Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

एनएमसिद्वारा बारागढीमा निःशुल्क स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम

२६३ बिरामीको उपचार र ५७ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा शुक्रबार एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बारागढी गाउँपालिकाकाे खाेपवास्थित बर्थिङ सेन्टरमा भएकाे कार्यक्रममा नेशनल मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. सुधाकर झा, बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. सन्तोष झा लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका थिए । उपचारमा आएका सबैलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। कार्यक्रममा कुल २६३ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै ५७ जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए।

नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी, म्याट्रोन विकास कुमार र रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरी लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै गाउँपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसूति केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष क्षणमा नगर प्रमुख जयसवालले अस्पताल निर्देशक डा. इसरत जहान अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी सम्पूर्ण चिकित्सक, अधिकारी तथा कर्मचारीलाई सम्मानपत्र वितरण गरेका थिए।

आयोजक पक्षका अनुसार यस प्रकारको संयुक्त प्रयासले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...