Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

डिप बोरिङ र चापाकलको पानीमा क्लोरिन हालेर मात्र खान विज्ञको सुझाव

spot_img
spot_img

वीरगंज । हैजाको जोखिम बढिरहेका बेला डिप बोरिङ र चापाकलको पानीमा क्लोरिन हालेर मात्र प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।

शुक्रबार स्वास्थ्य कार्यालय पर्सामा विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधिहरूसँग भएको छलफल कार्यक्रममा खानेपानीका विज्ञ डा. सुदन पन्थीले डिप बोरिङको पानी प्राविधिक रूपमा सफा भए पनि क्लोरिन नभएकाले सीधै पिउन स्वास्थ्यका लागि सुरक्षित नहुने बताए।

उनले भने, “नेपालको सन्दर्भमा खानेपानीमा ०.५ प्रतिशतभन्दा माथि क्लोरिनको मात्रा हुनु पर्छ । डिप बोरिङ र चापाकलको पानीमा एफआरसी (Free Residual Chlorine) नहालेसम्म प्रयोग नगर्नु उपयुक्त हुन्छ।”

डा. पन्थीका अनुसार खानेपानी संस्थानले वितरण गर्ने धाराको पानीमा भने क्लोरिन मिसाइएकाले त्यसलाई प्रयोग गर्दा अतिरिक्त क्लोरिन हाल्न आवश्यक छैन । तर चापाकल र बोरिङको पानी प्रत्यक्ष प्रयोग हुने भएकाले क्लोरिन मिसाउनुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे ।

WHO को टोलीले वीरगंजका विभिन्न स्थानका पानी परीक्षण गर्दा खानेपानी संस्थान र बोरिङमार्फत आपूर्ति हुने पानीमा हालसम्म हैजा वा झाडापखालासम्बन्धी जीवाणु नदेखिएको तर एक चापाकल र एक घरमा भाँडोमा राखिएको पानीमा संक्रमण पाइएको जानकारी पनि छलफलमा दिइयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झा, जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, ल्याब टेक्निसियन विजय कुमार साह, WHO का सुशील बन्जाडेलगायत सहभागी थिए।

WHO को टोली हैजा नियन्त्रणसम्बन्धी निगरानी र परीक्षणका लागि करिब एक महिना वीरगंजमा रहने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...