Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 241

पर्सामा दलित समुदाय लक्षित ३० दिने शिक्षा जागरण अभियान सुरु हुने

वीरगंज । दलित समुदायको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लामा ‘३० दिने घरदैलो शिक्षा जागरण अभियान–२०८२’ सञ्चालन गर्ने तयारी गरिएको छ । पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजनामा आगामी बैशाख २० गते शनिबार देखि यो अभियान सञ्चालन गर्ने तयारी गरिएको हो ।

दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउने, विद्यालयमा निरन्तरता र टिकाउपन कायम गर्ने, उतिर्ण दरमा वृद्धि ल्याउने, अभिभावकहरूलाई शिक्षाको महत्त्वमा जागरूक गराउने तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको फाउण्डेशनका अध्यक्ष मनोज रामले बताए । उनकाअनुसार अभियान अन्तर्गत दलित बस्ती–बस्तीमा स्वयंसेवकको टोली खटाईनेछ जसले समुदायमा शैक्षिक सन्देश प्रवाह गर्नुका साथै अभिभावक, बालबालिका र विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्नेछन् ।

दलित सामाजिक अभियान्ता मनोज रामका अनुसार, अभियानमा ६० जना दलित शिक्षा स्वयंसेवक परिचालित गरिनेछ । उनीहरुले पर्सा जिल्लाका सम्पूर्ण गाउँहरूमा पुगेर शिक्षा सम्बन्धी घरदैलो जागरण कार्यमा सहयोग गर्ने उनले बताए । अभियान अन्तर्गत सामुदायिक ट्युसन केन्द्रको अवधारणा पनि ल्याइने तयारी छ । यसले गुणस्तरीय सिकाइलाई सशक्त बनाउने उनको विश्वास छ । साथै, दलित विद्यार्थी समाज तथा दलित अभिभावक संघ गठन गरी उनीहरुलाई शैक्षिक जागरुप बनाएर अभियान सञ्चालनमा हातेमालो गराउने योजना रहेको छ ।

शिक्षामा प्रोत्साहन स्वरूप उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामग्री (कापी, कलम, झोला आदि) वितरण गरिनेछ । अभिभावकहरूका लागि छुट्टै शिक्षा कक्षा सञ्चालन गरी उनीहरूलाई पनि शैक्षिक प्रक्रियामा सक्रिय बनाउन पहल गरिने उनले बताए ।

अभियानको दौरान पर्सा जिल्लाका निर्वाचित दलित जनप्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरिने र समन्वय गरिने आयोजक पक्षले जनाएको छ । “सबैका लागि शिक्षा, सबै दलितका लागि शिक्षा” भन्ने नारासहित अगाडि बढाइएको यो अभियानले पर्सा जिल्लामा दलित समुदायको शिक्षामा ऐतिहासिक योगदान पु-याउने विश्वास गरिएको छ ।

वीरगंजमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक दिवस

वीरगंज । वीरगंजमा पनि विविध कार्यक्रम गरी १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल ट्रेड युनियन कांग्रेस पर्सा र बारा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा बिहीबार वीरगंजमा बृहत् र्‍याली तथा सभाको आयोजना गरी दिवस मनाइएको हो ।

वीरगंजका घन्टाघरबाट सुरु भएको र्‍याली माईस्थान हुँदै आदर्शनगरबाट नगर परिक्रमा गरेर पुनः घन्टाघर चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘श्रम शक्ति नै राष्ट्र शक्ति हो’, ‘श्रमिक एकता जिन्दाबाद’, ‘श्रमको सम्मान गरौं’ लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेशका अध्यक्ष विजय यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । श्रमिक विना समृद्धि सम्भव नरहेको बताउँदै अध्यक्ष यादवले सरकारले श्रमिक हितका लागि प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिए । उनले संघीयता अनुसार प्रदेशस्तरीय श्रम मन्त्रालय सशक्त बनाउनुपर्ने धारणा पनि राखे ।

