Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज इनर्वाको एक विघा जग्गा हडप्न खोज्ने भूमाफियालाई उच्च अदालतबाट झट्का

शौचालय निर्माणको बाटो खुला

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२, इनर्वास्थित करिब एक विघा जग्गा हडप्न खोज्ने भूमाफिया समूहको योजनामा उच्च अदालत वीरगंजले अंकुश लगाएको छ।

साविक इनर्वा भाठा वडा नं. २ मा पर्ने कित्ता नं. ५३ अन्तर्गत रहेको १९ कट्ठा १० धुर क्षेत्रफलको जग्गा ‘गौरक्षणी गौशाला’को नाममा लालपुर्जा कायम रहेको छ । तर उक्त जग्गा हडप्ने नियतसहित “गौरक्षणी गौशाला पशुपालन सहकारी संस्था लिमिटेड, वीरगंज–३” नामको संस्था दर्ता गराई भूमाफिया समूहले साउन १५ गते उच्च अदालतमा निषेधाज्ञा माग गर्दै मुद्दा दायर गरेका थिए।

प्रमोद कुमार सिंहको नेतृत्वमा रहेको समूहले गौशालाको नामसँग मिल्दोजुल्दो नाम प्रयोग गरेर नामको भ्रम सिर्जना गरी जग्गा कब्जा गर्न खोजेको पाइएको छ । तर, उच्च अदालत वीरगंजका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र ऋषिराम निरौलाको संयुक्त इजलासले भूमाफियाको माग खारेज गर्दै निषेधाज्ञा नजारी गर्ने आदेश दिएको छ।

यो आदेशसँगै वीरगंज महानगरपालिकाले सो क्षेत्रमा सार्वजनिक शौचालय निर्माणको काम निर्वाध रूपमा अघि बढाउने बाटो खुलेको छ।

महानगरले यस स्थानमा आधुनिक र सर्वसुलभ सार्वजनिक शौचालय निर्माणको तयारी गरिरहेको छ । नेपाल–भारत नाकाको मुख्य प्रवेशद्वारको रुपमा रहेको यो क्षेत्र हुँदै दैनिक सयौं यात्रु, व्यापारी, मजदुर, महिला, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको आउजाउ हुने गर्दछ।

शहरको जनघनत्व, व्यावसायिक गतिविधि र सार्वजनिक स्थलमा सुविधाको आवश्यकता बढ्दै गइरहेको वर्तमान अवस्थामा वीरगंज महानगरले यो मात्र नभई अन्य तीन स्थानहरूमा पनि सार्वजनिक शौचालय निर्माणको कार्य अघि बढाइरहेको जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...