–अर्डिनेटर सञ्जीव यादवले गरेका थिए । उनले विद्यार्थीहरूलाई नेपाली संस्कृतिको मूल्य बुझ्दै त्यसको संरक्षणमा लाग्न आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...