Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

अन्तरिम प्रधानमन्त्रीको कार्यालय नयाँ गृह मन्त्रालय भवनमा राख्ने तयारी

spot_img
spot_img

काठमाडौं । अन्तरिम प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि सिंहदरबारमा नयाँ व्यवस्थापन थालिएको छ । हालको गृह मन्त्रालय भवन जलेर ध्वस्त भएपछि नयाँ गृह मन्त्रालय भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी गरिएको छ।

गृह मन्त्रालयको नयाँ भवन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना गेटनजिक रहेको छ । प्रधानमन्त्री बस्ने कोठादेखि सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा, कार्पेट लगायतको तयारी धमाधम भइरहेको छ ।

ध्वस्त भएको गृह मन्त्रालय भवनको साटो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई केशरमहलमा सार्ने र त्यहाँ गृह मन्त्रालय सञ्चालन गर्ने तयारी पनि भइरहेको छ।

मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए। उनका अनुसार प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा पुगेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

लन्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै...

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन...

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...