Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

जगरनाथपुरकाे पिडारीमा गरिएकाे वृक्षारोपण अज्ञात समूहले नष्ट गर्‍यो

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका–१ पिडारीस्थित ऐलानी जग्गामा गरिएको वृक्षारोपण अज्ञात समूहले नष्ट गरेको छ। समृद्धिका लागि वन परियोजना अन्तर्गत गाउँपालिकाले लगाएका विरुवा बिहीबार राति उखेलेर र भाँचेर नष्ट गरिएको स्थानीय विनय द्विवेदीले जानकारी दिए।

१२ बिघा ऐलानी खाली जग्गामध्ये करिब ८ बिघामा आँप, कटहर, जामुन, खयरलगायतका फलफूल र बहुउपयोगी रूखका बिरुवा रोपिएका थिए । करिब एक महिना अघि मात्रै गरिएको वृक्षारोपण जेन–जेड आन्दोलनको मौकामा रातिकाे समयमा अज्ञात समूहद्वारा नष्ट गरिएको स्थानीयहरूले बताएका छन्।

स्थानीयवासीको अनुसार उक्त जग्गामा वृक्षारोपण राजनीतिक तथा धार्मिक प्रतिशोधका कारण हिजो राति अज्ञात समूहले नष्ट गरेको आशंका छ ।

एक महिना अघि वृक्षारोपण गर्ने क्रममा एक समुहले कबरिस्तान र गौचरको लागि खाली राख्नुपर्ने माग गर्दै विरोध जनाएका थिए। तर गाउँपालिकाले पुनः त्यही जमिनमा वृक्षारोपण गरेको थियो।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवका अनुसार सम्पन्न वृक्षारोपण कार्यक्रममा आँप, कटहर, जामुन, खयरलगायतका बहुउपयोगी रूखका बिरुवा रोपिएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...