‘आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्ध राष्ट्रको निर्माण’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न श्रमिक युनियन, पेशागत संगठन, समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मजदुरको हैन मालिकको मे दिवस

0

आज विश्व मजदुर दिवस । विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । सरकारले नेपालमा पनि विभिन्न कार्यक्रम गरी हरेक वर्ष दिवस मनाउने गरेको छ । सरकार र मजदुरको नाममा राजनीतिको रोटी सेक्ने केही नेताहरुले दिवसमा कार्यक्रम गर्ने र भाषणबाजी गरेर सामाजिक सञ्जालमा पोस्ट्याउने गरेपनि दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने अधिकांश श्रमिक भने दिवसका बारेमा अनभिज्ञ छन् ।

श्रम गरेर साँझ बिहानको छाकको जोहो गर्ने श्रमजीवि सर्वहारा बर्गलाई भने यो दिवसले सुख दिनुको साटो उल्टै दुःख दिएको छ । यस दिन नेपालमा सार्बजनिक विदा दिइएको छ, जसले गर्दा कार्यालयमा मजासँग एसीमा बसेर काम गर्नेहरुले त आराम पाउँछन्, तर ४० डिग्री सेल्सियसको चर्काे घाममा पनि पसिना पुछ्दै साँझको छाकको जोहो गर्ने वास्तविक मजदुर भने विदाबाट पिडित छन् ।

बजार र कार्यालयहरु खुला भएपछि सडक छेउमै बसेर जुत्ता चम्काउनेहरुले काम पाउँछन्, काँधमा घरपरिवारको जिम्मेवारी र त्यो भन्दा पनि ठूलो सपनाको भारी बोकेर रिक्सा हाँक्नेहरुले यात्रु पाउँछन् । बजारमा चहलपहल हुँदा सडकमा बसेर चर्काे गर्मीमाथि झनै आगोको रापमा मकै पोल्ने बृद्धाहरुले छाकको जोहो गर्छन् । तर मजदुर दिवसको नाममा सरकारले वास्तविक मजदुरलाई अझै मारमा पार्ने काम गरीरहेको छ । यसअर्थमा सरकारले मदजुरको होइन मालिकका लागि मे दिवस मनाउने गरेको स्पष्ट हुन्छ । सरकारले एकातिर हरेक मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भन्दै मे दिवस मनाइरहेका छ । भने, अर्कोतिर कतिपय मजदुर भने मे दिवस कहाँ कसरी मनाइदै छ भनेर अनिवज्ञता प्रकट गर्छन् ।

मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र बृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइएपनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस श्रमिकमैत्री भन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ । जसका कारण वास्तविक मदजुर मे दिवस मनाउन उत्साहित देखिदैनन् ।

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन् । उनीहरु सरकारले निर्धारण गरेको सेवा सुविधा नलिइ आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । देशभर नीजि र सरकारी क्षेत्रमा ७० लाखभन्दा बढी विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन् । जसले न त न्युनतम पारिश्रमिक नै पाएका छन्, न त आत्मसम्मान नै । तर यस्ता समस्याको समाधानमा भने सरकार गम्भिर देखिदैन ।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलन गरेका थिए । मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो ।

भारत र पाकिस्तानको लडाईः नेपालको सीमा नाकामा कडाई

वीरगंज । भारतको पहलगाममा भएको हमलापछि भारत र पाकिस्तानबीच आपसी द्वन्द्व चलीरहेको छ । यी दुई राष्ट्रको द्वन्द्वको असर नेपाललाई पनि पर्ने निश्चित छ । एक अर्काबीच तनाब चलीरहेको बेला नेपालको नाका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । जसका कारण वीरगंज–रक्सौल नाकामा पनि विशेष सतर्कता अपनाइएको छ । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले सीमाक्षेत्रमा आवतजावत गर्नेहरुलाई कडाई गरेका छन् ।

