Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंज र कलैयामा रक्तदान कार्यक्रम सम्पन्न, १३३ जनाले दिए रगत

spot_img
spot_img

वीरगंज । वीरगंज युवा समाजले “परिवर्तनका लागि वीरगंज युवा समाज” नारासहित आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार वीरगंजस्थित होटेल मकालुमा सम्पन्न कार्यक्रममा १३ जना महिलासहित १०३ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा काजल कोइराला, मिरा सिंह, रोजी प्रधान, स्वस्तिका श्रेष्ठ, मञ्जु भण्डारी, प्रीति गुरुङ, मञ्जु गुरुङ, सुन्दिपा श्रेष्ठ, दीपिका चापागाईँ, श्रीजल चौधरी, रञ्जना कार्की, सिद्धिका कार्की, सलिमा रोक्का, सञ्जीव थापा, राजेन्द्र भट्टराई, सन्दीप साह, रामकुमार बस्नेत, विवेक बेरिवाल, विनोद धिमाललगायतका रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोय नारायण सुवेदीले रक्तदान जीवन बचाउने अमूल्य योगदान भएको उल्लेख गर्दै प्रत्येक तीन महिनामा रक्तदान गर्न आग्रह गरे । उनले रक्तसञ्चार केन्द्रमा रगतको अभावका कारण बिरामीहरू समस्यामा परिरहेको बेला वीरगंज युवा समाजको अभियान महत्त्वपूर्ण रहेको बताए ।

समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति सञ्जीव थापाको अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी पर्साका एसपी पुरनचन्द्र भट्टलगायतले रक्तदातालाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

यसैगरी, बाराको सदरमुकाम कलैयास्थित भारत चौकमा कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्यान बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह प्रमुख अतिथि रहनुहुँदै संयुक्त रूपमा रक्त सङ्कलन ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए। साे कार्यक्रममा ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी पर्साले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...