भारत बिहारको पश्चिम चम्पारणको मानपुर थाना अन्तर्गत पर्ने चित्रसेनको तीनलालटेन गाउँमा अवस्थित भारतीय सिमा सुरक्षा बल (एसएसबी) क्याम्पमा दुवै देशका सीमावर्ती क्षेत्रका सीमा सुरक्षा बल प्रमुखहरुको बैठक बसेको थियो । उक्त बैठकमा नेपालका तर्फबाट पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी सहभागी थिए । भारतको तर्फबाट भने एसएसबीका ४४ र ४७ बटालियनका उच्च अधिकारी सहभागी थिए ।

उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा बलका अधिकारीहरुबीच नेपाल–भारत सीमा नाकामा आवतजावत गर्नेहरुको चेकजाँचमा कडाई गर्ने सहमति भएको बैठकमा सहभागी पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए । उनले भने, ‘सीमा वारपार आवत जावत गर्नेहरुको चेकजाँचमा कडाई गर्ने सहमति भएको हो । निर्णय नै भएको चाहि होइन । उक्त सहमतिको कार्यान्वयनका लागि अहिले ट्रायल मात्र चलिरहेको छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि नेपाल–भारत आवतजावत गर्नेहरुको सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको पुष्टि गरे । नाकाबाट हुनसक्ने अवैध घुसपैठ र अनाधिकृत व्याक्तिको प्रवेशलाइ निरुत्साहित गर्न सीमानाकामा थप सतर्कता अपनाएर चेकजाँचमा कडाई गरिएको अर्यालले बताए । भारतीय समकक्षीहरुको सुचना र समन्वयमै वीरगंज नाकामा पनि अहिले चेकजाँचमा कडाई गरिएको उनले बताए । यद्यपी परिचय पत्र अनिवार्य नगरिएको स्पष्ट पार्दै उनले शंका र आवश्यक्ताको आधारमा पहिचान खुल्ने कागजपत्र भने माग गरिने जानकारी गराए ।

लोकतन्त्रमा पनि बोल्न पाइँदैन र ?

0

देशमा संघीय गणतन्त्रात्मक व्यवस्था छ, जसलाई संसारकै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था पनि भनिन्छ । हरेक कुरामा नागरिकलाई स्वतन्त्रता छ । जसले अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको छ । यसले गर्दा आम सर्वसाधारण नागरिकले पनि नेतृत्व तहमा भएका जिम्मेवार व्यक्तिलाई सल्लाह सुझाव मात्रै हैन, आलोचना पनि गर्ने छुट छ ।

तर पछिल्लो समय यही अभिव्यक्ति स्वतन्त्रताको गलत ढंगले दुरुपयोग भइरहेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र खेल चलीरहेको अवस्थामा कतिपयले उनको अभिव्यक्तिलाई नै लिएर बहिष्कारको अभियान मात्रै चलाएका छैनन् । अभिनेत्री पन्तको चरित्र हत्या गर्ने गरी खनिएका छन् । उनीहरुले गाली गलौज मात्रै हैन, अश्लिलताको पराकाष्टा पनि पार गरेका छन् ।

अभिनेत्री पन्तले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति यति धेरै आक्रोश पोख्नुपर्ने कुनै पनि कारण देखिदैन । न त उनले गाली खानुपर्ने खालको अभिव्यक्ति नै दिएकी छिन् । तर पनि एकथरीले उनीप्रति निरन्तर प्रहार गरीहेका छन् । अहिले अभिनेत्री पन्तको पक्षमा कलाकारदेखि थुप्रैले समर्थन पनि जनाएका छन् ।

उनीहरुले सुुरक्षाको पक्षमा धारणा राख्दै लोकतन्त्रमा पनि बोल्दा गाली खानुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सुरक्षाकै नियती भोग्नुपरेको थियो गायक, नायक तथा निर्देशक प्रकाश सपुतले । उनले पहिलो पटक लेखन र निर्देशनमा डेब्यु गर्नुका साथै अभिनय पनि गरेको चलचित्र बसन्त रिलिज हुने क्रममा उनी एउटा कार्यक्रममा गए । कार्यक्रममा सहभागी मात्रै भएनन्, उनले मत्नव्य पनि राखे । त्यही मन्तव्य उनलाई भारी भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा बोल्न पाएपछि उनले ओलीको जीवनमा आएको परिवर्तनको प्रसंशा गरे । सपुतले ओली सामान्य परिवारबाट हुर्किएर मृगौला फेल भएर पनि देशकै दोस्रो ठूलो पार्टीको अध्यक्ष मात्रै हैन, देशकै प्रधानमन्त्री समेत पटक पटक हुनु पनि ठूलो उपलब्धी हो भनेर उनले भाषण गरे । यसबाट अरुले पनि उनको संघर्षको अनुकरण गर्नुपर्ने धारणा राखे ।

भलै देशको विकास र जनताको हीतका लागि उपलब्धीमूलक काम र योजना ल्याउन नसकेपनि उनको व्यक्तिगत जीवनमा आएको परिवर्तन र ओलीको साहसको सपुतले खुलेरै सह्राना गरे । जसका उनी हकदार पनि हु्न् । तर त्यही अभिव्यक्तिले उनको चलचित्र मात्रै धक्का पुगेन । उनको व्यक्तिगत चरित्रमाथि नै औँला उठाइयो । ओलीको भक्त र पुच्छरसमेत भन्न भ्याए नागरिकले । यस्ता घटनाले गर्दा कसैले आफ्नो धारणा नै राख्न नपाउने हो भन्ने प्रश्न पनि उब्जिएको छ ।

सुरक्षा र प्रकाश सपुतका पछिल्ला उदाहरणीय घटना हुन् । यस्ता अन्य थुपै्र पात्र र घटना छन् । जसले बोलेकै कारण, आफ्नो बुझाई र धारणा राखेकै कारण गाली खानुपरेका छ । लोकतन्त्रमा पनि बोलेकै कारण गाली खानुपर्छ भने लोकतन्त्रको पनि के अर्थ भन्ने बहस पनि सृजना भएको छ । त्यसैले कसैले आफुलाई लागेको धारणा राख्दैमा उसको विचारमा सहमती वा असहमती राख्न पाइयो, त्यो पनि तर्कसंगत तरिकाले । तर गाली गलौज, मान हानी र चरित्र हत्या गर्न भने कसैलाई पनि कदापी छुट छैन । यस्तो गर्नेलाई कानुनबमोजिम कारवाहीको दायरामा ल्याउन जरुरी छ ।

एमआरहरुको मोटरसाईकल र्‍याली, बिरामीलाई फलफुल वितरण

वीरगंज । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, बिरगंज इकाईले पनि विविध कार्यक्रम गरी १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । “श्रमको सम्मान गरौँ, श्रमिकको हक अधिकार सुनिश्चित गरौँ” भन्ने नाराका साथ मोटरसाइकल र्‍याली निकालिएको छ ।

र्‍यालीले नगर परिक्रमा गर्दै वीरगंजको नारायणी अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो । संघका अध्यक्ष राम गोसाईले श्रमिकहरूको अधिकार सुनिश्चित गर्न संघ सधैं सशक्त रूपमा लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “आज पनि विभिन्न बहानामा पूँजीपतिहरूले गरिरहेकै श्रम शोषणको विरुद्ध संस्था आवाज उठाइरहनेछ ।”

त्यस्तै संस्थाका सचिव दीपेन्द्र कलवारले श्रमिकहरूलाई मजबुर नभई अधिकार प्राप्त नागरिकका रूपमा बुझ्न आग्रह गर्दै भने, “श्रमिक कसैका दास होइनन् । श्रम शोषण र श्रमिकमारा प्रवृत्तिविरुद्ध हामी निर्भीक रूपमा लडिरहनेछौँ ।”

कार्यक्रममा वीरगंज इकाईका सम्पूर्ण पदाधिकारीहरूसहित तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

नेपालमा गणतन्त्र छ की प्रतिशोधतन्त्र ?

0

नेपालको राजनीतिक इतिहासमा पटक/पटक दोहोरिएको एउटा घटना छ, “जो सत्ताका विरुद्ध बोल्छ, उसलाई विद्रोही घोषणा गरिन्छ; जो इमान्दारितासंग जनताको प्रतिनिधित्व गर्छ, उसलाई अपराधी बनाईन्छ; र जसले संविधानको नाममा न्याय खोज्छ, उसलाई नै संविधानको दोषी देखाईन्छ ।” रेशम चौधरी माथिको हिजो भएको घटना त्यही परम्परागत राज्य आतंकको पुनरावृत्ति थियो । तर यो पटकको स्थितिलाई देश भरी नै निन्दा भएको छ । कारण, यसपटक राज्यले खुल्ला रूपमा सर्वोच्च अदालतको बिचराधिन अवस्थामा रहेको विषयलाई बेवास्ता गरेको छ, राष्ट्रपतिको आममाफीको अपमान गरेको छ, र एक निर्वाचित पूर्व जनप्रतिनिधिलाई फेरि दलिन खोजेको छ ।

टिकापुर घटनालाई लिएर अदालतले दोषी ठहर गरेको व्यक्ति, जसले चुनाव जित्यो, सिंहदरबारमा शपथ खायो, र जसलाई राष्ट्रपतिबाट संवैधानिक प्रक्रिया अनुसार आममाफी दिइयो । उही व्यक्ति फेरि परम्परागत राज्य आतंकको सिकार खेप्नु बाध्य हुनु पर्यो जहाँ कुनै अदालतको ठोस आदेशबिना प्रहरीद्वारा पक्राउ गरियो । त्यो केवल कानुनको उल्लंघन थिएन, संविधान माथि नृत्य देखाइएको दृश्य थियो । नेपालको संविधानले भन्छ; “कुनै पनि अदालतको आदेश कार्यान्वयन नगर्नु अदालतको अवज्ञा हो” तर चौधरीलाई पक्राउ गर्न न त कुनै अदालतले भनेको थियो न त कुनै आदेश नै थियो, थियो त केवल अदालतकै नाममा शाखा अधिकृतको अनधिकृत पत्र जसलाई ढाल बनाएर÷देखाएर प्रहरीले पक्राउ गर्यो। सोध्न मन लाग्छ; “अब अदालत शाखा अधिकृतभन्दा कमजोर बनिसक्यो?” यो के हो? प्रहरी शासन? वा भित्री सत्ता सञ्जालले देश कब्जा गरेको अवस्था? के त्यो “चगभि या बिध“ थियो, कि “चगभि या उभचकयलब िखभलनभबलअभ“ ?

रेशम चौधरीको मुद्दा सुरुबाटै राजनीतिकरण थियो । टिकापुर घटना आफैंमा त्रासदीपूर्ण थियो, तर त्यसको छानबिन राजनीतिक पूर्वाग्रहले भरिएको थियो । घटनाको पीडा सम्पूर्ण देशको हो, तर सजाय लक्षित समुदायको मात्रै भयो । थारू समुदायका नेताहरू विशेषतः रेशम चौधरी जी जसले विगतमा आन्दोलनको नेतृत्व गरे, सशक्त राजनीतिक विकल्प बने, अनि “सेन्ट्रल नेपाल“ विरुद्धको आवाज उठाए, जसको परिणाम राज्यले सोझै निशाना बनायो । विरोध गर्नेलाई अपराधी देखाउने प्रवृत्ति संविधानसम्मत होइन, यो फाँसीवादी सोच हो ।

हिजोको घटनालाई केलाएर हेर्यौ भने, सिके जी र रेशम जी को राजनिति एकताको डरले डर खेप्न नसकेर एकता हुने सभा स्थल बाटै पुनः चौधरीमाथि नियन्त्रण, अपमान र पक्राउ गरियो । के त्यो संयोग थियो? थिएन, त्यो राज्य नियन्त्रित रणनीति थियो जसलाई उचभझउतष्खभ कतचष्पभ भनिन्छ । राज्यलाई डर थियोः यदि मधेस, थारू, आदिवासी र सिमान्तकृत आवाजहरू एउटै ब्यानरमा आए भने, काठमाडौंको सत्ताले त्यसको सामना गर्न सक्दैन किनभने यदि चौधरी र राउत मिले भने, मधेसको सत्ताले दिल्ली र काठमाडौं दुवैलाई सुनिन सक्ने आवाज पाउनेछ । त्यसैले राज्यले चौधरीलाई फेरी आरोपको जालमा फसाउने, र एकताको श्रृंखला तोड्ने प्रयास ग¥यो । अझ हिजो नौटंकीको कुरा के थियो भने, कुनै पनि न्यायालयको लिखित आदेश नहुँदा÷नहुँदै रेशम जी लाई प्रहरीले नियन्त्रणमा राख्यो, अनि उसैमा संलग्न प्रहरी कर्मचारीहरूले “हामीलाई माथिबाट आदेश आएको हो” भन्दै कर्तव्य पूरा गरेको अभिनय गरे । तर जनताले स्पष्ट बुझ्नुपर्छ । हिजोको “माथिबाट आएको आदेश” भनेको संविधानको थिएन, त्यो त केवल सत्ताको चरम मनोमानी थियो । यसरी प्रशासन जब आफ्नो जिम्मेवारीबाट पन्छिन्छन, अदालत ४÷५ घण्टासम्म चुप लाग्छ, सांसदहरू मौन बस्छन् त्यतीबेला मानवीय संवेदना मर्छ र त्यसपछि देश गणतान्त्रिक हुँदैन, त्यो अधिनायकवादी घेराभित्रको उदाहरण बन्न थाल्छ । र त्यो बेला हामीले गणतन्त्र होइन प्रतिशोधतन्त्रको अनुभुति गर्छौ ।

हामीले हिजोको घटनाबट स्पष्ट हुनुपर्ने हो; अनधिकृत पत्रको आधारमा रेशम जी लाई बन्धक÷नियन्त्रणमा राखिएको थियो र त्यो केवल रेशम जी को अपमान थिएन, त्यो न्यायप्रणालीको चिहान बनाउने प्रयास थियो । यदि हामी चुप बस्यौं, यदि आज हामीले राज्यसँग प्रश्न गरेनौं भने, भोलि हामीमध्ये हरेक नागरिक, कुनै पनि मुद्दामा, यसैगरी शाखा अधिकृतको पत्र देखाएर उठाइनेछ । अनि त्यो दिन न त अदालत बोल्नेछ, न त संविधानले जोगाउनेछ । रेशम जी को आँखामा पुनः त्यो अपमान, त्यो पीडा र त्यो प्रश्न उठ्न थालिसकेको होला; “उनी के गल्ती गरेँ? सभा गर्दा, जेल पुग्नुपर्छ?“ “संसद छ, तर उनको आवाज छैन । अदालत छ, तर उनको हक छैन । संविधान छ, तर अधिकार छैन ।“ यो संविधान मेरो/तपाई/हाम्रो हो भने, हामी सबैको न्याय समान हुनुपर्छ ।

कन्हैया चौरसिया
(कानुन विद्यार्थी)

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न एक नाबालक सहित ४ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न ४ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं.१२ मुर्ली निवासी २३ बर्षिय रिकेश कुमार गुप्ता, साेही ठाउँ निवासी २५ बर्षिय राजन गुप्ता, सखुवा प्रसौनी गाउँपालिका वडा नं.३ निवासी २४ बर्षिय सिकेन्द्र साह  र एक जना नाबालक रहेका छन् ।

बारा कलैया उप-महानगरपालिका वडा नं.१८ बस्ने वर्ष २६ को सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार राति ९:४५ बजेको समयमा अपहरि साहकाे उद्दार गर्नुकाे साथै अपहर कार्यमा संलग्न चार जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज महानगरपालिका वडा नं.१२ मुर्ली स्थित घरबाट अपहरित साहलाई सकुशल उद्दार गरी अपहरण कार्यमा सलंग्न पक्राउ परेकाहरुलाई बुधबार पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक सुवाष भट्टले जानकारी दिए ।

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

वीरगंज । पहिलो पटक वीरगंज आएकी तेक्वान्दोको मेडलिस्ट एवम् राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य नन्दा बस्याललाई सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति पर्साको परिसरमा बुधवार एक कार्यक्रमका बीच बस्याललाई मायाको चिनो, दोसल्ला र बुकीसहित सम्मान गरिएको हो । तेक्वान्दो संघ जिल्ला कार्यसमिति पर्साका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बस्यालले खेलले महिला सशक्तीकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।

मधेशमा महिलाहरु पछाडी पारिएका हुन्छन् भन्ने भाष्यलाई चिर्नका लागि पनि सबै छोरीहरुले तेक्वान्दो, कराते, जुडो जस्ता खेलकुद गतिविधिमा सरिक हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका प्रमुख नाजिर हुसैन, पर्साका एथ्लेटिक्स प्रशिक्षक बिश्वेश्वर पटेल, पर्सा जुडो प्रशिक्षक पृथ्वी आलोक कुशवाह, प्रशिक्षक राजकुमार महतो, मञ्जिर हवारी, बिक्रान्त डंगोल, दिपेश मानन्धर लगायतको उपस्थिती रहेको थियो ।

दलित भूमिहिन र सुकुम्बासीलाई जग्गा वितरणमा सघाउन ध्यानाकर्षण

वीरगंज  । भूमिहीन दलित र सुकुम्बासी समुदायको हकहितका लागि पर्साका दलित संगठनहरुले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाइएका छन् । भीम आर्मी नेपाल, दलित महिला संघ पर्सा, चमार कल्याण समाज पर्सा, डोम समाज कल्याण संघ पर्सा, दलित सञ्जाल पर्साले सयुँक्त रुपमा महानगर प्रमुख सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

न्यायोचित र पारदर्शी ढंगमा भूमि वितरण प्रक्रिया अघि बढाउन ज्ञापन पत्रमार्फत माग गरिएको छ । दलित अगुवा बृजलाल पासवान, भिम आर्मी नेपालका केन्द्रीय संयोजक सुनिल राम, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, संघकी कोषाध्यक्ष एवम् वीरगंज ३ की सदस्य संगीता दास, राष्ट्रिय दलित पत्रकार संघ नेपाल मधेश प्रदेशका सचिव सूर्यनारायण वि.क., चमार कल्याण समाजका अध्यक्ष जादोलाल राम लगायतले ज्ञापन पत्र बुझाएका हुन् ।

द्यलित भूमिहीनहरूको समस्या दीर्घकालीन समाधानका लागि भूमि आयोगमार्फत निष्पक्ष, समावेशी र व्यवहारिक प्रक्रिया सुनिश्चित गर्न स्थानीय सरकारलाई सचेत गराइएको दलित पत्रकार संघ पर्साका सल्लाहकार समेत रहेका पासवानले बताए ।

ज्ञापनपत्रमा दलित र सुकुम्बासी समुदायका लागि नीति निर्माण, कार्यक्रम कार्यान्वयन र स्थानीय तहसँगको समन्वयमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि ज्ञापन पत्र बुझ्दै यथाशीघ्र कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।